गोरखा राज्यको बिस्तारबाट गठित नेपाल राज्यको स्थापना काल देखि नै मधेशी, आदिवासी जनजाती चाहे त्यो पहाडमा बस्ने होस् वा मधेशमा बिभिन्न कालखण्डमा अधिकारको लागि लड्दै आएको छ। आज सम्म देशमा जति पनि अधिकारको लडाई, आन्दोलन भयो त्यो सबै राज्य सत्ता बिरूद्ध भएको थियो। किनभने कुनै पनि जाती बिशेष कुनै आन्दोलनमा अधिकार दिन्नौ वा दिनु हुँदैन भनेर अगाडी आएका थिएनन्। जे जती चलखेल शाषकवर्गले गर्थे त्यो शासनको आढमा गर्ने गर्थे।