Updated documents to the head of the states/governments / Buddha statue

0 views
Skip to first unread message

Ram Kumar Shrestha

unread,
Jan 3, 2016, 12:47:09 AM1/3/16
to

श्रीमान शंकर डि बैराज्ञी

सचिब, पररास्ट्र मन्त्रालय

एबं श्रीमान दुर्गा बहादुर सुबेदी

सह-सचिब, पररास्ट्र मन्त्रालय

 

बिषय: देशका पाठ्य पुस्तकमा भएको बुद्ध जन्मस्थल बिषयमा भएको गल्ती सच्याउने डकुमेण्ट/ बुद्ध मूर्ति

 

महोदय,

 

३० डिसेम्बर, २०१५ मा काठमाण्डौंको टुरिज्म बोर्ड हलमा आयोजना गरिएको हाम्रो अभियानको सातौं बार्षिकी कार्यक्रममा कोरिया स्वीडेनको पाठ्य पुस्तकमा भएका बुद्ध जन्मस्थल बिषयमा भएका गल्ती सच्याउने जस्तो महत्वपूर्ण कार्यलाई निरन्तरता दिने सिलसिलामा देश (अमेरिका, चीन, भारत, श्रीलंका, थाइल्याण्ड, नेदर्ल्याण्ड जापान) मा पाइेएको गल्ती सच्याउन अभियानका तर्फबाट मैले कार्यक्रमका प्रमुख अतिथि एबं पूर्व प्रधानमन्त्री पुष्पकमल दहाललाई हस्तान्तरण गरेको अनुसन्धनात्मक रिपोर्ट नेपाल सरकार मार्फत सम्बन्धित देशका सरकार प्रमुख एबं राष्ट्र प्रमुख समक्ष पुर्याउन नेपाल सरकारका प्रतिनिधिका रुपमा कार्यक्रममा उपस्थित हुनु भएको पररास्ट्र मन्त्रालयका सह-सचिब डा दुर्गा बहादुर सुबेदीलाई प्रमुख अतिथिज्यूले हस्तान्तरण गर्नु भएपस्चात हामी बीच भएको कुराकानी अनुरुप अपडेट सहितको डकुमेण्ट यसै पत्र साथ पठाएको छु साथै हाम्रो दबाबका कारण

 

वेलायत्स्थित ब्रिटिश म्युजियममा भएको गल्ती सच्याउने म्युजियमको निर्णय दक्षिण एशियाको जिम्मेवारी पाएका क्युरेटर डा सोना दत्तले म्युजियमको निर्णय मुताबिक स्पस्ट भाषामा सच्याउने काम गरेको नपाईएकोले वेलायत हुँदा वेलायतका लागि तात्कालिन नेपाली राजदूत डा सुरेश राज चालिसे फ्रान्सका लागि बर्तमान राजदूत अम्बिका लुइंटेलले समेत यसबारे केही गरिनु पर्ने धारणा राख्नु भएकोमा वेलायतबाट अस्ट्रेलिया बसाइ सरेपछि केही नभैरहेकोमा यही सन्दर्भ पारेर सो समस्या समाधानका लागि पनि प्रयास गर्न आबस्यक डकुमेण्ट यसै साथ संलग्न गरेको छु

 

त्यस्तै अभियानले जनस्तरबाट ५० केजीको ३ फिट अग्लो सुनको जलप लगाइेएको बुद्धको मूर्ति सिड्नीस्थित दक्षिणी गोलार्धकै सबैभन्दा ठुलो बुद्धिस्ट मन्दिर नानटियन मन्दिरमा स्थापनार्थ कार्यक्रमका प्रमुख अतिथि मार्फत नेपाल सरकारलाई जुन हस्तान्तरण गरिएकोछ यो राष्ट्रिय स्वाभिमान, गौरब, प्रतिस्ठा र बिकास मात्रै नभएर बिस्व शान्तिसंग महत्वपूर्ण सम्बन्ध भएको मानिने बुद्ध जन्मस्थल नेपालको लुम्बिनी र नेपाली कलाको प्रबर्धन हुने भएकोले नेपाल सरकारले गर्नु पर्ने यस किसिमका महत्वपूर्ण कार्यहरु जनस्तरबाट स्वत: स्फूर्त रुपमा यसरी भैरहेकोले उक्त मूर्तिलाई स्थापना गरिने मन्दिरको नजिक रहेको नेपाली कुटनीतिक नियोग सिड्नीस्थित अबैतनिक महाबाणिज्य दूतको कार्यालयमा यथाशीघ्र पठाउने ब्यबस्था गर्नुलाई नेपाल सरकारले स्वत: स्फूर्त रुपमा आफ्नो दायित्वको रुपमा लिनेछ भन्ने कुरामा अभियान बिस्वस्त छ ।

 

 

नेपाल बसाइको छोटो अबधिमा उपरास्ट्रपति नन्दकिशोर पुन 'पासांग', पूर्व प्रधानमन्त्रीद्धय पुष्पकमल दाहाल र माधव कुमार नेपाल, पूर्व उप- प्रधानमन्त्रीद्धय प्रकाशमान सिंह र नारायणकाजी श्रेष्ठ र नेता मोहन बैद्ध्य (किरण) लाई अभियानको तर्फबाट भेटी अभियानका गतिबिधी, उपलब्धी र भाबी योजनाबारे जानकारी दिएको जानकारी दिनु सान्दर्भिक ठान्दछु । राष्ट्रपतिसंगको भेट भने झन्डै दुई घण्टाको पर्खाइपछी उहाँको स्वास्थ्यका कारण संभब हुन सकेन ।

 

भबदीय,                                                            Date: 03/01/2016

 

Engr. Ram Kumar Shrestha
Lumbini-Kapilvastu Day Movement Global Coordinator
12 Waurn Park Court
Belmont, VIC - 3216, Australia
ram.shr...@gmail.com   omra...@gmail.com  Mobile: (+61) 0415040009

         

बोधार्थ एबं कार्यार्थ :

·         महामहिम दीपक खड्का: जानकारीको लागि

·         बिस्व कार्य समितिका पदाधिकारीहरु सानु घिमिरे, सुजन न्यौपाने निमा शेर्पा: नान्टियन टेम्पल अभियानसंग समन्वय कायम गर्ने              


Letter to change coursebooks in 7 countries and to establish Buddha statue in Nantien Temple.pdf
a.jpg
b.jpg
c.jpg
Reply all
Reply to author
Forward
0 new messages