2558th Buddha Jayanti is coming

0 views
Skip to first unread message

Ram Kumar Shrestha

unread,
Apr 28, 2014, 6:42:03 AM4/28/14
to LK...@googlegroups.com, Hari K. Shrestha, kdm-new...@googlegroups.com

 

लुम्बिनी- कपिलवस्तु कपिलवस्तु दिवस विस्व अभियानको सहयोगमा अस्ट्रेलियाको मेलबर्नबाट सन्चालित नेपाली संचार रेडियो नेपाली संचार टिभीले गत बर्षको सफल २४ घण्टे रेडियो कार्यक्रमपस्चात आगामी २५५८ औं वुद्ध जयन्तीको पावन अबसरमा बिभिन्न पक्षबाट लुम्बिनीको प्रश्नमा सम्बद्ध बिभिन्न पार्टी नेता, कुटनीतिक नियोगका प्रमुख, बुद्धिजीबी, पत्रकार, कलाकार, बिदेशीहरुसंग लुम्बिनी बुद्ध बिषयमा केन्द्रित छलफल कुराकानीको लगातार २५ घण्टे ऐतिहासिक कार्यक्रम आयोजना गर्ने भएकोले यस्लाई बिभिन्न पक्षबाट जानकारीमूलक बनाउने तयारी कतिपय ठाउँमा साथीहरुले स्वत:स्फूर्त रुपमा आफ्नै किसिमले तयारी गरिसक्नु भएको  

मेलबर्नको बेण्डिगोमा ३७" अग्लो बुद्धको मूर्ति स्थापना गर्ने अभिप्रयले तयारी अवस्थामा रहेको मूर्ति सरकारी साधन श्रोतद्धारा ढुवानी गराउनका लागि पहिला पररास्ट्रमन्त्रीलाई लेखिएको पत्र पछी प्रधानमंत्रीलाई लेखियो हाम्रो उद्धेस्य बेन्डिगो मात्रै नभएर बिभिन्न देशमा विस्व वा राष्ट्रिय स्तरको महत्व राख्ने स्थानहरुमा वुद्धको मूर्ति स्थापना गर्ने भएकोले यी सबैको लागि एक्कै पटकमा सरकार प्रमुखसंग भेटेर नै कुराकानी गरी अगाडि बढने योजना मुताबिक प्रधानमन्त्रीलाई भेटने काम हाम्रो आफ्नै आन्तरिक बिभिन्न कारणले गर्दा ढिलो भैराखेकोले बेण्डिगोमा बुद्ध जयन्तीकै दिन मूर्ति स्थापना कार्य असम्भब हुने भएकोले २५ घण्टे कार्यक्रम तयारीतिर लाग्यौं नेपाल भारततिर कम्जोर नेटवर्कको कारण त्यस क्षेत्रका ब्यक्तिहरुसंगको कुराकानी चाहेको गुणस्तरको बनाउन नसकिने देखिएको

कोरियापछी स्वीडेनको पाठ्य पुस्तकमा बुद्ध जन्मस्थल बिषयमा भएको गलत जानकारी सच्याउने काम निर्णयक मोडमा पुगेको संभबत बुद्ध जयन्ती अगावै पनि समाचार आउन सक्छ समस्याको जरो भनेकै यही भएकोले अभियान एक किसिमले जन चेतना जगाउने कामको चरणबाट नीतिगत कुरामा प्रभाब पार्ने चरणमा प्रबेश गरिसकेको कसैले पनि कुनै पाठ्य पुस्तकमा अथवा महत्वपूर्ण ब्यक्तिहरुको पुस्तकमा बुद्ध जन्मस्थल बिषयमा भएको गलत जानकारी प्राप्त गर्नु भयो भने अथवा चिनजानको कसैले त्यस्तो फेला पारेको पाउनु भयो भने त्यस्को फोटो अथवा फोटोकपी सहितको जानकारी उपलब्ध गराउनु ह्न अनुरोध आगामी बर्ष बेल्जियममा त्यस किसिमका गलत जानकारीपूर्ण पुस्तक लेख्नेहरुलाई समेत सहभागी गराएर एउटा अन्तरराष्ट्रिय संगोस्ठी गर्ने योजना भएकोले त्यस किसिमका लेखकहरु, त्यस किसिमका पुस्तकहरुको जानकारी यस कार्यको लागि समेत उपयोगी हुनेछ

युनेस्कोको सदस्यता लिएको ६० वर्ष पुगेको अवसरमा फ्रान्सको राजधानी पेरिसस्थित युनेस्को मुख्यालयमा बुद्ध नेपालमा जन्मनु भएको जानकारी सहित बुद्ध प्रतिमा राखिने काम राष्ट्र संघभित्र युनेस्कोको महत्व पेरिस नगरीको आफ्नै बिस्वब्यापी महत्वका कारण अझ यस्को संभाबित डकुमेण्टेशनको कारण यो अर्को ऐतिहासिक महत्वको काम हुनेछ बान्की मूनलाई समेत यस कार्यक्रममा ल्याएर यो महत्वपूर्ण उपलब्धीलाई अझ उपलब्धीजनक बनाउन सक्थ्यो नेपालले, तर फ्रान्सको राजदूतसंग कुराकानी गर्दा नेपालको त्यस्तो योजना नभएको पाइयो बेन्डिगोको कार्यक्रम नहुने भएकोले त्यस्तै परे २५ घण्टे कार्यक्रमको लागि केही महत्वपूर्ण रेकर्डिङ अली अगाडि नै गरेर यसपालीको बुद्ध जयन्ती पेरिसमा मनाउने हो कि भन्ने सोंचलाई राजदूतसंगको कुराकानीपछी परित्याग गरिदिएँ

यही नामको अन्य पेजहरु भए तापनि गत बुद्ध जयन्तीपछि खोलिएको अभियानको आधिकारिक यो पेजमा मन लागेको खण्डमा अभियानसंग आबद्ध यहाँहरु प्रत्येकले आफ्नो लिस्टबाट सरदर ५० जनालाई ल्याउनु भयो भने यो पेजलाई लाइक गर्नेको संख्या करीब ७००० थपिने रहेछ जुन असम्भब होइन सबैले व्याबहारिक रुपमा कर्तब्यबोध गरिदिने हो भने


Note: Special request to Global committee members to update their contact numbers as most of their contact details already changed.  
--
Have a magnificent day.

With best regards,

Ram Kumar Shrestha
बुद्ध जयन्तीमा नयाँ परंपरा थालनीको अपरिहार्यता          Latest Interview by A1 Nepal
Overcoming Australian Traffic Engineering Challenges
Prospecting Geelong Region Integrated Development 
‘विश्वले चिन्ने छ नेपाल’ कार्यक्रम समिक्षा                 
Buddha gift to Julia Gillard

राष्ट्रियता बिरोधी केही दिग्भ्रमित दिग्भ्रमहरु               
 
लुम्बिनीमा बिँड तात्यो, ताप्के तातेन                                                                                                      
Buddhism: Time to Catalyze World Peace     
भृकुटी बन्नु पर्नेहरुले नै टाउको लुकाएपछि
  
Ashford, Kent, UK 
Nepal - the country of the Mt. Everest and the Buddha
http://www.buddhaborninnepal.com/         http://worldamity.wordpress.com         http://ramkshrestha.wordpress.com    http://completenepal.wordpress.com   
Reply all
Reply to author
Forward
0 new messages