Swiss National Contact Point recommends VFS Global to responsibly disengage from Chhaya Center business complex in Kathmandu | स्विस सरकारद्वारा भिएफ़एस ग्लोबललाई काठमाडौंस्थित छाया सेन्टर व्यापारबाट जिम्मेवारीपूर्वक सर्न सिफारिस

7 views
Skip to first unread message

Prabindra Shakya

unread,
Jul 10, 2025, 9:07:16 AM7/10/25
to Prabindra Shakya
Scroll down to see this statement in Nepali | नेपालीमा पढ्न तल स्क्रोल गर्नुहोला

Swiss National Contact Point recommends VFS Global to responsibly disengage from Chhaya Center business complex in Kathmandu

Posted on July 10, 2025 by cemsoj

In response to a complaint filed by two Nepali organizations against Visa Facilitation Services (VFS) Global, the Swiss Government’s National Contact Point has recommended the company to disengage responsibly from its lease agreement with the Chhaya Center business complex in Kathmandu’s tourist district of Thamel.

The complaint (specific instance) against the VFS Global headquartered in Zurich was submitted to the National Contact Point (NCP) for Responsible Business Conduct within the State Secretariat of Economic Affairs of the Government of Switzerland on 25 August 2024. It alleged failures by the VFS Global to conduct effective human rights due diligence for its involvement in the Chhaya Center business complex and associated human rights impacts on the Indigenous Newar community through its continued operations in the complex in violation of the OECD Guidelines for Multinational Enterprises.

On 6 December 2024, the VFS Global informed the NCP in written that it had decided not to extend the lease and to relocate from the premises at the Chhaya Center as soon as feasible. However, the VFS continues to operate its visa application center in Kathmandu from the Chhaya Center till date. In its Final Statement on the complaint published on 25 June 2025, the Swiss NCP thus recommended the VFS Global to disengage responsibly from its lease agreement at the Chhaya Center. The NCP also regretted that the VFS Global did not accept its offer of dialogue with the complainants. It thus also recommended the VFS Global to consider participating in similar future dialogues.

The construction of the Chhaya Center business complex has caused various human rights violations of Indigenous Newar community, particularly the local Pradhan Newars of Thamel. The complex is built on communal Guthi (trust) land that was historically a sacred pond and its banks traditionally owned by Indigenous Pradhan Newar and used for religious and cultural purposes. Legal disputes and protests have arisen over the legitimacy of the Guthi land’s conversion to private ownership and eventually build the business complex. Court cases have been ongoing for decades and currently sub judice at Nepal’s Supreme Court since 2014. Activists associated with the complainants have also faced threats and harassment due to their opposition to the Center’s construction.

In the Final Statement, the NCP has also recalled that any form of intimidation against the complainants or the NCP is not permitted as the NCP itself reportedly received letter from the legal counsel of the Chhaya Center requesting withdrawal of its Initial Assessment report on the complaint citing financial and reputational damages to the Chhaya Center.

While the NCP has now closed the complaint, it is not yet known when or how the VFS Global will responsibly disengage from its relationship with the Chhaya Center. Further, as sought by the complainants, the VFS Global did not acknowledge its linkage to human rights abuses of Indigenous Newar community due to its involvement in Chhaya Center and failed to use any leverage to mitigate the adverse human rights impacts on the community or even to engage with the community’s representatives. Similarly, as the NCP stated that with the decision of VFS to end the lease and move out of the Chhaya Centre, the basis for mediation on forward looking issues would no longer exist, “backward-looking” remedies for the harms could not even be discussed with the offer for mediation rejected by the VFS Global.

In response to a similar complaint filed with the US NCP at the US State Department in August 2023 against Marriott International for its involvement with the Chhaya Center, the NCP is yet to conclude the complaint process while Marriott International has even failed to engage effectively with the NCP.

For more information about the campaign to restore the sacred pond, see the timeline here.


स्विस सरकारद्वारा भिएफ़एस ग्लोबललाई काठमाडौंस्थित छाया सेन्टर व्यापारबाट जिम्मेवारीपूर्वक सर्न सिफारिस

Posted on July 10, 2025 by cemsoj

भिसा फेसिलितेसन सर्विसेस (भिएफ़एस) ग्लोबल विरुद्ध दुई नेपाली संस्थाहरूले दायर गरेको उजुरीको जवाफमा स्विस सरकारको नेशनल कन्त्याक्त पोइन्ट (National Contact Point – एनसीपी)ले भिएफ़एस ग्लोबललाई काठमाडौंको पर्यटकीय क्षेत्र ठमेलमा रहेको छाया सेन्टरसँगको भाडा करार सम्झौता जिम्मेवारीपूर्वक अन्त्य गर्न सिफारिस गरेको छ।

जुरिकमा मुख्यालय रहेको भिएफ़एस ग्लोबल (VFS Global) विरुद्ध २५ अगस्ट २०२४ मा स्विट्जरल्याण्ड सरकारको आर्थिक मामिला सचिवालय (State Secretariat of Economic Affairs) मातहतको जिम्मेवार व्यापार आचरणको लागि नेशनल कन्त्याक्त पोइन्ट (National Contact Point (NCP) for Responsible Business Conduct) मा उजुरी पेश गरिएको थियो। उजुरीमा भिएफ़एस ग्लोबलले छाया सेन्टरमा आफ्नो संलग्नताको लागि प्रभावकारीरुपमा मानवअधिकारको मुल्यांकन (human rights due diligence) नगरेको र छाया सेन्टरमा निरन्तर कार्यालय सञ्चालन गरी आदिवासी नेवा: समुदायको मानवअधिकारमा नकारात्मक असर पारेकोले जिम्मेवार व्यापार आचरणसम्बन्धि बहुराष्ट्रिय कम्पनिहरूको लागि ओइसीडीका दिशानिर्देशन (OECD Guidelines for Multinational Enterprises on Responsible Business Conduct) को उल्लङ्घन गरेको आरोप लगाइएको थियो।

६ डिसेम्बर २०२४ मा भिएफ़एस ग्लोबलले एनसीपीलाई छाया सेन्टरमा रहेको आफ्नो कार्यालयको भाडा करार सम्झौता नवीकरण नगर्ने र यथाशक्य छिट्टै छाया सेन्टरको परिसरबाट आफ्नो कार्यलय स्थानान्तरण गर्ने निर्णय गरेको लिखित रूपमा जानकारी गराएको थियो। यद्यपि, भिएफ़एसले आजसम्म पनि काठमाडौँमा आफ्नो भिसा आवेदन केन्द्र छाया सेन्टरबाट सञ्चालन गरिरहेको छ। २५ जुन २०२५ मा प्रकाशित उजुरीको अन्तिम वक्तव्य (Final Statement) मा स्विस एनसीपीले भिएफ़एस ग्लोबललाई छाया सेन्टरसँगको भाडा करार सम्झौता जिम्मेवारीपूर्वक अन्त्य गर्न सिफारिस गरेको छ। भिएफ़एसले उजुरीकर्ताहरूसँग वार्ताको प्रस्ताव अस्वीकार गरेकोमा खेद व्यक्त गर्दै एनसीपीले भिएफ़एसलाई भविष्यमा यस्ता वार्तामा भाग लिन पनि सिफारिस गरेको छ।

छाया सेन्टरको निर्माणबाट आदिवासी नेवा: समुदाय र विशेष गरी ठमेलका स्थानीय प्रधान नेवा:हरूको विभिन्न मानव अधिकार उल्लङ्घन भएको छ। परम्परागतदेखि प्रधान नेवा: समुदायको गुठीको स्वामित्वमा रहेको र धार्मिक र सांस्कृतिक प्रयोजनका लागि प्रयोग हुने पुरातात्विक कमल पोखरी र वरपरका गुठी जग्गा अतिक्रमण गरेर छाया सेन्टरको निर्माण भएको छ। गुठी जग्गालाई निजी स्वामित्वमा रूपान्तरण गरी अन्ततः व्यावसायिक परिसर छाया सेन्टरको निर्माण गरिएको वैधतामाथि कानुनी विवाद र विरोधहरू उत्पन्न भएका छन्। अदालती मुद्दाहरू दशकौंदेखि चलिरहेका छन् र सन् २०१४ देखि नेपालको सर्वोच्च अदालतमा हाल विचाराधीन छन्। छाया सेन्टरको निर्माणको विरोधका कारण उजुरीकर्ताहरूसँग सम्बन्धित अभियन्ताहरूले पनि धम्की र उत्पीडनको सामना गर्नु परेको छ।

अत: अन्तिम वक्तव्य (Final Statement) मा एनसीपीले उजुरीकर्ता वा एनसीपी विरुद्ध कुनै पनि प्रकारको धम्की दिन अनुमति नभएको पनि सम्झाएको छ। छाया सेन्टरलाई आर्थिक र प्रतिष्ठामा क्षति पुगेको उल्लेख गर्दै यस उजुरीमाथि एनसीपीको प्रारम्भिक मूल्याङ्कन प्रतिवेदन (Initial Assessment) फिर्ता लिन अनुरोधसहित छाया सेन्टरको कानुनी सल्लाहकारमार्फत एनसीपीलाई पत्र प्राप्त भएको पनि वक्तव्यमा उल्लेख छ।

एनसीपीले अब यस उजुरी माथिको प्रक्रिया बन्द गरिसकेको भएतापनि भिएफ़एस ग्लोबलले छाया सेन्टरसँगको सम्बन्धबाट कहिले वा कसरी जिम्मेवारीपूर्वक अलग्गिनेछ भन्ने कुरा अझै अन्योल नै छ। यसबाहेक, उजुरीकर्ताका मागअनुसार भिएफ़एस ग्लोबलले छाया सेन्टरसँग सहकार्य गरेर प्रधान नेवा: समुदायको मानवअधिकार हनन हुनुमा आफ्नो भूमिका रहेको पनि स्वीकार गरेको छैन। प्रभावित समुदायको मानव अधिकारमा परेको प्रतिकूल असरलाई कम गर्न आफ्नो प्रभाव प्रयोग गर्न वा समुदायका प्रतिनिधिहरूसँग परामर्श गर्न पनि भिएफ़एस ग्लोबल असफल भएको छ। छाया सेन्टरबाट सर्ने भिएफ़एस ग्लोबलको निर्णयसँगै भावी मुद्दाहरूमा मध्यस्थताको आधार नरहने एनसीपीको ठहर संगै एनसीपीको वार्ता प्रस्ताव भिएफ़एस ग्लोबलले अस्वीकार गरेकोले विगतका प्रभावहरुको उपचार सम्बन्धि पनि कुनै छलफल हुन सकेन।

अगस्ट २०२३ मा छायाँ सेन्टरमा रहेको अर्को बहुराष्ट्रिय कम्पनी मेरियत इन्टरनेसनल (Marriott International) विरुद्ध पनि अमेरिकी परराष्ट्र बिभाग (State Department) मातहतको अमेरिकी एनसीपी (US NCP) मा दायर गरिएको यस्तै उजुरीको जवाफमा अमेरिकी एनसीपीले अझै उजुरी प्रक्रिया पूरा गरेको छैन जबकि मेरियत इन्टरनेसनल अमेरिकी एनसीपीको प्रक्रियामा प्रभावकारी रूपमा सहभागी पनि भएको छैन।

ठमेलस्थित पुरातात्विक कमलपोखरी पुनर्स्थापना अभियान बारे थप जानकारीको लागि यहाँ टाइमलाइन हेर्नुहोस्।

Link to post: https://cemsoj.net/2025/07/10/स्विस-सरकारद्वारा-भिएफ़ए/  

--

Prabindra Shakya

Founder/Director, Community Empowerment and Social Justice Network (CEMSOJ), www.cemsoj.net
Convenor, Asia Indigenous Peoples Network on Extractive Industries and Energy (AIPNEE)www.aipnee.org



Reply all
Reply to author
Forward
0 new messages