नयां वर्षा नयां अभियान

0 views
Skip to first unread message

BLOGAN

unread,
Apr 10, 2007, 9:46:50 AM4/10/07
to BLOGAN, नयां
राजाको प्रत्यक्ष शासनकालमा नेपालमा उदाएको ब्लग युवाहरुको जोश र जागरका
कारण अहिलेसम्म उही रफ्तारमा अगाडि बढिरहेको छ । यो खुसिको कुरा हो ।
२०६१ को सेरोफेरोमा शुरु भएको यो स्वतन्त्रताको अभियान २०६३ को अन्त्यमा
आइपुग्दा केही सुस्त देखिएतापनि रफ्तार भने अगाडि बढिरहेको नै छ ।
केही दिनमा हामी २०६४ सालमा पाइला टेक्दै छौं । आशा छ २०६४ सालमा
ब्लगरहरुले आफ्नो छाता संगठन ब्लगानलाई औपचारिकता दिएर संगठित रुपमा
अगाडि बढ्ने छन् ।
यसका लागि आवश्यकता छ तपाईको उपस्थिति र सक्रिय सहभागिताको । यसका लागि
बैशाखको दोस्रो शनिवार थापाथलीमा रहेको फि्रडम फोरमको सभा कक्षमा १२ वजे
तपाइ त पक्कै आउनु हुने नै छ सक्नुहुन्छ भने काठमाडौंमा उपलब्ध अर्को एक
सहकर्मी ब्लगरलाइ पनि साथमा लिएर आउनु होला ।
दोस्र्रो शनिवारका सम्भावीत छलफलका विषय
१. ब्लगानको सांगठनिक स्वरुप
२. नेपालमा ब्लग विषयमा प्रकाशित गरिने पुस्तकका कसरी तयार गर्ने ।
३. वेष्ट ब्लग अवार्डको विषयमा के भइरहेको छ -
४. २०६४ सालका लागि कुनै एक थिमलाइ अगाडि बढाउने हो कि -
मलाइ प्रस्ताव गर्न मन लागेको थिम
ब्लगरहरुको आखाँमा २०६४ : समुन्नत गणतान्त्रिक नेपालको स्थापना ।
यदी तपाइसंग पनि कुनै थिम भए सोचेर आउनुहोला ।
ब्लगान ब्लगरप्रेमि सबै नेपालीको साझा संगठन हो । यसलाइ अगाडि बढाउनका
लागि म हैन हामी सक्रिय हुन आवश्यक छ ।
त्यसैले २०६४ को बैशाख दोस्रो साता आउन नभुल्नु होला है ।

Ujjwal Acharya

unread,
Apr 12, 2007, 11:17:59 PM4/12/07
to BLOGAN
I hope that everyone join the meeting on April 21 and conversation
about the BLOGAN thenafter.

Let's do it!

Reply all
Reply to author
Forward
0 new messages