सेप्टेम्बर ४, २०१२
श्री राजेन्द्र खतिवडाज्यृ्,
अध्यक्ष, आन्मा ।
श्री राजेन्द्र खतिवडाज्यृ्,
इन्डियाना राज्यको इन्डियानापोलिसमा भरखरै सम्पन्न आन्मा∕ नासियाको आठौं सँयुक्त सम्मेलनमा अन्र्तराष्ट्रिय नेपाली साहित्य समाजलाई नेपाली कविता महोत्सबको लागि स्थान र समय उपलव्ध गराएर प्रवासमा बसेरपनि नेपाली, भाषा, साहित्य, संस्कृति तथा कलाको जगेर्नामा लागिरहन हामीलाई लगाउनु भएको गुणको लागि म अन्र्तराष्ट्रिय नेपाली साहित्य समाज केन्द्रीय कार्यसमितिको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट हार्दिक धन्यवाद दिन चाहन्छु ।
साथै तपाई लगायत नासियाका अध्यक्ष डा. सजिव सापकोटाज्यृ्को लगनशीलता, दुरदर्शिता र मेहनतले आन्मा∕ नासियाको आठौं सँयुक्त सम्मेलन सफलतापृ्र्वक सम्पन्न भयो । तपाई लगायत यसमा सम्लग्न सम्पृर्ण सहयोगी साथीहरुलाई पुन एकपटक हृदयदेखिनै आभार प्रकट गर्न चाहन्छु ।