देशलाई अराजकता र अशान्तिबाट जोगाउन बेलैमा संविधान” भन्ने नाराका साथ ‘ वैशाख १ गतेदेखि काठमाडौं संविधान सभा अगाडी जाऔँ अभियान ले सफलतापुर्वक ४५ दिन पार गरेका यहाहरुलाई जानकारी गराउन पाउँदा हामीलाई गर्व लागेका छ । जननिर्वाचित संविधान सभाबाट सम्पुर्ण वर्ग,लिङ्ग, र पछाडि पारिएका समुदायको अधिकार सुनिश्चितता सहितको लोकतान्त्रिक संविधान पाउने अधिकार सुनिश्चित गर्न यो आन्दोलन निकै सफल भएको संविधानकालागि महिला दवाव अभियानको ठहर छ । तर अव थपिएको ३ महिनामा शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याई संविधानको एकिकृत मस्यौदा सार्वजनिक गर्न र ५ बँुदे सहमती कार्यान्वयनकालागि जिम्मेवार बनाउन यो अभियानले अझै विश्राम लिएको छैन । समय थपपछि शान्ति प्रक्रियामा शुरु भएको पहललाई सकारात्मक रुपमा लिदै ४५ दिनको अभियानका बारेमा समिक्षा र शुरु हुनलागेको दोस्रो चरणको आन्दोलनको रणनीतिका बारेमा जानकारी गराउन यहि आउदो शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्न लागिएको छ । यस कार्यक्रममा सक्रिय सहभागी भई ऐक्यबद्धता, अमुल्य सुझाव र प्रचार प्रसारकालागि यहाँहरुलाई हार्दिक अनुरोध गर्दछौ ।