\"शान्त र समृद्ध नेपाल - हाम्रो साझा सपना\" भन्ने मुल नाराका साथ आगामी अक्टोवर १३-१५ सम्म चौथो गैर आवसीय नेपाली विश्व सम्मेलन नेपालमा हुन गैरहेको जानकारी गराउन चाहन्छौं । उक्त सम्मेलनमा भाग लिन चाहनु हुने राष्ट्रिय परिषद सदस्यहरुले यहि आउने सेप्टेम्वर ११ शुक्रवार सम्ममा संघले जारि गरेको आवेदन फारम भरि समितिमा बुझाउन हुन यो सूचना प्रकाशित गरिएको छ । आवेदन फारमको लागि एनसीसी कतारका पदाधिकारी तथा सदस्यहरु मार्फत तथा इन्टरनेटमा एनआरएनएको वेव पेज www.nrn.org.np बाट डाउनलोड गरि प्राप्त गर्न सकिने छ । एक जना सहभागि सदस्यले दर्ता शुल्क अमेरीकी डलर पचास तिर्नु पर्ने छ । दर्ता शुल्क एनसीसी कतार वा काठमाण्डौमा एनआरएनएको सचिवालयमा बुझाउन सकिने छ ।
नोटः आवेदन फारम एनसीसी कतारमा अनिवार्य दर्ता हुनु पर्ने छ । एनआरएनएको विधानको दफा १३ उपदफा १३.८ बमोजिम अन्तरराष्ट्रिय महाधिवेशनमा भाग लिनका लागि सम्बन्धित राष्ट्रिय समन्वय परिषदले प्रत्येक दशजना पञ्जिकृत सदस्य संख्या बराबर एकजना प्रतिनिधि -१:१०) चयन गर्नेछ । राष्ट्रिय समन्वय परिषदले अन्तरराष्ट्रिय महाधिवेशन प्रतिनिधि चयन गर्दा सर्वसम्मत नभएमा निर्वाचन प्रक्रियाको माध्यमबाट चयन गर्नु पर्नेछ ।
गैर आवासीय नेपाली संघ,
राष्ट्रिय समन्वय परिषद, कतार