हार्दिक धन्यवाद र नव बर्ष २०७६ को उपलक्ष्यमा हार्दिक मङ्गलमय शुभकामना !

0 views
Skip to first unread message

Hari Bhakta Sharma

unread,
Apr 11, 2019, 10:07:23 AM4/11/19
to CNI-All.Members

नेपाल उद्योग परिसंघका सबै सदस्यहरु महानुभावहरु,

 

नेपाल उद्योग परिसंघको अध्यक्षको रुपमा मेरो कार्यकाल सकिएको

बिगत ३ बर्षे कार्यकालमा अध्यक्षको रुपमा काम गर्दा सहयोग गर्नुहुने कार्य समिती, राष्ट्रिय परिषदका सदस्यहरु र परिसंघका सदस्यहरुलाई धन्यवाद सबै मित्रहरुप्रति आभारी छु परिसंघको सचिबालयका सबै सहकर्मि सदस्यहरु र बिशेषतः महानिर्देशक श्री मेघ नाथ न्यौपानेलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु

 

परिसंघका अध्यक्ष एमिरेट्स माननीय श्री विनोद चौधरीज्यू र निबर्तमान अध्यक्ष श्री नरेन्द्र कुमार बस्नेतज्यूले परिसंघको अध्यक्षको कार्यकालमा मलाई प्रदान गर्नुभएको अमूल्य सहयोग प्रति बिशेष आभारी छु धन्यवाद व्यक्त गर्दछु

 

बिगत ३ बर्षको राजनैतिक परिबर्तनलाई संस्थागत रुपमा कार्यान्वयनगर्दै नयाँ संगठनात्मक स्वरुपमा नवनिर्माण हुँदैगरेको संघिय नेपालको ऐतिहाँसिक पुनर्संरचनाको चुनौतिपुर्ण समय थियो  । र अभुतपुर्व समयमा परिसंघको अध्यक्षको हैसियतमा प्राप्त अनुभब मेरो जीवनको महत्वपुर्ण भोगाई र ज्ञान रहेको छ । मेरो व्याबसायिक जीवनको सबैभन्दा ठुलो पुंजिको रुपमा यो शिक्षा लिएर परिसंघको १६ औं वार्षिक साधारणसभामा आफ्नो जिम्मेवारि हस्तान्तरण गरेको छु । एक आसमा मिलेर सहकार्य गर्ने अभ्यास भएको परिसंघ - हामि सबै सदस्यकालागि गौरव गर्न लायक संस्थाको रुपमा बिकशित हुदै गरेको सुखद अबस्था बनेको छ ।

 

मेरो कार्यकालमा महत्वपुर्ण सहयोग गर्नुहुने  परिसंघका सदस्य मित्रहरुप्रति आभारी छु

तपांईहरुको सहयोग र विश्वासले मलाई असल काम गर्ने सधै प्रेरणा मिलिरह्यो

परिसंघका तपांई सबै आदरिणय सदस्य मित्रहरुको अतुलनीय सहयोगले मलाई ऋणी बनाएको  

 

नया कार्यसमितिलाई बधाइ एवं शुभकामना !!!

नबगठित कार्यसमितिको व्यवसायिक सफलताको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु !

नया जोश, जागर उमङ्ग  तपाईहरुले चालेका प्रतेक् पाइलाहरुले सगरमाथाको शिखर चुम्न सफल होउन !!

साथै नेपालको समग्र आर्थिक समुन्नतिमा सशक्त भुमिका निर्बाहगर्न परिसंघलाई सफलता मिलोस् भन्ने हार्दिक शुभेच्छा समेत व्यक्त गर्दछु !!!

 

सम्पूर्ण परिसंघका सदस्यहरु महानुभावहरु तपांई प्रत्येकको साथले असम्भव सोचिएका धेरै कामहरु सम्भव भएकाछन्

 

आवश्यक पर्दा सधै तपाईं हरुको साथमा हुने छु र

 

अन्त्यमा नव बर्ष २०७६ को उपलक्ष्यमा

सुखीशान्ती    सम्मुनत  जीवनको लागि  हार्दिक मङ्गलमय शुभकामना !

 

धन्यवाद

हरी भक्त शर्मा

 

Reply all
Reply to author
Forward
0 new messages