FW: नेजाको वार्षिक साधारण सभा र रक्तदान कार्यक्रममा हार्दिक आमन्त्रण

0 views
Skip to first unread message

Gautam Dahal

unread,
Apr 28, 2013, 7:59:19 AM4/28/13
to inlsmar...@googlegroups.com



From: gaut...@hotmail.com
Subject: नेजाको वार्षिक साधारण सभा र रक्तदान कार्यक्रममा हार्दिक आमन्त्रण
Date: Sun, 28 Apr 2013 11:57:54 +0000




From: gaut...@hotmail.com
Subject: FW: नेजाको वार्षिक साधारण सभा र रक्तदान कार्यक्रममा हार्दिक आमन्त्रण
Date: Tue, 23 Apr 2013 18:14:34 +0000


आदरणीय सल्लाहकार एवं पूर्व पदाधिकारीज्यूहरु, आम सदस्य एवं संचारकर्मी साथीहरु 

नेपाल अमेरिका पत्रकार संघ (नेजा) को सातौं वार्षिक साधारण सभा सम्बन्धी यस अघिको आमन्त्रण प्राप्त गर्नु भयो नै होला भन्ने विश्वास छ | नेजाका पदाधिकारी साथीहरुबाट पनि यहाँहरु सबैलाई यस बारेमा जानकारी प्राप्त भएको नै होला | अब धेरै दिन बाँकी पनि छैन | तसर्थ पछिल्लो अपडेटसहितको यो आमन्त्रण स्वीकार गरी साधारण सभामा सहभागी भै दिनु हुन र साधारण सभा सफल बनाई दिनु हुन म संयोजकको नाताले हार्दिक आग्रह गर्दछु | 
अझै हामी कार्य समितिका पदाधिकारीहरुबीच कार्यक्रमको रुपरेखा बारे छलफल जारी रहेको छ | तसर्थ अहिलेसम्मका केही कार्यक्रम यहाँ जानकारीका लागि प्रेषित गरेको छु |
 आगामी मे ३ तारिख शुक्रवार राती बाल्टिमोरमा जम्मा हुने र मे ४  तारिख शनिवार दिउँसो नेजाको वार्षिक साधारण सभा उद्घाटन एवं बन्द सत्र सम्पन्न गर्ने गरी कार्यक्रमको तयारी भैरहेको छ |
साथै यसै बीचमा नेजाले पहिलोपटक रक्तदान जीवनदान भन्ने नारालाई सफल बनाउन रक्तदान कार्यक्रम आयोजना गर्न पनि रेडक्रससंग समन्वय गरेको छ | मे चार तारिख शनिवार बिहान ८:०० बजेदेखि ११:०० बजेसम्म हामी रक्तदान कार्यक्रम गर्ने तयारीमा छौं | यसका लागि यसै इमेलमा संलग्न लिंकमा गएर आफ्नो नाम दर्ता गराउनु भए व्यवस्थापनका लागि सहज हुने थियो | 



साधारण सभाको कार्य तालिका :

भेटघाट तथा रात्रीभोज : मे ३,२०१३ शुक्रवार साँझ 

रक्तदान कार्यक्रम : ,मे ४,शनिवार बिहान ८:०० बजेदेखि ११:०० बजेसम्म मात्र ( स्थान:  Mt. Hope Blood Donation Center. Address: 4700 Mt. Hope Dr, Baltimore, MD 21215 )

साधारण सभा उद्घाटन एवं बन्द सत्र : मे ४ , २०१३ , शनिवार 
उद्घाटन : दिउँसो १२:०० बजेदेखि १:०० बजेसम्म 
स्थान : The Mount Vernon Hotel 
24 West Franklin Street, Baltimore, Maryland 21201 
लन्च: दिनको १:०० बजेदेखि २:०० बजेसम्म 
स्थान : लुम्बिनी रेष्टुरेन्ट,डाउनटाउन बाल्टिमोर (कार्यक्रमस्थलको होटलबाट बढीमा सात मिनेटको पैदल)

बन्द सत्र : मे ४ दिनको ठीक २:०० बजेदेखि ४:०० बजेसम्म 
स्थान :  The Mount Vernon Hotel 
24 West Franklin Street, Baltimore, Maryland 21201 

बन्द सत्रका एजेन्डाहरु :
एसपीजेसंग संस्थागत सम्बन्ध स्थापना बारे 
वार्षिक प्रतिवेदन 
आर्थिक प्रतिवेदन 
विधान संशोधन 
अन्य 
साधारण सभा सम्बन्धी विस्तृत जानकारी हामी पुन: प्रेषित गर्नेछौं | तपाईंहरुको सुझाव,सल्लाह र सहभागिता नेजाका लागि सधैं स्वागतयोग्य छ |

पुनश्च: बाल्टिमोरमा बसोवास र होटेल बुकका लागि यो साताभित्र सम्पर्क गर्नुहोला | अन्यथा सहुलियत र छुटका लागि कठीनाई हुन सक्छ | 

धन्यवाद
भवदीय 

गौतम दाहाल 
संयोजक,नेजा सातौं वार्षिक साधारण सभा 
एव  वरिष्ठ उपाध्यक्ष -नेजा

फोन  410  908  8744  

इमेल : gautam28@hotmail .com

Reply all
Reply to author
Forward
0 new messages