अमृता अनमोल रूपन्देहीको मर्चवारमा १८ वटा गाविस छन् । त्यहा झन्डै एक लाख जनाको बसोबास छ । तथ्यांक अनुसार दलितम्ाात्रै १८ हजार बढी छन् । त्यो पनि थरीथरीका । टाढी, पासी, धोबी, चमार, डोम, हरिजन, पत्थरकट्टा आदि-आदि । एकातिर दलित अर्कोतिर तर्राईवासी । पढ्न-लेख्न त होइन, धेरैजसो नेपाली बोल्न पनि जान्दैनन् उनीहरू । बोल्छन् भोजपुरी । गर्छन् मजदुरी । त्यो पनि धेरैजसो भारतमा ।
More…