Sharing my views to start thinking before it’s too late, again!

2 views
Skip to first unread message

Anil Shah

unread,
Apr 30, 2014, 7:56:02 AM4/30/14
to Anil Shah

अहिले नयाँ शक्तिका धेरै कुरा आएका छन् नयाँ वा पुरानो शक्तिको कुरा गर्नुभन्दा पहिला हाम्रो राजनीतिक इतिहासलाई एकपटक हरौं नेपालमा सय ५० वर्ष जत्ति राणा शासन रहृयो राणा शासनको अन्त्य प्रजातन्त्र स्थापनासँगै केही समय संक्रमणकाल रहृयो त्यसपछि नेपालमा पञ्चायत शासन आयो त्यसले ३० वर्ष नेपालमा शासन गर्यो पहिलो जनआन्दोलनपछि बहुदलीय प्रजातन्त्र आयो यो १५ वर्षजति टिक्यो सय ५० वर्ष, ३० वर्ष, १५ वर्ष बहुदलीय प्रजातन्त्रले पनि पुगेन हामी गणतन्त्रमा आएका छौं तर, अगाडि लम्किनका लागि अझैसम्म हामीले पहिलो पाइला समेत चाल्न सकेका छैनौं त्यो भनेको नयाँ संविधान

 

नयाँ पुरानो हैन, सक्षम शक्ति भनौं

योबेलामा हामीले नयाँ शक्ति, पुरानो शक्ति भनिरहेका छन् तर, मलाई के लाग्छ भने इतिहासलाई हेर्ने हो भने नयाँ पुरानोभन्दा पनि अब सक्षम शक्ति, ठिक शक्तिको खोजी गर्ने बेला आएको , जुन शक्तिले सय ५० वर्षबाट, ३०, ३० बाट १५ १५ बाट मा झर्ने मात्र होइन कि एउटा संविधान लेख्यो, फेरि वर्षपछि अर्को संविधानसभाको चुनाव गर्नु नपर्ने गरी हामी सबैले विचार गर्नुपर्यो कि अब कस्तो शक्ति चाहिएको हो देशलाई ?

पुरानो, नयाँको कुरै होइन अब सक्षम शक्ति चाहिएको , जसमा मजस्तो मान्छे, जो राजनीतिमा लागेको छैन, सर्वसाधारण मान्छेले राजनीतिमा किन चासो देखाउने ? भन्ने प्रश्न पनि उठ्न सक्छ पहिले नै भन्न चाहन्छु कि लोकतन्त्र, गणतन्त्र, जे तन्त्र भने पनि मूल कुरा प्रजातन्त्र हो प्रजातन्त्र भनेको देश कसको जनताको बैंकर, कोही विद्यार्थी, इन्जिनियर, डाक्टर सबैले मेरो मात्र काम गर्छु भनेर प्रजातन्त्रमा हुँदैन प्रजातन्त्रमा हाम्रो अधिकार मात्र होइन कि जिम्मेवारी पनि हो कि कस्तो शक्ति चाहियो यो देश बनाउनका लागि

राजाको तन्त्र होइन, कुनै शक्तिको तन्त्र होइन, सैन्य शक्तिको तन्त्र होइन, प्रजाको तन्त्र भएकाले प्रजातन्त्रमा कुनै पनि प्रजाले चासो देखाउँदैन भने जसलाई जे मन लाग्यो त्यही गरे हुन्छ योभन्दा हामीले जुन बाटो लिएको , त्यो गलत बाटो पो हो कि ? हामी स्थिरताको कुरा गर्छौं तर, सय ५० वर्षबाट ३०, १५ हुँदा अब पाइला नै चाल्न नसक्ने अवस्था आएको अब के गर्ने ?

त्यसैले भन्छु, जुन मान्छे राजनीतिमा हुनुहुन्छ सक्षम पनि हुनुहुन्छ, जसको भिजन , उहाँहरु एकजुट हुनुपर्यो देश बनाउनका लागि यो पार्टी, यस्तो चिन्ह, यो विचार होइन, नेपालवादी बनौं कुनै विदेशी किताब पढेर मेरो किताबमा यो भन्छ भनेर भन्ने सोसलिस्ट, कम्युनिष्ट क्यापिटालिस्ट होइन, नेपालिस्ट चाहियो

नेपालका लागि के चाहिन्छ ? हाम्रो हिमाल, पहाड, तराई, खोलानाला हेरेर, जनशक्ति हरेर हामीलाई के चाहिन्छ भन्ने किताब हामी आफैं लेखौं कुनै दशक अगाडि कसैले लेखेको किताबलाई हेरेर यसो गर्नुपर्छ भन्ने तन्त्र चाहिएन अब

नेपाल कस्तो हुनुपर्छ ?

अहिले संविधान लेख्ने कोसिस भइरहेको त्यही भएर मैले मेरो विचारमा नेपाल कस्तो हुनुपर्छ भनेर आफ्नो कुरा राख्न खोजेको हुँ मेले धेरै विचार गरेँ, लाग्यो अब बोल्न बोला भयो खुलामञ्चमा छलफल हुनुपर्यो किन भने देश भनेको हामी सबैको हो

मैले अहिले हेर्दा डा. हर्क गुरुङले नेपालको चित्र कोर्नु भएको थियो पाँचवटा प्रान्त, २० वटा जिल्ला हरेक प्रान्त उत्तरदेखि दक्षिणसम्म धेरै प्रान्त बनाउँदा धान्न सक्छौं कि सक्दैनौं भन्ने पनि हेरौं प्रान्त बनेपछि उसका आफ्ना संरचनाहरु चाहियो त्यसलाई कसरी चालाउने त्यसैले हर्क गरुङमा मेरो धेरै प्रभाव उहाँले अध्ययन गरेर नै पाँच प्रान्तको अवधारणा अघि सार्नु भएको हो

प्रान्तका नामहरु खोलाको नामबाट राखौं किनभने कुनै मान्छे हिमालमा, कुनै पहाडमा कोही तराईमा होला मनौं एउटा प्रान्तको नाम सगरमाथा राखियो तराई पहाडमा बस्ने सगरमाथा देखेको हुँदैन सगरमाथा के हो भने किताब मात्र पढेको तर, प्रान्तको नाम नारायणी, गण्डिकी, बाग्मती भन्ने हो भने हिमालमा बस्नेले पनि यही हो बाग्मिती, त्यही भएर प्रान्तको नाम बाग्मती भन्छन्, तराईमा बस्नेले पनि भन्छ

हुन जातीय नामका कुराहरु पनि आएका छन् नेवाः राज्यकै कुरा गरौं मेरो हजुरआमा भक्तपुरको हो त्यसो हुँदा नेवा राज्य भए खुसी नै हुन्छु तर, यहाँ नेवार बढी कि गैर नेवार ? त्यहाँ पहिलो चुनाव हुँदा नेवार पराजित हुने ठकुरी, बाहुन आउने भएपछि के हुन्छ ? होइन, जनताले जे गरे पनि मुख्यमन्त्री नेवार नै हुने भए राजतन्त्रभन्दा पनि तानाशाह हुन्छ

अब बन्ने प्रान्तमा स्वायत्तता उहाँहरुको हुन्छ हरेक प्रान्तमा एउटा विधायिका हुन्छ सबैले बुझेको कि छैन, कि हरेक प्रान्तमा चुनाव हुन्छ, संसद जस्तै निकाय हुन्छ हरेक व्यवस्थापिकामा मैले देखेको ५० जनादेखि ७० जनाभन्दा बढी मान्छे हुनुहुँदैन अनि एउटा मुख्यमन्त्री हुन्छ उनलाई चाहिने केही मन्त्रालय हुनुपर्छ , हरेक प्रान्तमा एकजना गर्भनर हुन्छ गर्भनरलाई राष्ट्रप्रमुखले नियुक्त गर्छन् किनकि सबैसँग समन्वय गर्न सकियोस्

प्रत्यक्ष निर्वाचित  प्रधानमन्त्री चाहिन्छ

केन्द्रमा के गर्ने भन्दा मेरो विचारमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री  हुनुपर्छ यस्तो राष्ट्रपति राजनीतिक दलबाट पनि हुनसक्छ, स्वतन्त्र पनि हुनसक्छ देशभरि सबैले मतदान गर्छन् एकजना कार्यकारी राष्ट्रपति चुन्छन् यसरी बन्ने  प्रधानमन्त्रीलाई मन्त्रीहरु नियुक्त गर्ने अधिकार हुन्छ सबैभन्दा सक्षम नेपालीहरुलाई मन्त्री बनाउनुपर्छ यो नेपाल वा बाहिर बसेका जो सक्षम , उसलाई ल्याउँछन् उनीहरु राजनीति गरेर हिँड्दैनन्, आफ्नो काम गर्छन्

अर्कोतिर तल्लो सभा भनेको जस्तै पिपुल्स काउन्लिस बनाऔं हरेक प्रान्तबाट ३० जना ल्याउने हो भने सय ५० जनाभन्दा बढी चाहिँदैन

अर्को, माथिल्लो सभा भनेको जस्तो एल्डर काउन्सिल बनाऔं जसमा ५०/६० जना हुनसक्छन् लोअर हाउसमा हरेक प्रान्तबाट निर्वाचित भएर आउनुपर्छ भने अपर हाउसमा निर्वाचित मनोनितलाई मिलाएर बनाउनुपर्छ यो दुई संस्थाले कानुन बनाउने काम गर्छन् कार्यकारी राष्ट्रपतिलाई चेक एण्ड ब्यालेन्स गर्ने काम पनि यसैले गर्छ

यहाँ आउने मान्छे मन्त्री बन्छु, यो गर्छु त्यो गर्छु भनेर होइन, मैले देशलाई चाहिने कानून बनाउँछु भन्ने ल्याउँ ठीक सोच भएको मान्छे जान्छन् राजनीतिमा लागेका मान्छेलाई तलब भत्ता चाहिन्छ भन्ने होइन देशका लागि काम गर्न राजनीतिमा लाग्ने हो

दुईखाले डाक्टर

आजभोलि दुईखालका डाक्टरहरु छन् एकखालका मानिसहरु डाक्टर बनेर बिरामी मान्छेहरुको उपचार गर्छु, उनीहरु धनी हुन् वा गरीब अर्कोथरि डाक्टर बन्छु किनभने डाक्टर बनें भने यति पैसा कमाउन सक्छु डाक्टर बनेपछि यो देशमा जान सक्छु

हो, अब हामीले निर्णय गर्ने बेला भयो कि कस्तोखालको राजनीतिक नेता चाहियो ? पहिलो किसिमको डाक्टर जस्तो कि दोस्रो ? मेरो विचारमा पिपुल्स काउन्सिल एल्डर काउन्सिलमा पैसा कमाउँछु भन्ने होइन कि ठीक सोच भएका मान्छेहरु जानुपर्छ अनि जनताले हामीलाई / वर्ष कसले लिड गर्ने भनेर पार्टी मात्र हेर्दैनन् कि मान्छे पनि हेन्र्छन्

कांग्रेसको एउटा उम्मेदवार होला, माओवादीको एउटा होला, एमालेको अर्को होला राप्रपा, मधेसी सबैको आफ्नो उम्मेदवार होलान् उनीहरु राष्ट्रपति हुन देशभरिबाटै चुनिएर आउनुपर्छ यसले अहिले देशमा जुनखालको विभाजन देखिन खोजेको मैले प्रस्ताव गरेको व्यवस्थाले कुनै पनि नेताले यो प्रान्तको नेता, यो जातको नेता भन्छ भने त्यस्तो पार्टी रहँदैन यसले आउने राष्ट्रपति कुनै पार्टीकै भए पनि पार्टीको लाइन मात्र बोक्ने होइन कि देशको हुनुपर्यो देशको राष्ट्रपति भएपछि नेपाललाई कसरी बनाउने भनेर सोच्नुपर्छ राष्ट्रपति हुँदा यो यो काम भएको थियो भनेर भन्न सक्ने हो भने उहाँको भिजन देशकै हुन्छ

संविधानमा राख्नुपर्ने थप कुरा

यो सबै भएपछि संविधानमा हुनुपर्ने केही कुरा छन् धार्मिक स्वतन्त्रता जुन भगवानलाई पूजा गर्न चाहन्छु, पाउनुपर्यो यो नै गर्नुपर्छ भन्ने हुँदैन देशको एउटा धर्म हुन्छ कि हुँदैन त्यो अर्को कुरा हो तर, धर्म जे हो, त्यो गर्न पाउँ चाहे हिन्दु हुँ, बौद्ध, मुलिस्म जे सुकै धर्म होस्

अर्को, नेपाली भनेपछि नेपालको कुनै पनि ठाउँमा गएर बस्न सक्नुपर्छ त्यहाँ कारोबार गर्नुसक्नुपर्यो आफ्नो जीन्दगी बनाउन पाउनुपर्छ कुनै एउटा प्रान्तमा बस्छु, अर्कोमा जानुपर्यो भने भिसा चाहिन्छ भन्ने हुँदैन हिँडडुल गर्ने, व्यापार गर्ने स्वतन्तता चाहिन्छ

अर्को, सम्पत्तिको स्वतन्त्रता, मान्छेले काम गर्छ, घर बनाउँछ, दुईवटा भैसी राख्छ, खेत किन्छ भने निजी सम्पत्तिको अधिकार हो अर्को, बोल्ने स्वतन्त्रता त्यही स्वतन्त्रता भएर एउटा बैंकर्सले राजनीतिको कुरा गरिरहको छु त्यस्तै, अर्को समानताको अधिकार कुनै पनि मान्छे धर्म, जात, प्रान्तका कारणले मैले जाँचमा ८० प्रतिशत ल्याएँ, तपाईले ९० प्रतिशत ल्याउनुभयो तर, मेरो जातले मैले सहुलीयत वा प्राथमिकता पाउने भन्ने हुँदैन नेपालका सबै छोराछोरी समान हुनुपर्छ

खोलानाला, खनिज सहितका प्राकृतिक सम्पत्तिहरु केन्द्र सरकारको मातहतमा राख्नुपर्छ किनभने हाइड्रोमा कुनै ठूलो लगानीकर्ता आयो, केन्द्रमा सम्झौता भयो तर, बाग्मती विष्णुमतीबाट निस्कँदैन पश्चिम, पूर्व कता हुन्छ, जाँदा त्यहाँको मुख्यमन्त्रीले मेरो खोलामा काम गर्न मसँग सम्झौता गर्नुपर्छ भन्यो भने कसले लगानी गर्ला ? त्यसैले प्राकृतिक सम्पत्ति देशको हो त्यसबाट केही प्रान्तलाई दिनुपर्छ पूर्ण अधिकार भने केन्द्रको मातहतमा हुनुपर्छ

अर्को कर कसैले आफ्नो बस्तु वा सेवा एउटा प्रान्तमा उत्पादन गर्छ अर्को प्रान्तमा बेच्न चाहन्छ तर, त्यहाँ पुग्न तीन प्रान्त पार गर्नुपर्छ भने हरेक प्रान्तले कर लगायो भने नेपालका कुनै बस्तुको बिक्रीबट्टा बन्द हुन्छ विदेशी मात्र चल्छ त्यसैले राजमार्गहरु संघीय हुनुपर्छ त्यसमा कसैले कर लगाउन सक्दैन तर, हाइवेबाट भित्र पसेर कुनै प्रान्तमा व्यापार गर्न चाहन्छ भने त्यहाँ कर लगाउन सकिन्छ

यो सबै मैले भनेको छु भने अर्को किसिमको सोच राखौं पुरानो सबै चिज नराम्रो भन्ने हुँदैन पुरानामा धेरै राम्रा छन् आज पर्यटक किन नेपाल आउँछन् भन्दा पुर्खाहरुले बनाएका दरबारहरु हेर्न, घुम्न हामीले बनाएको नयाँ चिज हेर्न होइन सिंहदरबार पनि राणा शासनमै बनेको हो नि त्यसैले अरुले गरेकोबाट पनि सिकौं, सबैका कुरा सुनौं साँच्चै नेपाललाई राम्रो बनाउने हो भने यो शक्ति पुरानो नयाँ भन्दा पनि सक्षम शक्ति चाहियो

राजनीति चलाउने नेताले नै हो

मैले दखेको छु, अहिले नै राजनीतिमा लागेका धेरै सक्षम हुनुहुन्छ उहाँहरुले आँट्नुपर्यो पार्टीका लागि मात्र होइन, नेपालका लागि केही गर्नुपर्यो नेपालवादी सोच राख्नुपर्यो राजनीति चलाउने राजनीतिज्ञले नै हो

यो संविधानसभा युवा सभासदहरुले अन्तरपार्टी कुरा पनि गरिरहनु भएको अघिल्लोमा चुइँयसम्म थिएन त्यसैले योपटक आएको आवाजलाई अझ बलियो बनाऔं हामी सहयोग गर्छौं माओवादी, कांग्रेस, एमाले जे सुकै होस्, तपाईको सोच हामीसँग मिल्छ भने हामी समर्थन गर्छौं हामीले चाहेको सोच भनेको नेपालवादी हो यसका लागि कुनै फोरम नै बनाउनु पर्दैन सबैको कुरा सुन्नु मात्र पर्छ राम्रो कुरा आयो भने खुला सोचका साथ छलफल गरौं नेपालवादी भनेको राम्रो कुरा हो यसलाई सबै लिउँ, जुन नेपाललाई ठीक हुन्छ तर, उँट भने नबनाऔं

एउटा नेपालको नागरिक भएर हेर्दा यसमा विचार गरिदिनुस् एकै पटक होइन नभन्नुस् किन होइन ? किन मैले भनेको मात्र राम्रो भन्ने ? त्यसैले किन भनेर भन्नुस् उहाँहरुले किन भनेर भन्नुपर्छ हामीले पनि अब किन भनेर सोध्नुपर्छ किन भन्ने हाम्रो अधिकार हो अहिले नसोध्ने हो भने एउटा संविधान आउँछ अनि चिया पसल भट्टीमा बसेर हत्तेरीका भन्ने अधिकार हामीसँग रहँदैन त्यसैले केही भन्नुछ, केही सुनाउनुछ भने अहिले नै भनौं


Please consider the environment before printing this e-mail.
Reply all
Reply to author
Forward
0 new messages