एनआरएनए-एनसीसी कतारले ट्रलि र शैक्षिक परियोजना सञ्चालन गर्ने

1 view
Skip to first unread message

Budbal Gurung

unread,
Aug 3, 2009, 10:32:46 AM8/3/09
to nrn-...@googlegroups.com, ex-g...@googlegroups.com
Dear All
 
 
 अगष्ट, २००९,

दोहा, कतार ।

गत जुलाई ३१, शुक्रवारका दिन एनआरएनए-एनसीसी कतारका अध्यक्ष श्री नरेन्द्र भाटको अध्यक्षतामा बसेको सचिवालयको तेश्रो बैठकमा आईसीसीका पदाधिकारी तथा सदस्यहरुको उपस्थितिमा विभिन्न निर्णयहरु गरेको छ । उक्त बैठकमा आईसीसीका सचिव सागर नेपाल र सदस्य तथा कतार प्रतिनिधि टि.बि.कार्की तथा सल्लाहकार डा.देवकाजी डङ्गोल लगायत एनसीसीका सल्लाहकार युवराज पाठकको समेत उपस्थिति थियो ।

बैठकमा अध्यक्ष नरेन्द्र भाटले आईसीसीका पदाधिकारी तथा सदस्यहरुलाई एनसीसीले हालसम्म गरेको कार्यहरुको संक्षिप्त विवरण प्रस्तुत गर्नु भएको थियो ।

चौथो गैरआवासीय नेपाली विश्व सम्मेलनको पूर्वार्धमा यही आउने अगष्ट २८ र २९ तारिखका दिन दुबईमा हुन गैरहेको मध्यपूर्व क्षेत्रीय भेलामा कतारका गैर आवासीय नेपालीहरुको प्रतिनिधित्व गर्दै एनसीसी कतारले भाग लिने छ । उक्त भेलामा भाग लिन चाहने कतारवासी गैरआवासीय नेपालीहरुले यहि अगष्ट १४ शुक्रवार सम्ममा समितिमा सम्पर्क गरि सक्नु पर्ने बताइएको छ । साथै सो भेलामा एनसीसी कतारले कार्यपत्र प्रस्तुत गर्ने भएकोले महासचिव बिलबहादुर गुरुङको संयोजकत्वमा क्रान्ती सिंह र उमेश अधिकारी सम्मिलित तीन सदस्यीय कार्यपत्र तयारी समिति समेत गठन गरेको छ । समितिका संयोजक गुरुङले जानकारी दिनू भए अनुसार सबैको विचारलाई समेटेर नै कार्यपत्र तयार पारिने छ । कतारवासी गैर आवासीय नेपालीहरुको व्यक्तिगत तथा संस्थागत विचारलाई समेट्नको लागि सार्वजनिक सूचना पनि जारि गरि सकिएको छ ।

एनसीसी कतारको तर्फबाट न्यूनतम ५० थान ट्रलि त्रिभूवन अन्तरराष्ट्रिय विमानस्थललाई प्रदान गर्ने निर्णय गरिएको छ । आउदो अक्टोबरमा काठमाण्डौमा हुन गैरहेको चौथो गैरआवसीय नेपाली विश्व सम्मेलन ताका उक्त ट्रलि विमानस्थललाई हस्तान्तरण गर्ने योजना रहेको छ । योजना मुताविक कार्य सम्पाद गर्न गराउन एनआरएनए-आईसीसीका सल्लाहकार सदस्य डा.देवकाजी डङ्गोलको संयोजकत्वमा ७ सदस्यीय ट्रलि व्यवस्थापन समिति गठन गरिएको छ । सदस्यहरुमा क्रमशः आईसीसी सचिव सागर नेपाल, सदस्य टि.बि.कार्की, को.सदस्य बदि्रप्रसाद पाण्डे, एनसीसी अध्यक्ष नरेन्द्र भाट, महासचिव बिलबहादुर गुरुङ र कोषाध्यक्ष पूर्णबहादुर के.सी. रहनु भएको छ । ट्रलिको लागि कतारमा कार्यरत सम्पुर्ण नेपाली व्यावसायी, संघ/संस्था र नेपाली दाजुभाई तथा दिदीबहिनहरुलाई सहयोगको लागि अध्यक्ष नरेन्द्र भाटले अनुरोध गर्नु भएको छ । अध्यक्ष भाटका अनुसार प्रत्येक ट्रलिमा एनआरएनए-एनसीसी कतार र सौजन्य व्यक्ति तथा संस्थाको नाम प्रष्ट लेखिने छ । एक ट्रलि तयारी अवस्थामा नेपालमा पुर्‍याउन ३ सय अमेरिकी डलर बराबर लागत लाग्ने बताईएको छ ।

त्यसै गरि एनसीसी कतारले आउने चौथो गैरआवसीय नेपाली विश्व सम्मेलन अगावै नेपालको शैक्षिक क्षेत्रलाई सहयोग पुर्‍याउने उद्देश्यले न्यूनतम ६ लाख नेपाली रुपैया वरावरको शैक्षिक परियोजना सञ्चालन गर्ने निर्णय गरेको छ । जसको लागि नेपालको विकट र दुर्गम क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर सहयोग गर्ने अध्यक्ष भाटले बताउनु भयो । यो सहयोग विशेषतः पुस्तकालय तथा शैक्षिक सामग्रीको अभाव भएका विद्यालय तथा शैक्षिक संस्थानहरुलाई प्रदान गरिने बताईएको छ ।

 

Budbal Gurung

Reply all
Reply to author
Forward
0 new messages