Dear All,My facebook address is "hariks...@yahoo.com"Hari
On Tue, Jan 10, 2012 at 3:17 PM, Hari Kumar Shrestha <hariku...@gmail.com> wrote:
Dear Ram Kumarjyu and KDMGC families,I would like to kindly request you to visit my facebook and read a message posted there. After the completion of third Lumbini Kapilvastu Day programme in Taiwan; someone reported to the immigration office of Taiwan that Hari is staying in Taiwan for one purpose but doing other things. Therefore, I kindly request you to visit there and provide your support for KDM.Lastly, I am looking forward to receive your kind response as soon as possible.With best regards,HariRecently: Kathmandu, Nepal
आफू पनि केही नगर्ने र अरुले केही गर्न खोजे पनि दु:ख दिने र भाँडने, अरुले केही गर्दा झ्याल झ्यालबाट लुकेर हेर्ने तर केही काम हुने बित्तिकै झ्यालबाटै हाम्फाल्दै जस लिन आइपुग्ने, आफूले सिन्को नभाँचे पनि अरुले गरेको कामको भने बिरोध गर्नेहरु जहाँ पनि पाईन्छन । लुम्बिनीको सन्दर्भमा त झन अझै बढी नै देखिएको छ र ती बिभिन्न रुपमा आइरहेका छन । नक्कली लुम्बिनी र कपिलवस्तु बन्दा कानमा तेल हालेर हाइ सन्चो मानेर बस्नेहरु लुम्बिनीको बिकासका संभाबना देखा पर्दा राष्ट्रिय स्तरका ब्यक्ति भनिनेहरुलाई समेत हनहनी ज्वरो आएको देखियो र यस्लाई कसरी भाँडने भन्नेतिरै लागेको स्पस्ट देखियो । सकारात्मक सोंचको अभाबमा नेपाली भएर सोच्न नसकेकोले बिदेशीद्धारा सन्चालित भन्ने प्रसस्त आरोपहरु देखा परे । त्यस किसिमका गतिबिधिकै प्रत्युत्तरमा "लुम्बिनीको प्रश्नमा धमिल्याइएको पानी धमिल्याइराख्न खोज्नेहरु" लेख लेख्न वाध्य हुनु पर्यो । APEC को प्रसंग देखाउन खोजिए अनुरुप पुरै हावा होइन भन्ने कुरा UNIDO Headquarters ले UNIDO China प्रतिनिधिलाई कार्यबाही गर्न खोजिएको र कुल चन्द्र गौतम र UNIDO Headquarters का महासचिब बीच भएको पत्राचारले पुस्टि गर्छ । वास्तबमा यो लुम्बिनी बिकासको प्रयासलाई अन्तरराष्ट्रिय स्तरबाट असफल गराउने दुस्प्रयास हो भन्ने रुपमा बुझिनु पर्ने हुन्छ । यसरी के स्पस्ट हुन्छ भने लुम्बिनी बिकासमा लाग्नेहरुले सामान्य ब्यक्तिहरुदेखि लिएर राष्ट्रिय अन्तरराष्ट्रिय स्तरका ब्यबधानहरु सामना गर्न गर्न तयार हुनुपर्छ किनकि त्यो हुन्छ नै र भैराखेको पनि छ र यही अभियानले पनि धेरै किसिमका ब्यबधान र अबरोधहरु सामना गर्दै आएको छ । तर ती ब्यबधान र अबरोध सिर्जन गर्नेले के बुझेका हुन्नन भने उनीहरुकै कृयाकलापका कारण लुम्बिनी बिकासको गतिबिधिले झन उर्जा प्राप्त गर्दै नयाँ नयाँ किसिमबाट अगाडि बढदै जान्छ । ढिलो चाँडो सत्यको जीत हुने कुरामा सबै बिस्वस्त छन ।