लुम्बिनी-कपिलवस्तु दिवस अभियानको पहलमा सरकारलाई विद्याथीहरुबाट खाजा रकमबाट जनही १ रु चन्दा अभियान

1 view
Skip to first unread message

Ram Kumar Shrestha

unread,
Feb 25, 2012, 7:43:08 AM2/25/12
to Hari Kumar Shrestha, roja...@yahoo.com, mahesh thapa, ananta...@yahoo.com, bima...@hotmail.com, keji...@gmail.com, gamgu...@yahoo.com, bhand...@hotmail.com, bishnu_...@hotmail.com, bishn...@yahoo.com, shar...@hotmail.com, rajan...@yahoo.com, arjun....@gmail.com, anuja pradhan, Arjun Shrestha, Rabindra Man Pradhan, DAMODAR PD. ACHARYA, karma...@hotmail.com, radhakrishna adhikaari, Surendra Sherestha, tulsi....@gmail.com, thapa...@googlemail.com, rajubabu...@hotmail.com, bikala...@yahoo.com, mrsgrg...@hotmail.com, biping...@hotmail.com, mr_de...@hotmail.com, ramee...@hotmail.com, bipi...@hotmail.com, sanju_shr...@yahoo.com, mkshre...@yahoo.com, bhatt...@hotmail.com, gopal_...@yahoo.com, aaras...@hotmail.com, hpar...@hotmail.com, atheis...@yahoo.com, aashiq_...@yahoo.com, neve...@yahoo.com, bp_...@yahoo.com, herp...@gmail.com, ramkan...@yahoo.com, udasi_c...@yahoo.com, bale...@hotmail.com, chan...@yahoo.com, sub...@yahoo.ca, gshiw...@yahoo.com, saraswa...@yahoo.com, dpa...@gmail.com, kdm-new...@googlegroups.com, ujyalofm...@gmail.com, ghimir...@gmail.com, hariks...@yahoo.com, laxma...@yahoo.com, santoshn...@gmail.com, abiks...@gmail.com, kat...@yahoo.com, rajshre...@hotmail.com, bibash...@yahoo.com, laxm...@hotmail.com, brmah...@gmail.com, b.po...@gmail.com, shyl...@yahoo.com, om...@hotmail.com, promi...@gmail.com, rhshr...@yahoo.com, san...@hotmail.com, mksn...@yahoo.com, nilk...@gmail.com, shambhu katel, lotu...@gmail.com, udaya...@hotmail.com, Sujan Uday, omra...@gmail.com, sanjeev...@gmail.com, srj...@yahoo.com, ach...@hotmail.com, pathak...@yahoo.com, critic...@yahoo.com

लुम्बिनी-कपिलवस्तु दिवस अभियानको पहलमा सरकारलाई विद्याथीहरुबाट खाजा रकमबाट जनही १ रु चन्दा अभियान

Posted by Ram Kumar Shrestha on February 24, 2012

नेपाल सरकारको लुम्बिनी भ्रमण वर्ष २०१२ लाई सघाउन लुम्बिनी, कपिलवस्तु, देवदह र राम ग्राम गएर प्रवर्द्धन कार्य गर्न लुम्बिनी-कपिलवस्तु दिवस अभियान १५ जनाको टोली लिएर फागुन ११ गते त्यसतर्फ प्रस्थान गर्‍यो । भ्रमण दलमा अभियानका केन्द्रिय सल्लाहकार डा कबिताराम श्रेष्ठ, गोरखापत्रका पूर्व संपादक एबं संस्कृत विस्व बिद्यालयका पूर्व रजिस्टार र अभियानका सार्क सल्लाहकार केदार शाक्य, अभियानका नेपाल सल्लाहकार गुह्यरत्न शाक्य, अभियानका पर्यटन, स्कूल स्काउट, कलेज विद्यार्थी, ग्रीन र शिक्षक राजदूतहरु क्रमश: निलेश अधिकारी, किशोर कुइंकेल, सबिता भट्ट, अल्फा श्रेष्ठ र श्रीकुमार श्रेष्ठ, अभियानका बिस्व कार्य समितिका नेपाल संयोजक लक्ष्मण पुरी, पत्रकारहरु सुमन श्रेष्ठ, सुमन केसी, मीना पाण्डे  आदि हुनुहुन्छ । थोरै समयमा धेरै कार्यक्रमहरु गर्न पन्ध्र जनाको टोलीलाई तीन समूहमा बिभाजन गरी तीन दिनसम्म लुम्बिनी वर्ष ०१२ लाई सघाउ पुर्याउन बिभिन्न किसिमले कार्य गर्दैछन । यो कार्यक्रम लुम्बिनी-कपिलवस्तु दिवस अभियानको विश्व समितिका लागि नेपाल राष्ट्रिय समिति, जिल्ला समिति र स्थानीय  समितिले संयुक्त रुपमा अयोजना गरेको हो ।

लुम्बिनीको बुद्ध आदर्श उच्च माविको कार्यममा सरकारद्वारा लुम्बिनी आउने पर्यटकहरुलाई लुम्बिनी क्षेत्र नेपालको भूभागमा पर्छ भन्ने अनुभूति दिन अहिलेसम्म पनि सूचना पाटी समेत टाँग्न नसकिरहेको असक्षम अवस्थाको जिकीर गर्दै त्यसमा सहयोग पुर्याउन अभियानको तर्फबाट जन परिचालन गरी तयार गरिएको १६ फिट लामो सूचना फ्लेक्स टाँग्ने चाहना व्यक्त गर्दै भ्रमण दलले त्यस फ्लेक्सको प्रदर्शन नै गर्यो । त्यस फ्लेक्समा अभियानको नयाँ नारा अंग्रेजीमा Welcome to Nepal, the birthplace of Lord Buddha सिरानमै अंकित छ । स्कूलबाट सहर्ष हार्दिक सहयोगको प्रतिबद्धता जाहेर गरी र्यालीका साथ त्यसलाई गाउँ र बजारमा प्रदर्शन गर्दै लुम्बिनी प्रवेशद्वार नं ६ मा सार्वजनिक रुपमा टाँग्ने कार्यक्रम भयो ।

सोही स्कूलकै कार्यक्रममा यस अभियानका स्काउट दूत किशोर कुइकेलद्वारा पर्यटकहरुलाई नेपाल प्रेवश गरेको अनुभूति दिलाउने खालको प्रवेशद्वारको आवश्यकताको जिकीर गर्नु भयो । सरकारको असक्षमताको इतिहासलाई उजागर गर्दै विद्यार्थीहरुबाट सरकारलाई सहयोग पुर्याउन खाजाको रकमबाट जनही १ रु. को चन्दा संकलनको प्रस्ताब राख्नुभयो । उहाँको प्रस्तवलाई विद्यार्थीहरुद्वारा अनुमोदन भयो र तत्काल अन्दाजी १०० रु. को चन्दा संकलन भयो । अरु संकलन कार्य जनही १ रु. कै दरमा भ्रमण दल काठमाण्डौं फर्केपछि काठमाडौँमा पनि हुने जानकारी विद्यार्थी दुतहरुद्वारा घोषणा गर्नुभयो । विद्यार्थीहरुले चन्दाको रकम सरकारलाई हस्तान्तरण गर्नेछन् ।

हालसम्म पनि सरकारले लुम्बिनी क्षेत्र नेपालको भूभागमा पर्छ भन्ने अनुभूति दिने सूचना पाटीसम्म टाँग्न नसकिरहेको अवस्थामा अभियानले  जनस्तरबाट सूचना फ्लेक्स टाँगेर त्यो राष्ट्रिय गर्वको महान् कार्य शुरु गरेको छ र विद्यार्थीहरुले पनि सरकारको असक्षमतालाई बुझी अगम्य राष्ट्रियताको अनुभूतिसाथ सीमानामा नेपाल प्रवेशको स्वागतद्वार बनाउन विद्यार्थी सहयोगको सूत्रपात गरेका छन् ।
भ्रमण दलले देवदहमा रामचन्द्र पौड्यालका संयजकत्वमा देवदह स्थानी समिति गठन, डकुमेन्ट्रीको छायाँकन, भैरहवामा काठमाडौँबाट आउनु हुने र बुटवलबाट चन्द्रकान्त मैनालीको समेत सकृय सहभागितामा डा. कपिल लामिछानेको पूर्ण सहयोगमा पत्रकार सम्मेलन, डा. कपिल लामिछानेकै पूर्ण सहयोगमा लुम्बिनी-कपिलवस्तु र नवल परासी समेतलाई समावेस गरी बुद्ध सर्किट समन्वय समिती गठन गर्ने जस्ता काम भएका छन ।

स्मरण रहोस अल्फा श्रेष्ठ नेपालकै पनि ग्रीन अंबासाडर हुनुहुन्छ र उहाँले राष्ट्रपतिलाई भेटने र नेपालको प्रतिनिधित्व गरेर बिभिन्न देश घुम्ने काम पनि गर्नु भएको छ । अल्फा श्रेष्ठ, किशोर कुइंकेल र श्रीकुमार श्रेष्ठ स्वर्ण शिक्षा इङ्लिश स्कूल जोरपाटीका हुनुहुन्छ भने सबिता भट्ट प्रेसियस नेशनल कालेज मैह्पी हुनुहुन्छ । स्वर्ण शिक्षा स्कूलले प्रत्येक बर्ष अभियानको कार्यक्रममा बिशेष कार्यक्रम गर्दै आएकोमा यो बर्ष तेश्रो लुम्बिनी-कपिलवस्तु दिवस मनाउने क्रममा अभियानका बिभिन्न देशका सहभागीहरुको समेत उपस्थितिमा सहयोगी उच्च मा बि, वर्ल्ड युथ इण्टरनेशनल र श्री गोकर्णेस्वर महादेब सेकेण्डरी स्कूललाई समेत सहभागी गराएर बिशाल र्यालीले नगर परिक्रमा गर्न संयोजनकारी भूमिका निर्बाह गरेको थियो । 

भ्रमण दलले देवदहमा रामचन्द्र पौड्यालका संयजकत्वमा देवदह स्थानी समिति गठन, डकुमेन्ट्रीको छायाँकन, भैरहवामा काठमाडौँबाट आउनु हुने  पत्रकारहरु सुमन श्रेष्ठ, सुमन केसी, मीना पाण्डे आदि र बुटवलबाट चन्द्रकान्त मैनालीको समेत सकृय सहभागितामा डा. कपिल लामिछानेको पूर्ण सहयोगमा पत्रकार सम्मेलन, डा. कपिल लामिछानेकै पूर्ण सहयोगमा लुम्बिनी-कपिलवस्तु र नवल परासी समेतलाई समावेस गरी बुद्ध सर्किट समन्वय समिती गठन गर्ने जस्ता काम भएका छन ।

कपिलवस्तुमा पूर्व मन्त्री माननीय दीप कुमार उपाध्यायले अभियानको यी सबै कार्यक्रममा सहयोग पुग्ने व्यवस्था गर्नुभएको छ । कपिलवस्तुको सांसदको हैसियतले उहाँ अभियानको केन्द्रिय पदेन सल्लाहकार पनि हुनुहुन्छ ।
Published links:
 

Request to keep in your papers. Soon we will have some more reports from the team and some more
--
Have a magnificent day.

With best regards,

Ram Kumar Shrestha रामकुमार श्रेष्ठ Latest articles: 
लुम्बिनीको प्रश्नमा धमिल्याइएको पानी धमिल्याइराख्न खोज्नेहरु
एनआरएन विश्व सम्मेलन र यसका चुनौतिहरु
Immigrant professionals with non-skilled job to be prioritized 
परीक्षा डा. भट्टराईको मात्रै कि नेपालीको पनि ?

Reply all
Reply to author
Forward
0 new messages