सदस्यज्यूहरू नेपाल उद्योग परिसंघ,
नेपाल सरकारले हालै जारी गरेको अध्यादेशमा दर्ता नभई संचालनमा आएका उद्योगहरूलाई समेत सो अध्यादेश जारी भएको एक वर्ष भित्र उद्योग दर्ता गर्ने निकायमा दर्ता गर्न निवेदन दिएमा त्यस्तो उद्योग दर्ता गर्ने निकायले उद्योग दर्ता गरिदिनु पर्ने प्रावधान कायम गरेको छ । यसै अनुसार उद्योग विभागले मिति २०८१/१०/०७ गते निर्णय गरी दर्ता आह्वान गर्न सुचना समेत प्रकाशन गरेको छ ।
यसै सन्दर्भमा परिसंघका सदस्य संस्थाहरूका कुनै उद्योग दर्ता गर्न छुट भएको भए यस अवसरको सदुपयोग गर्दै समयमै दर्ता प्रकृया अगाडी बढाउन अनुरोध गर्दछौ । थप जानकारीका लागि उद्योग विभागको वेवसाईट हेर्नुहुन समेत अनुरोध छ । विभागको पत्र यसैसाथ संलग्न छ ।
Secretariat
CONFEDERATION OF NEPALESE INDUSTRIES
5th Floor, Trade Tower, Thapathali, Kathmandu, Nepal
Google Plus code: M8R9+VP Kathmandu
Phone: +977-1-5111122, 5111123, Fax:+977-1-5111125
P Please consider environmental impact before printing documents
Web: www.cni.org.np