आदरणिय दाजु भाइ तथा दिदिबहिनीहरु,
नमस्कार
यहि अक्टोबर ३१ तारिखका दिन कार दुर्घटनामा परि निधन हुनुभएका मुकेश डागीको शब नेपाल लैजाने कार्य सम्पन्न भैसकेको छ जुन एकदमै कठिन थियो,यस कठिन र चुनौतिपुर्ण कार्यलाई यहाँहरुको सक्रिय तदारुकत र सहर्हिदयी भाबनाले महत्वपुर्ण भूमिका निर्बाह गरेको छ जो सधैका लागि अबिस्मरणिय भईरह्नेछ । हामिले गरेको आवहानलाई यहाँहरुले जसरी यो उत्क्रिष्ट तथा पबित्रमनले सहयोग गर्नु भयो अनी भाबबिव्हल परिवारजनहरुको पिडा र दु:खमा आफ्नो साथ दिनुभयो जुन "धन्यवाद" भन्ने एक शब्द मात्र अभिब्यक्त गर्दा यहाँहरुमाथि घोर अन्याय हुनेछ भन्ने लाग्दा लाग्दै पनि यहाँहरुको सम्मानमा ब्यक्त गर्ने कुनै शब्द पाउन सकिन त्यसैले म मेरो,नेपाल-अमेरिका सोसाइटी अफ केन्टुकी र मुकेशका परिवारको तर्फ बाट हार्दिक धन्यबाद टक्र्याउन चाह्न्छु।
मित्रहरु!!हामीले मुकेशको शब नेपाल पठाइ सके पनि अझै हामि सँग केही रकम बाँकी रहेको जानकारी गराउन चाहन्छु र सो रकम मुकेशको परिवारलाई हस्तान्तरण गर्नु पर्छ भन्ने अधिकाम्स दाताहरुको राय भएको हुँदा हामि छिट्टै सो रकम हस्तान्तरण गर्ने कुरा यहाँहरुलाई अबगत गराउन चाहन्छु। अझै पनि कोहि साथिहरुले बिभिन्न कार्यब्यस्तताका कारण सहयोग गर्ने ईच्छा हुदाहुदै पनि नभ्याउनु भएको छ भने डी सी नेपाल ड्ट कम (www.dcnepal.com) मार्फत अझै केही दिन सम्म सहयोग गर्न सक्ने कुरा यहाँहरुलाई अबगत गराउन चाहन्छु।
मित्रहरु अन्तमा ,सहयोग जुटाउन मद्दत गर्नुहुने तपाईं दाताहरु,डि.सी. नेपालका रामहरी जि, नेपाल मदरका रामप्रसाद खनाल जी ,मिडिया क्याफेका शुशिल जि, विश्व परिक्रमाका गोबिन्द जि लगाएत बिभिन्न संघ संस्थाहरु र ANMA का राजेन्द्र खतिवडालाई पुन:हार्दिक धन्यबाद दिन चाहन्छु ।
प्रिती सागर खत्री
अध्यक्ष
नेपाल-अमेरिका सोसाइटी अफ केन्टुकी (NASK)
अध्यक्ष
युनाइटेड नेप्लिज डेमोक्र्याटिक फोरम(UNDF)
साउथ-इस्ट अमेरिका