ब्लगानको सँबन्धमा

0 views
Skip to first unread message

काउन्टरप्वाईन्ट

unread,
Jan 24, 2007, 5:12:31 AM1/24/07
to BLOGAN
कुनै पनि सेन्सरशीपको
विरोध गर्ने सँस्थाको
रुपमा विकसीत गर्ने-बस
त्यति हो। अब, यहाँ पनि अरु
सँगठनकै जस्ता ढाँचाहरु
हाल्ने हो भने सँगठनको
यान्त्रिकताले ब्लगरहरुका
स्वतन्त्रतालाई
प्रभावित नगर्ला भन्ने
छैन। तसर्थ, सँगठनलाई
"मुद्दा केन्दरित" तर कुनै
यान्त्रिकता र वर्गीकरण
नभएको सँगठनको रुपमा
राख्दा वेश । नत्र यहाँ पनि
राजनिति घुस्ने, स्वदेशी र
विदेशीको
भेद छुट्टीने, वरिष्ठ र
कनिष्ठको गाथा गाउने अनि को
लोकप्रिय र को अलोकप्रियको
राग अलापिन सक्छ । जहाँ सम्म
के भन्ने, के लेख्ने र कति
सम्म लेख्ने कुरा छ- ती सब
ब्लगरहरुका विवेकका कुरा
हुन। यी कुराहरुलाई
उनीहरुकै जिम्मामा दिँदा
बेश होला।
Reply all
Reply to author
Forward
0 new messages