गुरुङ भए कामु प्रधानसेनापति ( www.gorkhalionline.com )

15 views
Skip to first unread message

Budbal Gurung

unread,
Aug 9, 2009, 7:54:30 AM8/9/09
to nrn-...@googlegroups.com, ex-g...@googlegroups.com

गुरुङ भए कामु प्रधानसेनापति

गोरखाली अनलाईन डट कम

काठमाडौँ, साउन २५

मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले कामु प्रधानसेनापतिमा रथी छत्रमानसिंह गुरुङलाई नियुक्त गरेको छ । बैठकले प्रधानसेनापति रुक्माङ्गद कटवालको विदा स्वीकृत गरेको छ ।

प्रधानसेनापति रुक्माङ्गद कटवालले शुक्रबार राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय र रक्षा मन्त्रालयलाई पत्र लेखी सोमबारदेखि विदामा बस्ने जानकारी दिएका थिए।

उनले आफ्नो अनुपस्थितिमा बलाधिकृत रथी छत्रमानसिंह गुरुङले नेपाली सेनाको नेतृत्व गर्ने जानकारी पनि ती कार्यालयमा लेखी पठाएका थिए।

नेपाली सेनामा प्रधानसेनापतिले अवकास पाउनुभन्दा एक महिना अगाडि बिदा लिने चलन छ। यो एक महिना अवधिमा प्रधानसेनापति बन्ने नयाँ रथीले कामको अनुभव लिने बताइन्छ

Reply all
Reply to author
Forward
0 new messages