–सरोजदिलु विश्वकर्मा समानुपातिक चुनाव, समानुपातिक समावेशीकरण, समानुपातिक राज्यका श्रोतकेा वितरण, समानुपातिक अधिकार हरेक आन्दोलनका मुल नाराहरु हुन् समानुपातिक। दलितलाई समानुपातिक चाहिएकेा छ, जनजातिलाई समानुपातिक, महिला, मधेसी, अल्पसंख्यक, दलित भित्रका गाईने, वादी, तत्मा, धोवी, जनजाति भित्रका सतार, कोचे, कुसुण्डा सवैलाई समानुपातिक प्रतिनिधित्व नै चाहिएको छ। ब्यक्तिको क्षमता होस् या नहोस्, उस्को समानुपातिकको जनसंख्या पुगोस् या नपुगोस्, आफू सक्षम भूमिका खेल्न सकोस् या नसकोस्, कोही समानुपातिकको अडानबाट डग्मगाउदैंनन्। जताततै जहिलेसुकै प्रोपस्नेट (समानुपातिक)को मुद्दा बोक्यो यताउता अगाडि पछाडि नहेरी दौडीहाल्यो – समानुपातिकको ईन्द्रेणी समाउन। ईन्दे्रणी रंगीन र मोहक हुन्छ। सवै जनालाई यसले आकर्षित गर्छ। तर त्यसको निश्चीत धरातल हुदैंन, निश्चीत नाप हुदैंन र स्थायित्व पनि हुदैंन। त्यही धरालत, नाप र स्थायित्व नभएको ईन्द्रेणी झै समानुपातिककेा मुद्दाले विभिन्न आन्दोलनरत जाति वर्ग, धर्म र भाषाभाषीहरुलाई फरक फरक विन्दूमा एकोहोरो लठ्याईरहेकेा छ।
बाँकी भित्र… Click here