NASeA/ANMA-INLS को १३ औं संयुक्त सम्मेलनमा हुने बाल तथा खुल्ला कविता प्रतियोगितामा सहभागी हुन हार्दिक अनुरोध !!

0 views
Skip to first unread message

Bimal Nepal

unread,
Jul 28, 2017, 7:54:02 PM7/28/17
to NASeA, Bikram Gautam, Manoj pradhan, padam bk, Rajesh Singh, ghimi...@gmail.com, Bimal Nepal

Inline image 1

13th NASeA/ANMA Joint Convention

September 1-3 2017, Charlotte NC

Hosted by Greater Charlotte Nepalese Association (GCNA)

“Civic Engagement and Youth Empowerment of Nepalese in America”

http://jointconvention.org/ 



नेपलिज एसोसिएसन्स इन साउथइस्ट अमेरिका (NASeA) एसोसिएसन्स अफ नेपलिज इन मिडवेस्ट अमेरिका (ANMA) को १३ औं संयुक्त सम्मेलनमा हुने बाल तथा खुल्ला कविता प्रतियोगितामा सहभागी हुन हार्दिक अनुरोध !!

 

आगामी सेप्टेम्बर १ देखि ३ तारिखसम्म नर्थ क्यारोलाइनाको Charlotte शहरमा हुन गइरहेको NASeA ANMA को १३ औं संयुक्त सम्मेलनमा अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (INLS), NASeA ANMA को सहकार्यमा प्रत्येक वर्ष साहित्यिक प्रतियोगिता सन्चालन भइरहेको व्यहोरा यहाँहरु सबैलाई अवगत नै छ। विश्वको जुनसुकै कुनामा रहे पनि आफ्नो मातृभाषा, संस्कृति र साहित्यलाई कहिल्यै पनि बिर्सन नसकिने तथ्यलाई मनन गर्दै हरेक वर्ष हुने यस्तो कविता प्रतियोगितामा यसपटक धेरै भन्दा धेरै स्रष्टाहरुको सहभागिता हुने अपेक्षा गरिएको छ।


जन्मभूमि छाडेर विश्वका विभिन्न भू-भागलाई आफ्नो कर्मभूमि बनाएका परदेशी नेपालीहरुको कथाव्यथा समेट्ने अभिप्रायले यसपालिको खुल्ला कविता तर्फ 'डायस्पोरामा नेपाल' विषय चयन गरिएको छ, यद्यपि कविताको शीर्षक प्रतियोगीले आफुखुशी चयन गर्न सक्नेछन्। बाल कवितातर्फ भने विषयवस्तुको कुनै बन्देज छैन। यसवर्षबाल कविता प्रतियोगिताअन्तर्गत माध्यमिक तहसम्मका स्रष्टाहरुलाई रखुल्ला कविता प्रतियोगिताअन्तर्गत सबै ईच्छुक स्रष्टाहरुलाई समावेश गरिनेछ ।


आफ्नो कविता पठाउँदा बाल वा खुल्लातर्फ  कुन समुहको हो स्पष्ट पारी पठाउन सबै स्रष्टाहरुमा अनुरोध छ। साथै सबै अभिभावकहरुमा  -आफ्ना बालबालिकाहरुलाई सो प्रतियोगिताको बारेमा जानकारी गराइ सहभागी हुनको लागि विशेष प्रोत्साहन गरिदिनुहुन पनि विनम्र अनुरोध गर्दछु।

प्रतियोगितामा सहभागी हुन आवश्यक पर्ने विस्तृत जानकारी निम्न बमोजिम रहेको छ


खुल्ला कविता प्रतियोगिता:

. रचना नेपाली भाषामा २०० शब्दमा नबढाई लेखिएको हुनुपर्दछ।

. रचनाको विषयवस्तु 'डायस्पोरामा नेपाल' रहेको छ, तर रचना कुनै पनि शीर्षकमा लेख्न सकिनेछ।

. प्रतियोगितामा सामेल हुनका लागि रचनाकार स्वयं उपस्थित भइ आफ्नो रचना वाचन गर्नुपर्नेछ।

. प्रतियोगी रचनाहरु यस भन्दा अघि कुनै प्रतियोगितामा  समावेश  नगरिएको  तथा पूर्व प्रकाशित/प्रसारित नभएको हुनुपर्नेछ।

. पुरस्कृत स्रष्टाहरुलाई नगद पुरस्कार (प्रथम - ३०० डलर, दोश्रो - २०० डलर, तेस्रो: १०० डलर) सहित प्रमाणपत्र प्रदान गरिनेछ।


बाल कविता प्रतियोगिता:

. रचना नेपाली वा अंग्रेजी भाषामा लेखिएको हुनुपर्दछ।

. रचना कुनै पनि विषय र शीर्षकमा लेख्न सकिनेछ।

. रचना १५० शब्दमा नबढाई लेखिएको हुनुपर्दछ।

. प्रतियोगी स्रष्टाले आफैँ उपस्थित भइ आफ्नो रचना वाचन गर्नुपर्नेछ।

. प्रतियोगी रचनाहरु यस भन्दा अघि कुनै प्रतियोगितामा  समावेश  नगरिएको  तथा पूर्व प्रकाशित/प्रसारित नभएको हुनुपर्नेछ।

६ . उत्कृष्ट तीन बाल स्रष्टाहरुलाई $ ५० का दरले  पुरस्कार सहभागी सबै बाल स्रष्टाहरुलाई प्रोत्साहन पुरस्कार प्रदान गरिनेछ।


रचना आइपुग्ने मिति: आफ्नो प्रतियोगी रचना अगष्ट २०, २०१७ भित्र निम्न ठेगानामा इमेल वा हुलाक मार्फत पठाउनु पर्नेछ।प्रतियोगिता पारदर्शी एवं निष्पक्ष बनाउन खुल्ला र बाल कविता प्रतियोगिता निर्णयको लागि ३/३ सदस्यीय निर्णायक मण्डलको चयन गरिनेछ।


 

इमेल:        poetrycomp...@gmail.com

ठेगाना:      Poetry Competition 2017

Bikram Gautam

1012 Crinoline Ln

Morrisville, NC 27560

 

भवदीय,

विक्रम गौतम,

संयोजक, कविता प्रतियोगिता समिति, -१३ औं संयुक्त सम्मेलन, NASeA/ANMA/ INLS

नर्थ क्यारोलाइना नेपाली साहित्य समाज  (अन्तरराष्ट्रिय नेपाली साहित्य समाज - नर्थ क्यारोलाइना चाप्टर)



Reply all
Reply to author
Forward
0 new messages