You do not have permission to delete messages in this group
Copy link
Report message
Show original message
Either email addresses are anonymous for this group or you need the view member email addresses permission to view the original message
to BLOGAN
साथीहरु एउटा ब्लगर तथा पत्रकारले श्रमजीवी पत्रकार विरोधी पत्रिकाका मालिक विरुद्ध गरिरहेको संघर्षमा साथ दिने कि
हो राजधानी दैनिकका प्रकाशक महेन्द्र शेरचनले श्रमजीवी पत्रकारको पक्षमा श्रम अदालतले दिएको फैसला कार्यान्वयन गरेका छैनन त्यसको परिणाम आज भोगे । उनलाई श्रम अदालतको फैसला अपहेलना मुद्धामा आज डेढ घण्टा जति अदालतले बयान लियो । वयानका क्रममा उनले फैसला कार्यान्वयन गरिसकेको मिलापत्र गरिसकेको आदि झुटा तर्क दिएका छन । अदालतलाई गुमराहमा राख्ने उनको मनसाय देखियो ।
यतिमात्र नभएर उनले न्यायाधीश शेषराज सिवाकोटीलाई समेत धम्की दिएका थिए- श्रम अदालतले मजदुरको पक्षमा मात्र फैसला गरिरहेको रहेछ समाजमा यसको गलत सन्देश गएको छ पत्रकारसंग डराउने अनि पत्रिकाका मालिकसंग नडराउने कानूनमात्र हेरेर हुंदैन व्यवहारिक पक्ष पनि हेर्नुपर्छ भनेर ।
तर न्यायाधीश निडर हुंदा रहेछन । उनले शेरचनलाइ तारेखमा राखे । शेरचन स्वयम अदालतमा लुरुलुरु आउने पर्ने भएको छ फैसला कार्यान्वयन नगरेसम्म ।
नेपाल इन्फोका ब्लगर तथा पत्रकार रामप्रसाद दाहाललाइ १९ माघको शाही कूपछि शाही सत्ता त्यसका मन्त्री सेनाका विरुद्ध र लोकतन्त्रवादी नेता तथा पार्टीहरुको पक्षमा सनसनीपूर्ण समाचारहरु लेखेको अभियो लगाउदै वर्खास्त गरिएको थियो । तत्कालिन अवस्थामा नजरबन्दमा रहेका नेपाली काग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको शाही सत्ता विरुद्ध आन्दोलनको आह्वान गरेको समाचार पहिलो पृष्ठको मुख्य स्थानमा छापेको बेलायती सरकारले शाही कदम विरुद्ध दिएको अभिव्यक्ति छापेको र नजरबन्दमुक्त हुनासाथ केपी ओलीको अतिथि टिप्पणी छापेकै दिन दाहाललाइ ५ फागुन २०६१ का दिन निकालिएको थियो । तर अवकास पत्र पाउन उनले करिव दुई साता पसिना चुहाउनु परेको थियो ।
महेन्द्र शेरचन भन्ने पात्र आपराधिक चरित्रका हुन । विगतमा गरेका अपराध ढाकछोप गर्न र पत्रिका देखाएर आफू जोगिन घाटमा पुग्न लागेको राजधानी प्रकाशन गर्दै आएका छन । उनी विरुद्ध जिल्ला प्रहरी कार्यालय हनुमानढोकामा थुप्रै अपराधिक काम गरेको भनी उजुरी परेको छ । उनले आफ्ना जेठी श्रीमती मारेको अभियोग लागे पनि राज्यले केही गरेको छैन । राज्यलाइ करोडौ रुपैया राजश्व तिरेका छैनन । प्रकाशन गृहका केही महिला कर्मचारीसंग यौन सम्पर्क राख्दै आएका उनी मेनपावर संचालन गर्छन । सरकारको इजाजत बेगर कैयौ नेपालीलाइ कतार लगेर बिल्लिबाठ पार्ने गरेका छन ।
यतिमात्र कहां हो र अहिले राजधानी पत्रिकामा कार्यरत श्रमजीवी पत्रकारलाइ नियुक्ति र तलब समेत दिदैनन । तर सबैको बिना मितिको राजीनामा लिएर राखेका छन । यस्ता अपराधिलाइ के भन्ने
उनले श्रम अदालतको फैसला नमाने २ महिना कैद र ५ हजार जरिवाना हुन सक्छ । यतिमात्र नभै उनी फैजदायी अभियुक्त हुनेछन । जो वास्तवमै नेपालको अनागरिक समान हुनेछ ।