Buddha Jayanti and some updates

0 views
Skip to first unread message

Ram Kumar Shrestha

unread,
May 8, 2013, 9:37:44 PM5/8/13
to sangker...@gmail.com, mina bantawa, bhagawati basnet, cd...@yahoo.com, Laxmi Tamang, sita...@yahoo.com, g_ka...@yahoo.com, Surya_s...@yahoo.com, Shrestha...@hotmail.com, ram...@live.com.au, Prabha Devi Shrestha, sajan tamang, Anupam Pathak, ausr...@gmail.com, prafulla shrestha, kspra...@hotmail.com, Ujjwal Shrestha, Abha Gautam, roshani shrestha, hari ram soni, sabin thapa, sangi...@gmail.com, sujeevs...@hotmail.com, Surya Mani Pandey, sujat...@gmail.com, shree bhattarai, shresthas...@yahoo.com, nilesh...@yahoo.com, Hari Kumar Shrestha, Laxman Puri, santosh neupane, Abi Sharma, S Katel, Raj Shrestha, bibash yatri, laxmi simkhada, BR maharjan, Bhanu Poudyal, Shailesh Shrestha, Om Gurung, Binay Shah, Ramhari Shrestha, Lakshman Devekota, Dr.Madhu Madhurya, Nilkantha Tiwari, Chandra Rai, sujan neupane, Shambhu Katel, Santosh Neupane, Sanu Ghimire, Dr. RB Kavitaram Shrestha, Kedar Shakya, shikha...@yahoo.de, roja...@yahoo.com, mahesh thapa, ananta...@yahoo.com, Bimal Giri, Kejin Rai, gamgu...@yahoo.com, bhand...@hotmail.com, bishnu_...@hotmail.com, Bishnu Sapkota, shar...@hotmail.com, Rajani Pradhan, Arjun Adhikari, anuja pradhan, Arjun Shrestha, Rabindra Man Pradhan, DAMODAR PD. ACHARYA, karma...@hotmail.com, radhakrishna adhikaari, Surendra Sherestha, Tulsi Phuyal, sophia thapa, राजु बाबु श्रेष्ठ, bikal acharya, mrsgrg...@hotmail.com, Bipin Gurung, Mahesh Devkota, ramee...@hotmail.com, bipi...@hotmail.com, sanju shrestha, Manish Kumar Shrestha, bhatt...@hotmail.com, gopal_...@yahoo.com, aaras patel, hpar...@hotmail.com, ishwar sharma, Ramesh Aashiq Paudel, Ram Kumar Shrestha, neve...@yahoo.com, bp_...@yahoo.com, herp...@gmail.com, ramkan...@yahoo.com, udasi_c...@yahoo.com, Ekraj Giri, subas dutraj, gshiw...@yahoo.com, Dr. Govinda Dahal, saraswa...@yahoo.com, Durga prasad Aryal, kdm-new...@googlegroups.com, Hari K. Shrestha, raju....@solangture.com, chit...@yahoo.com, sigdel...@gmail.com, Bom Bahadur Yonzon, Raju Shakya, sangita Marahatta, sangitam...@yahoo.com, Nima Sherpa, sher...@hotmail.com, mina_so...@yahoo.com, shiv...@live.com
श्रद्धेय डा कबिताराम श्रेष्ठ र केदार शाक्यज्यू एबं मित्रहरु, 
नमस्ते! 

१ अभियानको साइट तयार गर्ने काम हुँदैछ www.nepalisanchar.com  को स्पोन्सरमा । डोमेन सेलमा भएको बेलामा समयाभाबका कारण फेसबुक र मेसेज मार्फत सुझाबहरु माग गरिएको थियो । Buddha born in Nepal ज्यादै प्रसिद्ध भएको कारण अलिकति लामो भए तापनि साइटको नाम www.buddhaborninnepal.com राखिएको छ र फेसबुकमा सोही नामको पेज पनि खोलिएको छ केही दिन अघि मात्रै । निर्माणाधिन सोही साइटमा अथवा यो लिंकमा https://www.facebook.com/lumbinikapilvastu?fref=ts गएर लाइक गर्न सक्नुहुन्छ - अभियानसंग आबद्धहरु पनि धेरै यस्मा हुनुहुन्न यध्यपि यो खोलेको ३-४ दिन मात्र भएको छ । साइट निर्माणाधिन भएकोले यहाँहरुको सुझाबको अपेक्षामा छौं । अभियानको राम्रोसंग भावना झल्कने किसिमबाट साइटको लागि ब्यानर डिजाइन गर्न सक्नुहुन्छ कि लक्ष्मण पुरी भाईले ? 

२ मैले पहिला जानकारी गराए अनुरुप साउथ अस्ट्रेलियाका अबैतनिक महाबाणिज्यदूतले बुद्ध जयन्तीमा बिक्री गर्न सकिने किसिमले र यो अभियानलाई आर्थिक संकलन कार्यलाई पनि सहयोग हुने किसिमले टिसर्ट र ह्याट तयारीमा जुटिसक्नु भएको छ । यी सामग्रीहरुमा Buddha was born in Nepal लेखिएका छन र हाम्रो अभियानको बारेमा पनि जानकारी राखिनेछ । अस्ट्रेलिया र युरोपेली देशहरुमा टिसर्ट र ह्याट दुबै लिनेलाई $२० र छुट्टाछुट्टै लिनेलाई टिसर्टको $१५ र ह्याटको $१० राख्ने कुरा भएको छ । मध्यपूर्ब, नेपाल र अन्य एशियाली देशहरुमा यो मूल्य बढी हुनेछ, संभबत नेपाली ७००-८०० रुपयाँ ठीकै होला । सामानको गुणस्तर राम्रो हुनेछ ।  

गल्ती नै मात्रै खोज्नेहरुको लागि भन्ने बाटो त केही न केही निस्कन्छ नै तर यो कामले अभियानको सन्देश जनस्तरमा लैजान सहज हुनेछ भने अभियानलाई पनि कार्यक्रमहरु गर्न संधै अरुको मुख ताक्ने र आफ्नो खल्ती रित्याउने काममा कमी आउनेछ । सबै मिलेर यस्को राम्रो बजार ब्यबस्थापना गर्न सक्यौं भने संकलित रकमबाट लुम्बिनीमा पनि केही गर्न सकिन्छ । बिक्री गरिएको २०% अभियानले राख्ने किसिमले कुरो गर्दैछु । हरेक देशका साथीहरुले आफू बसेको देशमा जतिसक्यो बढी बिक्री गर्न सकियो भने अभियानको कोष त्यही अनुरुप राम्रो हुनेछ भने अभियानको उद्धेस्य प्राप्तीमा पनि सहयोग पुग्नेछ । हामी आँफैले लगानी पनि गर्न नपर्ने भएकोले यस्लाई अबसरको रुपमा लिइएको हो । कोही नेपाल जानु छ र आफूसंग यी सामग्री ल्याउन सकिने संभाबना भयो भने मलाई जानकारी गराउनु होला संयोजनकारी भूमिकाको लागि । हामीकहाँ पारदर्शिताको समस्या छैन - अनलाइन स्मारिकाबाट संकलित रकम समेत जोगाएर राखिएको छ कार्यक्रमहरुमा समेत खर्च नगरी र सो जानकारी अभियानको ब्लगमा नै उपलब्ध छ । बुद्ध जयन्ती आउन लागेकोले कुनै देशमा ल्याउन आबस्यक देख्नु हुनेले कती थान चाहिने हो सो जानकारी सहित डेलिभरी ठेगाना र अपडेटेड संपर्क नम्बर यथाशीघ्र पठाउनु हुन अनुरोध छ । एउटा डिजाइन स्याम्पल एट्याच छ, तर बिभिन्न रंगमा हुनेछ टिसर्ट ।                  

३ आगामी बुद्ध जयन्तीको लागि इजरायलमा भएको भब्य तयारी अत्यन्तै प्रसंशनीय छ । अभियानको त्यहाँको राष्ट्रिय समितिमा १७ जनामा १४ जना महिलाहरु नै हुनुहुन्छ र पहिलो बर्षमा नै उहाँहरुले आयोजना गर्नु भएको भब्य कार्यक्रमभन्दा पनि बिशेष तवरबाट मनाउन तयारीमा जुटनु हुने मीना वान्तबा बहिनी लगायतका टिमप्रति आभार । उहाँहरुको सकृयाताका कारण दुई बर्षमा नै त्यहाँ अभियानको आफ्नै किसिमको पहिचान कायम भैसकेको छ । सिडनीमा पनि यो पटक धेरै प्रयाशपछि पहिलो पटका ९ संस्थाहरुले संयुक्त रुपमा बुद्ध जयन्ती मनाउने तयारीमा हुनुहुन्छ, जुन खुशीको कुरा हो । सिडनीबासी मित्रहरुको आमन्त्रणलाई यस पटक स्वीकार्न असमर्थ छु । शायद मेलबर्नमा इजरायल र सिडनीको हावाले अर्को बर्ष छुनेछ - यसपाली फरक फरक कार्यक्रम हुनेछ । मुख्यत यहाँ मनाइने Buddha's Day and Multicultural Festival मा संयुक्त रुपमा जाने किसिमले धेरैले पत्राचार गर्दा पनि हामी कसैले पनि जबाफ प्राप्त गर्न नसकेकोले पनि मेलबर्नमा यो समस्या हुन गएको हो । त्यसै गरी कार्यक्रम क्यानडा र बेल्जियममा पनि हुनेछन । 

Buddha's Day and Multicultural Festival यही महिनाको १८ र १९ तारिख हुनेछ र हामी नेपाली १९ तारिख आईतवार एकाध घण्टा ब्यानर र नेपाली झन्डा सहित उपस्थित हुने निर्णय गरेका छौँ । केही दिनमा नै नेपाली संचारका प्रमोद (हरिराम) सोनी भाईले यस्को लागि सामाजिक सन्जाल मार्फत जानकारी गराउनु हुनेछ । सो दिन ११:०० बजे निम्न स्थानमा साथी भाई लिएर आउनु हुन अनुरोध: 
Federation Square
Cnr Flinders & Swanston St
Melbourne, Victoria 3000
Australia

 
Have a magnificent day.

With best regards,

Ram Kumar Shrestha
Latest articles: 
Overcoming Australian Traffic Engineering Challenges
Prospecting Geelong Region Integrated Development 
‘विश्वले चिन्ने छ नेपाल’ कार्यक्रम समिक्षा
राष्ट्रियता बिरोधी केही दिग्भ्रमित दिग्भ्रमहरु
लुम्बिनीमा बिँड तात्यो, ताप्के तातेन                                                         
अभियानबारे बिशेष अन्तर्वार्ता                                             
Buddhism: Time to Catalyze World Peace               
  
Design.jpg
Reply all
Reply to author
Forward
0 new messages