ब्यक्तिगत रुपमा बिभिन्न मित्रहरुसंग बेला बखतमा बिभिन्न रुपमा संपर्क हुने गरे तापनि सामूहिक रुपमा संपर्क नभएको भने धेरै भैसकेछ । नेपालमा तेश्रो लुम्बिनी-कपिलवस्तु दिवस मनाउँदा गरिएको कार्यक्रमको रिपोर्ट बुझाएपछि सबै राजदूतहरुलाई सामूहिक रुपमा पत्र लेख्दा त्यही बेला सबैलाई समाबेश गर्ने सोंच अनुरुप ढिलाई गरिरहेकोमा अभियानको हालसम्मको गतिबिधिहरुलाई समाबेश गरी तयार गरेको प्रोफाइल कम्प्युटर पुरै क्र्यास भएपछि पुन: तयार गर्न समय लागेपछि त्यत्तिकै ढिला भयो रिपोर्ट बुझाउने काम शुरुमा । प्रोफाइल बनिसकेपछि भने अहिले रिपोर्ट बुझाउने काम भयो । कार्यक्रमको रिपोर्टलाई पनि पत्रको एउटा अंश बनाउने सोंचले गर्दा यसरी ढिलाई हुन गएको हो । रिपोर्टलाई अनलाइन पढन मिल्ने गरी तयार भए तापनि आधिकारिक रुपमा संबन्धित निकायमा बुझाउने काम नभएकोले सार्वजनिक गरिहाल्ने कुरा पनि भएन । आज अभियान डिसेम्बर १ मा गरिएको कार्यक्रमको रिपोर्ट प्रधानमन्त्री कार्यालय, केही मन्त्री र अन्य ठाउँमा बुझाउने कार्य भएकोले यो पत्र लेख्दै छु । (Profile still needs to be updated with more photos and activities. It takes time to find relevant news links and photos from the Movement blog and update the profile. Updated profile will be with the same link)सर्ब प्रथम त नयाँ बर्ष २०६९ सबैको सुखद र सफल रहोस भन्ने हार्दिक शुभ-कामना !!!फेसबुक शक्ति - धेरैको लागि माल पाएर चाल नपाईएकोकेहीले अभियानको काम फेसबुकमा पोस्टिङ् गर्दै बस्नेभन्दा केही छैन भन्ने पनि गरेका छन । पहिलो कुरो त अभियानको प्रोफाइलले यो भनाइ सत्य हो भन्ने देखाउँदैन । दोश्रो, फेसबुक अहिलेको दुनियाँमा सबैभन्दा संबेदनशील र सशक्त सामाजिक सन्जाल हो भन्ने कुरा बुझ्न नसकेको देखिन्छ उनीहरुले । यही फेसबुकले कैयौं देशमा परिवर्तन ल्याउन सफल भएको छ । अधिकांशको काम फोटो अपलोड गर्ने र अनाबस्यक पोस्टिङ् गर्दै बस्नु भए तापनि यही अभियानकै हकमा पनि फेसबुकले अधिकांश नेपालीले बुझ्न नसकेको किसिमको असर पार्न सफल भएको देखिन्छ । बुद्धको जन्मस्थल गुगलले त्यत्ति सजिलै परिवर्तन गरेको छैन - थुप्रै साथीहरुले यस्को बिरोधमा खोलेका अनेक ग्रुपमा १ लाखभन्दा बढी सहभागी छन । हामीले १ मिलियनभन्दा बढी फ्यान भएको PBS, साँढे तीन लाखभन्दा बढी फ्यान् भएको जाकारीया र पौने दुई लाखभन्दा बढी फ्यान भएको ब्रिटिश म्युजियमको पेजमा जे जसरी बिरोध गरेका छौं त्यस्मा बिदेशीहरुले कुनै प्रतिकृया नजनाए पनि देख्दै देखेको छैन भन्ने होइन । बिदेशीहरु यस्तो कुरामा हामीभन्दा धेरै संबेदनशील हुन्छन र हरेक कुरालाई आफ्नै किसिमले अध्ययन गरिराखेका हुन्छन । हरेक ब्लगमा र यतिसम्म कि महत्वपूर्ण सामग्रीहरु आधिकारिक ब्लगमा केही समस्या आइपरेको खण्डमा जोगाउने अभिप्रायले गोप्य रुपमा सन्चालन गरिएको ब्लगमा समेत केही सामग्रीमा बिदेशीकै कमेण्टहरु आउनुले पनि यस्लाई पुस्टि गर्छ । हफिङटन पोस्टमा यदाकदा मैले बिभिन्न ब्लगको लिंक राखिदिंदा ती लिंकहरु मार्फत हफिङटन पोस्ट मार्फत ती ब्लगहरुमा थुप्रै भिजिटर आउनुबाट पनि यो स्पस्ट हुन्छ । हामी नेपाली मौन बसे पनि ब्रिटिश म्युजियमले हाम्रो बिरोधपछि सच्याउने निर्णय गरे तापनि लामो समयसम्म नसच्याएको कुरा हार्बर्ड विस्वबिद्यालयमा जर्मनी र चिनीयाहरुले उठाएपछी त्यसबारे मलाई प्रश्न सोधिएपछि मैले म्युजियमलाई चिट्ठी पेल्न शुरु गरेको हुँ । (साउथ एशिया हेर्ने क्युरेटर भारती परेको कारण दुई लाइन परिवर्तन गर्न पनि दुई महिनाभन्दा बढी लगाएर पनि उस्ले भारतीपना देखाएर अधिकारको दुरुपायोग गरी चित्त बुझ्दो गरी परिवर्तन गरेको छैन । त्यसैले यहाँहरु सबैले यो लिंकमा गएर लाइक गर्ने र कमेण्ट छाडने काम गरिदिनु हुन अनुरोध छ । म छिट्टै सो लिंक म्युजियमलाई पठाउनेछु । ) साथै अभियानको नाममा नयाँ एकाउण्ट खोलिएको छ जस्मा कुनै दिन एक्कै दिनमा ५० वटासम्म रिक्वेस्ट आएकोले यहाँहरु यस्मा हुनुहुन्न भने रिक्वेस्ट छिट्टै गर्नु हुन अनुरोध । Fan Clubमैले केही समय अघि लेखेको स्टाटसमा ५२७ लाइक, ४६ शेयरमा चिनेकैहरु २५-३० जना जति मात्रै छन । मेरै स्टाटसलाई मेरो नाम उल्लेख नगरी आफ्नै किसिमले प्रचार प्रसार गर्ने केही साथीहरुकै स्टाटसमा पनि सयौं लाइक र कमेण्ट देखेको छु । फेसबुक प्रयोगकर्ता त मैले कहिलेकांही प्रयोग गर्दा देखिने ५-७ हजार मात्रै होइन, नेपालीमा पनि लाखौं छन । यही अभियानकै बारेमा पनि गुगलबाट खोज्दा नचिनिएकाहरूले लेखहरु प्रसंशा गरी लेखेको देखिन्छ जुन लेख पहिला अनलाइन खबरमा प्रकाशित भएको र पछी केही पत्रीकाहरुले पुन: प्रकाशित गरेको देखिन्छ (http://worldamity.wordpress.com/2011/05/19/bideshama-basneko-kartabya/, http://ramkshrestha.wordpress.com/2011/04/19/facebook/, http://, http://worldamity.wordpress.com/2011/12/24/nepali-media/ etc )।नेपाली पत्रीकाहरुमा सबैभन्दा बढी सर्कुलेट हुनेमा कान्तिपुर, नागरिक न्यूज र अनलाइन खबर र ब्लगमा माइ सन्सार हो । अनलाइन र माइ संसारमा प्रकाशित मेरा लेखहरु मेरा लेखहरु २०० को हाराहारीमा शेयर भएको देखिन्छ, तर हालसालै अभियानको ब्लग चेक गर्दा केही सामग्रीहरु २०० भन्दा बढी शेयर भएको देखिन्छ र केही सामग्रीहरु फेसबुकबा मार्फत आएर पढ्नेको संख्या झन्डै हजार पनि देखिन्छ । त्यसरी शेयर गर्नेमा चिनेकै साथीहरु थोरै देखिन्छन । मैले यी तथ्यहरु दिनुको कारण फेसबुक प्रयोगको महत्वमाथि प्रकाश पार्नु मात्रै हो ।त्यसैले फेसबुकमा अभियानलाई सघाउ पुग्ने किसिमका पोस्टिङ् गर्नु भनेको हीनताबोध गर्नु पर्नेभन्दा पनि एउटा नागरिकीय कर्तब्य निर्बाह गरिएको ठहरिने र त्यस्ले सबैको बीचमा राम्रो पहिचान दिने नै काम गर्छ भन्ने मेरो अनुभब र बुझाई छ । शायद यही फेसबुककै कारण हुन सक्छ कैयौं नचिनेकाहरुको मेल र मेसेज प्रसस्त आउँछन लुम्बिनी र बुद्धसम्बन्धी जानकारी दिन र सोध्न । यो अभियानमा लागेर उल्टै हामीले थुप्रै समय दिने र आफ्नै खल्तीबाट खर्च गर्ने गरेका छौं र पनि मान्छे जन्मेर देव ऋण, पितृ ऋण, गुरु ऋण र माटोको ऋण चुक्ता नगरी जीवन सफल हुँदैन भन्ने संस्कारका उपज हामी यो अभियान मार्फत माटोको ऋण चुक्ता गर्ने काममा शरीक छौँ भन्ने भावना र बिस्वासले एक किसिमको सन्तोष र सुखद अनुभूति हामीभित्र छ ।कोही निस्कृय हुँदैमा अथवा कसैले निस्कृय पार्न खोज्दैमा यो अभियान नरोकिनेकोही निस्कृय हुँदैमा अथवा कसैले निस्कृय पार्न खोज्दैमा यो अभियान कम्जोर हुन्छ भनी कसैले सोंच्छ भने त्यो यथार्थता नबुझ्नु भन्दा बढी केही हुनेछैन । त्यत्ति मात्रै नभएर यो अभीयानमा लाग्ने सबै सुतेरै बसे पनि अभियानको भावना रोकिनेछैन । किनकि हामीले बहुसंख्यक नेपालीको भावनालाई अभिप्रेरित र उत्प्रेरित गर्दै अलि ब्यबस्थित र सशक्त बनाउनको लागि मात्रै यो अभियान शुरु गरेका हौं । त्यसो त यो अभियानमा आबद्ध हुनेभन्दा धेरै गुणा बढी अभियानको उद्धेस्य प्राप्तीमा लाग्नेहरु अभियानभन्दा बाहिरै बस्नेहरु पनि थुप्रै छन भने केही अभियानकै उद्धेस्य प्राप्तीको लागि आफ्नै किसिमले फेसबुकमा ग्रुप खोलेर लाग्ने पनि छन । त्यसैले त्यो किसिमको सोंचले साहित्यिक ब्रितमा चर्चित एउटा ठट्टाको संस्मरण गराउँछ । एउटाले भन्थ्यो रे "देवकोटा पनि परलोक भए, सम पनि । मलाई आजकाल अलिक सन्चो छैन । त्यसैले नेपाली साहित्य सुनसान छ आजकाल ।" फेसबुकलाई सामाजिक परिवर्तन एबं देशको लागि उपयोग गर्ने नब युवाहरु फेला पार्न यो स्टाटस मार्फत प्रयास गरेको थिएँ ।
सानो र ठूलोको भावना निरर्थक: