Subject: राष्ट्रिय बालदिवस, २०७४ मूल समाराेहमा बालसहभाागिता सम्बन्धी कार्यक्रमकाे तयारी बैठकमा सहभागिता सम्बन्धमा ।
नमस्कार,
राष्ट्रिय बालदिवस, २०७४ मनाउने सम्बन्धमा माननीय मन्त्रीज्यूको अध्यक्षतामा मिति २०७४/०४/२९ मा मूल समारोहको बैठक बसी भाद्र २८ गते विपदमा जीवन गुमाएका बालबालिकाको सम्झनामा दीप प्रज्वलन गर्ने एवम् २९ गते मूल समारोह सम्पन्न गरिने निर्णय भएको छ । यस वर्षको मूल नारा “बालमैत्री शासनः बालअधिकारको सम्मान” तय भएको छ । उक्त मूल समारोहमा हुने बालबालिकाका कार्यक्रमलाई संयोजन तथा व्यवस्थापन गर्न बालसहभागितामा कार्यरत संस्थाहरुको सञ्जाल कन्सोर्टियमको संयोजकत्वमा उपत्यका भित्रका बालक्लव, बालगृह सम्बन्धी सञ्जाल लगायत बालबालिकासँग प्रत्यक्ष काम गर्ने संघसंस्था/नेटवर्कहरुको सहभागितामा देहायको मिति, समय र स्थानमा हुने बालसहभागिता सम्बन्धी कार्यक्रमको तयारी बैठकमा यहाँको उपस्थितिको लागि निर्देशानुसार अनुरोध गर्दछाैं ।
तपसिल
कार्यक्रमः राष्ट्रिय बालदिवस २०७४ मूल समारोहमा बालसहभागिता सम्बन्धी कार्यक्रम तयारी बारे छलफल
मिति सः २०७४ भाद्र ९ गते शुक्रबार
समयः बिहान ११ बजेदेखि १ बजेसम्म
स्थानः महिला तथा बालबालिका बिभागको सभाहल, श्रीमहल, पुल्चोक, ललितपुर ।
पत्र यसैसाथ संलग्न गरिएकाे छ । धन्यवाद ।
विपना श्रेष्ठ
केन्द्रीय बालकल्याण समिति
हरिहरभवन, ललितपुर