Information

0 views
Skip to first unread message

IDF Nepal

unread,
Jun 13, 2016, 8:51:32 AM6/13/16
to asdcommu...@googlegroups.com
हिजो झापाका मानव अधिकारकर्मीहरुको छलफलले चारवटा विषयमा केन्द्रित रहेर
छलफल गरेको छ :

१. झापामा रहेका जटिल मानसिक रोगीहरुको उद्धार गरी उपचारमा सहयोग गर्न
नागरिक संजाल झापाको निर्माण गर्ने । यस कार्यका लागि काठमाण्डौस्थित
कोशिस नामक संस्थासंग सहकार्य गर्न राष्टिय मानव अधिकार आयोगको
पुर्वाञ्चल शाखासंग समन्वय गरेर झापामा चाँडैनै बृहत्त अभिमुखिकरण तथा
नागरिक संजाल निर्माण कार्यमा जुट्ने ।

२. भर्खरै उद्धार गरिएकी अपरिचित महिलाको स्वास्थ्य परिक्षण गरी निजको
मानसिक तथा शारिरिक स्वास्थ...्यलाई ठिक गर्न महिला तथा वालवालिकाको
कार्यालयमार्फत पहल गर्ने ।

३. झापाका चिया उत्पादक साना किसानहरुका समस्याप्रति सम्बन्धित सरकारी
निकायलाई जवाफदेही बनाउन र उनीहरुको अधिकारको संरक्षण गर्न चिया तथा कफि
विकास बोर्डको ध्यानाकर्षण गराउने ।

४. महिला तथा वालवालिका माथि बढिरहेको यौन हिंसा तथा वलत्कारका घटनाहरुमा
गम्भिरतापुर्वक पीडितको पक्षमा वकालत गर्ने तथा उनीहरुको कानूनी संरक्षण
र उद्धारमा सहयोग गर्ने ।
Reply all
Reply to author
Forward
0 new messages