‘माघी पर्व’, माघे संक्रान्ति पर्व र मकर संक्रान्ति पर्वको शुभकामना ।
थारु समुदायको महान पर्व ‘माघी’को अवसरमा र अन्य समुदायको महान पर्व माघे संक्रान्ति / मकर संक्रान्ति पर्वको अवसरमा नेपालमा र बिदेशमा रहनु भएका सम्पुर्ण महानुभावहरुमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
माघी नेपालमा बसोबास गर्ने थारू समुदायले मनाउने प्रमुख चाड हो। माघीलाई थारूहरूको मौलिक संस्कृतिले भरिएको सबैभन्दा ठूलो पर्वको रूपमा लिइन्छ।