NRN र LKDM को संयुक्त प्रयास “लुम्बिनी प्रबर्द्धन अन्तरास्ट्रिय समिति” (जानकारीको लागि )

0 views
Skip to first unread message

Ram Kumar Shrestha

unread,
Sep 21, 2012, 9:35:26 AM9/21/12
to Hari Kumar Shrestha, shambh...@gmail.com, kdm-new...@googlegroups.com, Hari K. Shrestha, ujyalofm...@gmail.com, ghimir...@gmail.com, hariks...@yahoo.com, laxma...@yahoo.com, santoshn...@gmail.com, abiks...@gmail.com, kat...@yahoo.com, rajshre...@hotmail.com, bibash...@yahoo.com, laxm...@hotmail.com, brmah...@gmail.com, b.po...@gmail.com, shyl...@yahoo.com, om...@hotmail.com, promi...@gmail.com, rhshr...@yahoo.com, san...@hotmail.com, mksn...@yahoo.com, nilk...@gmail.com, chan...@yahoo.com, hisujan...@hotmail.com, ash0...@yahoo.com, aan...@vfcnepal.org, anilpr...@yahoo.com, ang...@gmail.com, neta...@gmail.com, bik...@hotmail.de, vsal_...@yahoo.com, nawu...@yahoo.com, bija...@hotmail.com, xbee...@hotmail.com, diw...@gmail.com, viewyou...@gmail.com, four608...@yahoo.com, sreta...@yahoo.com, in...@unitingnepal.com, eagle...@yahoo.com, neilpa...@gmail.com, opsu...@gmail.com, prashaa...@gmail.com, u102...@umail.usq.edu.au, force...@gmail.com, pram...@gmail.com, melting...@gmail.com, pram...@gmail.com, i.amaz...@gmail.com, rekh...@gmail.com, romab...@hotmail.com, rhishav.d...@student.hs-rm.de, rk2_...@yahoo.com, sunita...@gmail.com, suresh_ch...@yahoo.com, lyricis...@gmail.com, krazy...@hotmail.com, Paudels...@gmail.com, sib...@yahoo.com, weak...@gmail.com, lek...@saipal.org, diph...@hotmail.com, charli...@hotmail.com, tum...@gmail.com, yadavy...@gmail.com, toyari...@gmail.com, nabi...@hotmail.com, naving...@hotmail.com, real...@yahoo.com, laxts...@yahoo.com, ltam...@uni.sydney.edu.au, anand...@gmail.com, prasai...@gmail.com, kamala...@yahoo.com, dirghar...@gmail.com, shesh...@gmail.com, cyo...@nepalconsulate.net.au, cee...@gmail.com, bhagira...@gmail.com, hariha...@hotmail.com, aryalra...@gmail.com, raazs...@hotmail.com, shakya_...@yahoo.com, himalay...@gmail.com, lok...@hotmail.com, kedar_...@yahoo.com, prem...@hotmail.com, byakul...@yahoo.com, sharada...@gmail.com, tanka...@hotmail.com, ishara...@gmail.com, isha...@hotmail.com, pka...@yahoo.com, cee...@gmail.com, kk_sh...@hotmail.com, kk_shr...@yahoo.com, bp.m...@gmail.com, subha...@gmail.com, pdh...@gmail.com, gr_k...@yahoo.com, r_adh...@hotmail.com, ganga...@gmail.com, man...@gmail.com, pesh...@gmail.com, sangitam...@hotmail.com, Sangitam...@yahoo.com, Nima Sherpa, raju....@solangture.com, sher...@hotmail.com, bhagawati basnet, mina_so...@yahoo.com, shiv...@live.com, lama...@aol.com, bhims...@hotmail.com, s.p.s...@leeds.ac.uk, kulach...@hotmail.com, ksherp...@hotmail.com, manarish...@gmail.com, ad...@welovenepal.ws, in...@nepalisrael.net, in...@nepalisrael.com, in...@brusselnepal.com, in...@hongkongnepali.com, chi...@hotmail.com, in...@nepalbritain.com, ymym...@yahoo.com, cb...@yahoo.com, in...@kuwaitnepal.com, ne...@bagaicha.com, in...@bagaicha.com, in...@dcnepal.com, in...@nepalarab.com, bar...@gmail.com, nar...@gmail.com, sal...@mysansar.com, in...@unnepal.org, hira...@hotmail.com, borde...@gmail.com, naba...@hotmail.com, kcha...@hotmail.com, kcha...@yahoo.com, bajgai...@yahoo.com, sbshr...@hotmail.com, dshre...@hotmail.com, sbshr...@aol.com, pabit...@yahoo.com, singhro...@yahoo.com, kulacha...@yahoo.co.uk, gurun...@gmail.com, shresthas...@yahoo.com, yogsa...@hotmail.com, har...@yahoo.com, rampd...@gmail.com, khar...@yahoo.com, yog...@gmail.comm, suna...@yahoo.com, suna...@gmail.com, nita...@gmail.com, aavan...@gmail.com, sabitr...@gmail.com, dpa...@gmail.com, Dr. RB Kavitaram Shrestha, arzu ranadeuba, rajend...@gmail.com, Rishi Adhikari, in...@nepalconsulate.org.au, Rishi Adhikari, roja...@yahoo.com, mahesh thapa, ananta...@yahoo.com, bima...@hotmail.com, keji...@gmail.com, gamgu...@yahoo.com, bhand...@hotmail.com, bishnu_...@hotmail.com, bishn...@yahoo.com, shar...@hotmail.com, rajan...@yahoo.com, arjun....@gmail.com, anuja pradhan, Arjun Shrestha, Rabindra Man Pradhan, DAMODAR PD. ACHARYA, karma...@hotmail.com, radhakrishna adhikaari, Surendra Sherestha, tulsi....@gmail.com, thapa...@googlemail.com, rajubabu...@hotmail.com, bikala...@yahoo.com, mrsgrg...@hotmail.com, biping...@hotmail.com, mr_de...@hotmail.com, ramee...@hotmail.com, bipi...@hotmail.com, sanju_shr...@yahoo.com, mkshre...@yahoo.com, bhatt...@hotmail.com, gopal_...@yahoo.com, aaras...@hotmail.com, hpar...@hotmail.com, atheis...@yahoo.com, aashiq_...@yahoo.com, neve...@yahoo.com, bp_...@yahoo.com, herp...@gmail.com, ramkan...@yahoo.com, udasi_c...@yahoo.com, bale...@hotmail.com, sub...@yahoo.ca, gshiw...@yahoo.com, gcha...@googlemail.com, saraswa...@yahoo.com, sdevk...@gmail.com, shree bhattarai, nilesh...@yahoo.com, mina bantawa, cd...@yahoo.com, sita...@yahoo.com, ind...@hotmail.com, gurun...@yahoo.com, lbgr...@yahoo.com, sud...@hotmail.com, goperma...@hotmail.com, Arun Tamang, udaya...@hotmail.com, lovu...@gmail.com, kishor_k...@yahoo.com, srj...@yahoo.com, m3global, Mahendra Kandel, jibalam...@gmail.com, u...@rubin.ru, dhakal...@gmail.com, bish...@yahoo.com, basu.ma...@gmail.com, luam...@hotmail.com, hkshr...@hotmail.com, mbpa...@hotmail.com, in...@necan.gov.np, Tenzing Sherpa, repu...@myrepublica.com, n...@telegraphnepal.com, niraj...@telegraphnepal.com, let...@nepalitimes.com, janadis...@gmail.com, krishnas...@gmail.com, krishnas...@yahoo.com, mirror...@gmail.com, ne...@mirrornepal.com, halkar...@gmail.com, ra...@abcsamachar.com, khass...@gmail.com, mcm...@yahoo.com, in...@namasteeurope.com, sam...@samudrapari.com, let...@pokharatoday.com, chhit...@gmail.com, jbal...@yahoo.com, in...@nepalisandesh.com, in...@nepaliradio.org, in...@bignepal.com, a...@kantipur.com.np, info.m...@gmail.com, khotan...@yahoo.com, in...@alopalo.com, nepalkore...@gmail.com, kuwai...@gmail.com, in...@nepalisamajuk.com, in...@weeklynepal.com, in...@nepalmother.com, in...@enepalionline.com, in...@gorkhalionline.com, in...@hamrosamachar.com, in...@hknepal.com, nhac...@hotmail.com, kth...@ccsl.com.np, bibhu...@gmail.com, shekhar...@hotmail.com, pari...@gmail.com, sharma...@hotmail.com, acharya...@gmail.com, u...@ntc.net.np, np...@ntc.net.np, shahg...@gmail.com, madhe...@gmail.com, Yam Limbu
(यस ईमेल ग्रुपमा सहभागी गराइेएका ब्यक्तिहरु: लुम्बिनी-कपिलवस्तु दिवस अभियान बिस्व कार्य समिति र सार्क सल्लाहकारहरु, अस्ट्रेलियाका लागि अबैतनिक महाबाणिज्य दूत एबं पूर्व  अबैतनिक महाबाणिज्य दूतहरु, अध्यक्ष: गैरआवासीय नेपाली संघ, लुम्बिनी-कपिलवस्तु दिवस अभियान बिस्व कार्य समिति, अभियान र गैरआवासीय नेपाली संघको संयुक्त रुपमा बनाइेएको लुम्बिनी प्रबर्द्धन अन्तरास्ट्रिय समिति, अभियानका केही देशका पदाधिकारीहरु, अभियानका अत्यन्तै शुभ चिन्तक र सहयोगीहरु । केही ठूला ग्रुप मेलका कारण धेरै ब्यक्तिका बीच पुग्ने भएकोले सकभर "Reply all" नगरिदिनु हुन सादर अनुरोध  ) 
      
श्रद्धेय मान्यजन एबं मित्रहरु, 
नमस्ते! 

१ “लुम्बिनी प्रबर्द्धन अन्तरास्ट्रिय समिति”: गठन
बुद्ध जन्मस्थलबारे सिर्जित दिग्भ्रम निस्तेज पार्ने अभिप्रायले बिभिन्न देशमा छरिएर रहेका नेपालीहरुद्धारा इतिहासमा पहिलो पटक डिसेम्बर १, २००९ मा “कपिलबस्तु दिवस विस्व दिवस”को रुपमा मनाएपस्चात यस्लाई निरन्तरता दिन कपिलवस्तु दिवस अभियान (हाल लुम्बिनी-कपिलवस्तु दिवस अभियान)को नाममा बिस्व कार्य समिति गठन गरी बिस्वब्यापी रुपमा गतिबिधि गर्दै आएको छ । बुद्धको जन्मस्थलबारे दिग्भ्रम निस्तेज पार्ने उद्धेस्य अनुरुप गुगलमा भएको गलत जानकारी सच्याउने काम गर्नुका साथसाथै बिभिन्न राष्ट्रिय अन्तरास्ट्रिय संस्थाहरु र प्रतिष्ठित ब्यक्तिहरुद्धारा गरिएका गल्ती सच्याउन बिभिन्न माध्यमबाट प्रयास गर्ने, प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने र नेपाल सरकारलाई अन्तरास्ट्रिय संगोस्ठी मार्फत तयार गरिएका सुझाबहरु दिने जस्ता थुप्रै काम भएका छन । 

बिभिन्न कारणहरुले गर्दा बुद्ध जन्मस्थल दिग्भ्रमले बिस्वब्यापी रुप लिंदा समेत कैयौं नेपाली युनेस्कोले लुम्बिनीलाई विस्व संपदा सूचिमा पारेकोले बुद्ध नेपालमा जन्मिनु भएको कुरा संसारलाई थाहा छ भन्ने भ्रममा छन । यसरी नेपालको पहिचान बोकेको बुद्ध जन्मस्थल बिषयमा सिर्जित दिग्भ्रमले लिएको बिस्वब्यापी समस्या समाधानका खातिर आ-आफ्नो क्षेत्रबाट योगदान दिनु सबै नेपालीको नागरिकीय र पदीय दायित्व भएको र बुद्ध जन्मस्थल प्रबर्द्धन कार्यमा राष्ट्रिय अन्तरास्ट्रिय ब्यक्ति र संस्थाहरु समेत सकृय हुन थालेको सन्दर्भमा यस किसिमका गतिबिधिहरुलाई अभिप्रेरित, उत्प्रेरित र सहयोग गर्दै अझै सशक्त बनाउने अभिप्रायले गैरआवासीय नेपाली संघको सिडनीमा भएको सातौं क्षेत्रीय सम्मेलनको क्रममा सेप्टेम्बर १, २०१२ का दिन अभियान र गैरआवासीय नेपाली संघले संयुक्त रुपमा नौ सदस्यीय “लुम्बिनी प्रबर्द्धन अन्तरास्ट्रिय समिति” गठन गर्ने निर्णय गरेको छ । लुम्बिनी-कपिलवस्तु दिवस अभियानका बिस्व कार्य समिति जापान संयोजक एबं गैरआवासीय नेपाली संघ जापानका अध्यक्ष ओम गुरुङको मूल संयोजकत्वमा गठित समितिका संयोजकहरुमा  तेन्जी शेर्पा (कोरिया), पिजि शेर्पा (बेल्जियम), मिना शर्मा (नेपाल), संगिता मरहट्टा (वेलायत), निमा ग्याल्जे शेर्पा (सिडनी), राजु शाक्य (मेलबर्न), शिव कुमार राई (अमेरिका) र भगवती बस्नेत (इजरायल) हुनुहुन्छ ।

उपर्युक्त उद्धेस्य प्राप्तीका लागि समितिले आवश्यकता परेको खण्डमा उपयुक्त ब्यक्तिहरु थप्ने र उप समितिहरु गठन गर्नेछ । समितिले उद्धेस्य प्राप्तीका खातिर आबस्यक्तानुरुप स्वतन्त्र रुपमा अथवा अभियान र गैरआवासीय नेपाली संघ लगायत अन्य संघ संस्थासंग सहकार्य  गर्नेछ ।

गैरआवासीय नेपाली संघका अध्यक्ष जीवा लामिछाने र लुम्बिनी-कपिलवस्तु दिवस अभियान बिस्व संयोजक रामकुमार श्रेष्ठ नव गठित यस लुम्बिनी प्रबर्द्धन अन्तराष्ट्रिय समितिका सल्लाहकारका रुपमा रहनु हुनेछ । 

प्रत्येक दिन निर्धारित समयभन्दा कार्यक्रम ढिला शुरु हुनाले समयाभाब हुनु स्वाभाबिकै थियो । संयुक्त समिति गठन गरिनुका आवश्यकता, महत्व र यस्का कार्यदिशा एबं अबलम्बन गरिनु पर्ने रणनीति आदि प्रस्ट्याउनु पनि आबस्यक थियो र पावर प्वाइण्ट प्रिजेण्टेसनको लागि सामग्री तयार गरिएको थियो । नबगठित समितिका सदस्यहरुलाई बोलाएर सो समितिका मूल संयोजकले करीब १ मिनेटमा केही जानकारी गराउने किसिमले कार्यक्रम तय गरिएको थियो । अन्तिम समयमा समय सीमा ५ मिनेटमा अत्यन्तै जोड दिएको कारण तयार गरिएको सामग्रीलाई ठीक्कसंग प्रस्तुत गर्दा समेत १५ मिनेट जति लाग्ने भएकोले प्रस्तुतिमा न त अरुको चित्त बुझाउन सकिने न त आफ्नो नै चित्त बुझ्ने भएकोले प्रस्तुती नै नगरी प्रेस बिज्ञप्तिको लागि गैरआवासीय नेपाली संघका अध्यक्ष जीवा लामिछाने र लुम्बिनी-कपिलवस्तु दिवस अभियान बिस्व संयोजक रामकुमार श्रेष्ठद्धारा हस्ताक्षरित डकुमेण्ट मात्रै पढेर समितिलाई आधिकारिकता दिने सोंच बनाइएको थियो, तर सो सामग्रीमा अन्तिम समयमा गरिएको थपघटमा पहिलो प्याराग्राफ अर्थै नआउने बन्न पुगेको र फेरि सच्याएर टाइप गर्न इण्टरनेट अत्यन्तै ढिला भएको कारण सानो डकुमेण्ट तयार गर्न आधा घण्टा लागेको घटनाको पाठका कारण त्यसतिर लाग्दा सोपस्चात लगत्तै एअरपोर्ट दौडन पर्ने परिस्थितीले गर्दा त्यो बिकल्प पनि उपयुक्त थिएन । त्यसैले 'जोकर प्रस्तुती' मार्फत नवगठित “लुम्बिनी प्रबर्द्धन अन्तरास्ट्रिय समिति” लाई औपचारिकता दिने काम गरियो र प्रेस बिज्ञप्तिमा भएको प्राबिधिक समस्याका कारण यस्लाई अभियानका गतिबिधिहरुलाई संधै प्राथमिकतामा पार्ने निकटका करीब १ दर्जन जति पत्रिकाहरुलाई मात्रै पठाउने काम भयो अर्थ आउने बनाउन अत्यन्तै सामान्य परिवर्तन गरेर र पठाइेएका एकाध पत्रिका बाहेक सबैले प्रकाशित गरेका छन ।                    

लुम्बिनी कपिलवस्तु दिवस अभियानले छोटो समयमा नै चौध वटा राष्ट्रिय समिति (केही देशमा केही प्राबिधिक कारण राष्ट्रिय समिति गठन गर्नमा ढिलाई भएको छ) गठन गर्नुका साथै नेपालमा पत्रकारहरु र पर्यटन ब्यबसायीहरुको छुट्टाछुट्टै समिति र स्थानीय स्तरमा पनि समितिहरु गठन गर्ने काम हुनुबाट सिर्जित समस्याप्रतिको जन चासो र चिन्ता प्रस्टिन्छ । यो समस्याप्रति सबै नेपालीको समान नागरिकीय दायित्व भएकोले यी दुई संस्थाहरुको संयुक्त प्रयासबाट अभियानले हालसम्म गर्दै आएका गतिबिधि र उपलब्धिहरुलाई अझै सशक्त र प्रभाबकारी रुपमा अगाडि बढाउन सकिने बिस्वासका साथ यो समिति गठन गरिएको हो । यो अभियान पनि लगानीकै बिषयबस्तु भएकोले सिडनीको कार्यक्रममा यसरी संयुक्त समिति बनाइनु सान्दर्भिक थियो । फरक के हो भने NRN को लगानीको बिषयबस्तु पूँजिगत लगानी हो भने यो अभियानको लगानी राष्ट्रियताको भावना र गतिबिधिको लागि गरिने लगानी हो । यी दुई लगानीलाई सन्तुलित रुपमा नलगी एउटालाई मात्रै प्राथमिकता दिनुको परिणाम राम्रो हुन सक्तैन त्यसमाथि बर्तमानको हाम्रो बिशेष अवस्थामा त झन यी दुइको सन्तुलनको आवश्यकता अझै बढी देखिन्छ । अत: यी दुई फरक लगानीको सन्तुलनको लागि पनि यो कदम आबस्यक थियो । पूँजिगत लगानी भन्ने बित्तिकै मुनाफासंगको प्रश्न स्वत: जोडिन्छ र देश बिकासको साथसाथै यस्ले सामान्य जीवन यापनदेखि लिएर अलिशान जीवनसंग सरोकार राख्छ । दोश्रो लगानीको मुनाफा भनेको राष्ट्रिय स्वाधिनता, पहिचान, स्वाभिमान हो । त्यसैले समय, परिस्थिति र अवस्था अनुसार पहिलो लगानीमा बिभिन्न किसिमका र स्तरका बिबाद सिर्जना हुन सक्छ भने दोश्रोमा सीधा ब्यबधान र बिरोध गर्ने काम कठीन हुने भएकोले छद्म रुपमा प्रतिष्ठित भनिनेहरु समेत आफ्ना सीमित स्वार्थका कारण बिभिन्न रुपमा ब्यबधान र बिरोध गर्न गराउन देखा पर्छन । तर पनि दुबै लागानीमा देखा पर्ने ताली र गाली सबै ताली र गालीकै रुपमा हुन्छन भन्ने छैन । स्वार्थपूर्ण ताली र गालीबाट जोगिंदै सही ताली र गालीलाई सही किसिमबाट सन्तुलन मिलाउँदै लैजान सक्नुमा नै दुबै लागानीको सफलता भर पर्दछ । 

२ आगामी दिनका पहिलो प्राथमिकता: 

बुद्ध जन्मस्थलबारे सिर्जित दिग्भ्रमको मूल श्रोत बिभिन्न देशको पाठ्य पुस्तकमा रहेको गलत जानकारी नै हो । PBS, British Museum, Huffington Post आदि समस्या यही मूल श्रोतका कारण सिर्जित नयाँ समस्या हुन । त्यसैले अभियानले तात्कालिन प्रधानमन्त्री माधव कुमार नेपाललाई बुझाएको ज्ञापन पत्रमा दिइएको जोड कार्यन्वयन हुँदा प्राप्त हुने परिणाम कोरियाबाट शुरु भएको छ सरकारले अभियानको सुझाबलाई कार्यन्वयन नगर्दैको बाबजुद पनि । कोरियाबाट बुद्ध जन्मस्थलबारे पाठ्य पुस्तकमा सुधार्न शुरु भएको यस महत्वपूर्ण उपलब्धीलाई अन्य देशमा पनि निरन्तरता दिन प्रयास गर्नु नै आगामी दिनका प्रथम प्राथमिकता हुनेछ । संधै जस्तै भबितब्य रुपमा देखा पर्ने समस्याका साथै अन्य समस्याहरुलाई सीमित साधन र श्रोतका बाबजुद समाधान गर्न प्रयास जारी राखिने नै छ । 

३ ब्रिटिश म्युजियममा पुन: प्रयासका लागि वेलायतबासी मित्रहरुलाई बिशेष अनुरोध:  

ब्रिटिश म्युजियममा बुद्ध जन्मस्थलबारे भएका गलत जानकारीलाई सच्याउन थोरै समयमा प्राप्त थुप्रै सुझाबका कारण म्युजियमले सच्याउने निर्णय गरेको लामो समयपस्चात सच्याए तापनि दक्षिण एशिया हेर्ने क्युरेटर भारती भएका कारण स्पस्ट भाषामा नसच्याएर अस्पस्ट र गोल मटोल भाषा प्रयोग गरिएकोले यस्ले बिस्व स्तरीय म्युजियमको प्रतिस्ठामा नकारात्मक असर पार्न सक्ने आशयको पेटिशन बुझाएर स्पस्ट भाषामा सच्याएर आफ्नो प्रतिबद्धता पुरा गर्न सुझाब दिइएको थियो अभियानले । हालै सिडनीमा पिएचडी गर्दै रहनु भएकी लक्ष्मी तामाङ त्यहाँ जानु हुँदा थुप्रै फोटो खिच्नु भएको छ जस्ले म्युजियमभित्र जताततै त्यस किसिमको समस्या यथाबत भएको देखिन्छ । उहाँले नै त्यहाँ जानकारी लिने क्रममा दिनहुँ ३०-३५ हजार भिजिटर जाने कुरा त्यहाँको कर्मचारीले बताए । 

वेलायतका लागि नेपाली राजदूत डा सुरेश चन्द्र चालिसे यस किसिमको समस्या समाधान गर्न संधै तयार हुनुहुन्छ । यतिसम्म कि उहँले अभियानको लागि महत्वपूर्ण हुन सक्ने समाचारहरु समेत कतै देख्नु भयो भने आँफैले फोन गरेर पढे नपढेको सोध्नु हुन्थ्यो । उहाँले जानकारी नदिनु भएको भए "Buddha Circuit" बारेको महत्वपूर्ण समाचारबारे म अनभिज्ञ हुने थिएँ । ब्रिटिश म्युजियमबारे कान्तिपुरमा समाचार  प्रकाशित हुँदा उहाँ नेपालमा हुनुभएकोले वेलायत आउने बित्तिकै फोन गरेर कसरी अगाडि बढने भन्नेबारे सल्लाह गर्न चाहनु हुन्थ्यो, तर त्यसबेला ब्रिटिश म्युजियमले सच्याउने निर्णय गरेको चार घण्टा भैसकेको थियो र अभियानले ब्रेकिङ न्यूज बनाएर प्रकाशित गरी सर्कुलेशन गर्न थालेको नै दुई घण्टा भएको जानकारी दिएपछी खुशी हुनुभयो उहाँ । सो निर्णय गरेको लामो समयसम्म सच्याउने काम भने नभएको कुरा अमेरिकाको हारबर्ड यूनिभर्सिटीका चिन र जर्मनीका बिद्ध्यार्थीहरुले उठाएकाले अभियानको तर्फबाट म्युजियमसंग पत्राचार शुरु गरिसकेपछि राजदूतले समेत त्यस किसिमको जानकारी पाउनु भएकोले उहाँले पनि त्यो जानकारी दिनु भएको थियो । वेलायत दूताबासमा कार्यरत अम्बिका नेपालले पनि सबै मिलेर एक पटक ब्रिटिश म्युजियम जाने कुरा गर्दै हुनुहुन्थ्यो, तर उहाँ सहसचिबमा पदोन्नति भएर पररास्ट्र मन्त्रालयमा फर्की सक्नु भएको छ । उहाँ जस्तो ब्यक्ति छिटोभन्दा छिटो कुनै देशको राजदूत बन्ने सुअबसर मिलोस भन्ने शुभ-कामना अभियानको तर्फबाट । 

यस अभियानको वेलायतको राष्ट्रिय समितिको सल्लाहकारमा  एनआरएनए यूके, बिसिसी युके, पासा पुच्च, तमुधीं, यति र तीन ठूला राजनीतिक पार्टी एनेकपा माओबादी, नेपाली कांग्रेस र एनेकपा एमालेका भातृ संगठनका प्रमुखहरु राखिने ब्यबस्था भए अनुरुप यसरी संयुक्त समिति बनेको सन्दर्भमा बिशेष गरी एनआरएनए यूकेका अध्यक्ष्य कुल आचार्य, अभियानका वेलायत राष्ट्रिय संयोजक सुरेन्द्र श्रेष्ठ र यस “लुम्बिनी प्रबर्द्धन अन्तरास्ट्रिय समितिका संगिता मरहट्टालाई एकापासमा संपर्क कायम गरी महामहिम राजदूतज्यू, यस अभियानका बिस्व कार्य समितिका सल्लाहकार डा कबिताराम श्रेष्ठ र आबस्यक अन्य ब्यक्तिहरुसंग संपर्क राखेर म्युजियमलाई म्युजियमको आफ्नै प्रतिबद्धता पुरा गर्न आग्रह गर्नका लागि प्रयास गर्न सादर बिशेष अनुरोध । 

यस संयुक्त समितिलाई आधिकारिकता दिने क्रममा प्रस्तुतिको लागि अत्यन्तै संक्षेपमा तयार पारिएको सामग्री जानकारीको लागि एट्याच गरिएको छ । बढी जानकारीमूलक बनाउन धेरै सान्दर्भिक लिंकहरु राखिंदा अलिक भद्धा जस्तो लाग्न सक्छ । 

4. Country Loan

Bank Loan मात्रै सुनिरहनेको लागि एट्याचमेण्टमा भएको Country Loan ले प्रश्न उब्जाउन सक्ला । हाम्रो पूर्बीय दर्शन अनुसार देव ॠण, पितृ ॠण, गुरु ॠण र माटोको ॠण चुक्ता नगरीकन मान्छेको जीवन सफल हुँदैन भन्ने भनाइ र मान्यता छ । यो अभियानको उद्धेस्य प्राप्तीमा लाग्नु भनेको माटोको ॠण चुक्ता गर्ने एउटा महत्वपूर्ण अबसरलाई गुम्न नदिनु हो । निरन्तर रुपमा एकपछि अर्को गर्दै हरेक क्षेत्रमा दिन दहाडै भारत पक्षबाट हुने नांगो मुढे बलयुक्त आक्रमणहरुका कारण भारतको रवैयाप्रति बिशेष गरी सामाजिक सन्जालहरुमा हाम्रो ईतिहास सुहाउँदो आक्रोसपूर्ण अभिब्यक्ति नदेखिने होइन र पनि पदीय दायित्व निर्बाह गर्नेहरुका लागि अनेक कुटनीतिक बाटाहरु छन । कोरियाको राष्ट्रपतिलाई तात्कालिन नेपाली राजदूतले त्यहाँको पाठ्यपुस्तकमा भएको गल्ती सच्याउन अनुरोध गर्दा भारतको बिरोध गर्नु आबस्यक थिएन, अमेरिकी जुता कंपनीले बुद्धको अपहेलाना हुने गरी उत्पादन गरेको जुत्ताको बिषयमा हामीले अमेरिकी राष्ट्रपतिलाई लेखेको चिठीमा ओबामाको बिरोध नगरेरै पनि लेख्न सकेका थियौं । त्यसैले यो अभियानमा लाग्दा भारतको बिरोध गर्नु पर्छ भनेर खुट्टा कमाउनु आबस्यक छैन । सबैलाई माटोको ॠण चुकाउन सहज होस र यो अभियानमा अधिकाधिक नेपालीलाई सहभागी गराउन कठीन नहोस भन्ने अभिप्रायले नै अभियानको स्लोगान पनि परिवर्तन गरिएको हो । भारतद्धारा बनाइंदै गरेको नक्कली लुम्बिनी र नक्कली कपिलवस्तुलाई छुँदै नछोइ सबैले प्रत्येक सेकेण्डमा हुन सक्ने संभाबित मृत्‍युलाई स्वीकार्दै नागरीकिय र पदीय दायित्व निर्बाह गर्ने हो भने नक्कली लुम्बिनी र नक्कली कपिलवस्तुलाई हाम्रोभन्दा भारत आँफैलाई घाँडो बनाउन सक्षम हुने कुरामा सन्देह छैन । यसो गर्न सकिएमा मात्रै नागरीकिय दायित्व त हुने छ नै साथै सत्यका पर्यायबाची बुद्धप्रतिको सच्चा आदरभाव पनि । 

--
Have a magnificent day.

With best regards,

  

Reply all
Reply to author
Forward
0 new messages