हरेक बर्ष लोकस ले राष्ट्रिय स्तरका बिभिन्न ईन्जिनियरिङ कलेज का
विद्यार्थी हरुलाई समेटेर बिबिध प्रतियोगिता,प्रदर्सनी तथा अन्य
कार्यक्रम हरुका साथ तीन दिने प्राबिधिक महोत्सब गर्दै आएको छ । यस
बर्षको छैठौ सन्स्करन का मुख्य कार्यक्रम हरुमा प्रतियोगितात्मक तर्फ
औपचारिक कार्यक्रम जस्तै सफ्टवेर ,हार्डवेर ,इलेक्ट्रिकल बिधाका
प्रोजेक्ट हरु बीच प्रतिस्पर्धा, कार्यपत्र प्रस्तुती र प्राबिधिक
हाजिरिजबाफ प्रतियोगिता रहेका छन भने अनौपचारिक कार्यक्रम जस्तै वेबपेज
डिजाईन प्रतियोगिता ,कोडिङ प्रतियोगिता,कम्प्युटर गेमिङ प्रतियोगिता आदी
रहेका छन । त्यसै गरी अप्रतियोगितात्मक तर्फ सेमिनार ,
कार्यशाला ,अन्तर्कृया ,बिभिन्न ईन्जिनियरिङ प्रबिधी र प्रयोगशाला हरुको
प्रदर्शनी , सुचना,प्रबिधी र जलबिद्युत सँग सम्बन्धित बिभिन्न
ब्याबसायीक प्रतिस्ठान हरुका स्टलहरु , ईन्जिनियरिङ अध्ययन पस्चात का
सम्भाबीत रोजगार दाता कम्पनी हरुका स्टलहरु आदी रहेका छन ।
यस प्राबिधिक महोत्सबलाई डी २ हकाइ नामक सफ्टवेर कम्पनी ले मुख्य
प्रायोजन गरेको छ भने ईन्जिनियरिङ अध्ययन संस्थान डीनको
कार्यालय ,पुल्चोक क्याम्पस प्रशासन ,पुल्चोक क्यम्पस स्व वि यू ,त्यसै
गरी कम्प्युटर तथा एलेक्ट्रोनिक्स् र एलेक्ट्रिकल बिभाग लगायत बिभिन्न
संघ संस्थाले सहयोग गरेका छन .
महोत्सबमा निशुल्क प्रबेश को व्यवस्था गरिएको छ ।
ज्ञानेश्वर बोहरा
संचार सम्योजक
लोकस २००८ -०९