INLS, NASeA/ANMA-2011 को संयुक्त सम्मलेनमा हुने साहित्यिक कार्यक्रम बारे सूचना !!
पूर्ब सूचना अनुसार आउदो सेप्टेम्बर महिनाको २ देखि ५ तारीख सम्म संपन्न हुन गइरहेको Nepalese Association of Georgia (NAG) द्वारा आयोजित जर्जियाको एटलान्टा सहरमा हुने Nepalese Association in Southeast America (NASeA) र Association of Nepalese in Midwest America (ANMA) को संयुक्त सम्मेलनमा अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)ले गर्ने साहित्यिक कार्यक्रममा यहाँहरु सबैलाई स्वगात छ | यो साहित्यिक कार्यक्रम सेप्टेम्बर ३, २०११ सनिबार हुनेछ |
बिस्तृत जानकारीकोलागि :
यस संयुक्त सम्मलेनमा अनेसासको तत्वावधानमा प्रतियोगितात्मक कवि गोष्ठी तथा विविध साहित्यिक कार्यक्रम हुने कुराको सहर्ष जानकारी गराउदछौं | प्रतियोगितामा भाग लिन इच्छुक महानुभाबहरुले समयमा नै आफ्नो कविताहरु निम्न ठेगानामा विधुतीय पत्र (इमेल) मार्फत पठाई दिनु हुन बिनम्र अनुरोध गर्दछौ | उक्त सम्मलेनमा स्वयं उपस्थित हुन असमर्थ साहित्यिक श्रष्टाहरुले पनि आ-आफ्नो रचनाहरु पठाउनु भएमा कार्यक्रममा बाचन गरिने छ |
साहित्यिक कार्यक्रमबारे केहि बिस्तृत जानकारी:
१. कविता नेपाली भाषामा १५० शब्दमा नबढाई लेखिएको हुनुपर्नेछ |
२. कविता कुनै पनि शिर्षकमा लेख्न सकिनेछ |
३. प्रतियोगितामा सामेल हुनकालागि कवि स्वयं उपस्थित भई कविता बाचन गर्नुपर्नेछ |
४. पुरस्कृत कविहरुलाई नगद पुरस्कार (प्रथम: ३००.०० डलर, दोश्रा: २००.०० डलर, तेश्रा: १००.०० डलर र सान्त्वना पुरस्कार) सहित प्रमाणपत्र प्रदान गरिनेछ |
५. प्रथम पुरस्कारको रकमको प्रायोजक सदा झैं डा. विश्व आचार्य द्वारा "अनेसास जनार्दन-लिला साहित्यिक पुरस्कार" का नामबाट हुने सहर्स जानकारी गराउदछु ।
६. यसै सुचनाबाट अन्य इच्छुक दाता महानुभवहरुलाई बिशेष प्रायोजनकोलागी सबिनिय अनुरोध गर्दछु |
७. अनेसास- NASeA/ANMA "साहित्यिक गोष्ठी" समितिले तीन सदश्यीय निर्णायक मन्डलको घोषणा कार्यक्रम स्थलमा गर्नेछ र निर्णायक मन्डलको निर्णाय अन्तिम् र सबैलाई मान्य हुनेछ ।
संपर्क: बिमल नेपाल, कार्यक्रम संयोजक, फ्लोरिडा, 561-704-5579
नेपाली भाषा, कला र संस्कृतिको बिकासकालागि प्रतिबद्ध अनेसासलाई हामी सबैले सहयोग गरौ, नेपाल र नेपालीको सम्मान गरौ ।
अनेसासको तर्फबाट यस प्रतियोगितात्मक कवि गोष्ठी कार्यक्रममा यहाँहरु सबैको हार्दिक स्वागत गर्दछु !
भवदीय,
संयोजक, साहित्यिक गोष्ठी
अनेसास- NASeA/ANMA Joint Convention, Atlanta, GA
०७/२७/२०११