बालेन सरकारका सय दिन
https://demrepubnepal.blogspot.com/2026/07/100-days.html
मेरो जीवनकालमा प्रथम पटक नेपालमा सुशासन संभव देखिएको छ। यो कुनै साधारण
सरकार होइन। जेन जी क्रांति ले पैदा गरेको सरकार हो। नेपालको इतिहासको
प्रथम मौलिक क्रांति। भ्रष्टाचारमुक्त देश माग्न भ्याएको।
भ्रष्टाचारमुक्त भारत पनि छैन। मृत्युदण्ड दिने चीन पनि होइन। अमेरिका त
दुनियाको नम्बर एक भ्रष्ट देश। एक दुई ट्रिलियन भावी पीढ़ि लाई ऋण बोकायो
अनि पैसा झ्वाम्म खायो। डिफेंस सेक्टर। हेल्थ केयर सेक्टर। पुरा सेक्टर
का सेक्टर प्रभावित।
भ्रष्टाचारमुक्त देश बनाउन सिस्टम चाहिन्छ। त्यो सिस्टम को खाका
कल्किवादी रिसर्च सेंटर सँग छ।
मेरो जीवनकालमा नेपालको राजनीतिमा उदाएका समस्त व्यक्तित्व मध्ये
सबैभन्दा प्रभावशाली बालेन। पॉपुलर नेता त पहिला पनि आए। पॉपुलर भएर नै
चुनाव जित्ने हो। तर बालेन पहिलो हो चुनाव जितेपछि झन झन पॉपुलर भएको।
काम गरेको आधारमा। डेलिवरी गरेकोले।
सुशासन बिना आर्थिक क्रांति संभव छैन। सुशासन सरकारले दिने हो। चीनमा पनि
नभएको गतिमा, सिंगापुर मा पनि नभएको स्पीडमा, भारत भन्दा पाहिले नेपाल
लाई विकसित राष्ट्र बनाउन मिल्छ। प्रवास बाट पनि पुरा ताकत लगाउनु पर्छ।
बालेन सरकारको आलोचना हास्यास्पद छ। प्रधान मंत्री को काम चुट्किला
सुनाउने होइन। राजनीतिमा क्रांति भयो। पत्रकारितामा क्रांति भएन। विकसित
भइनसकेको देश मा मीडिया ले आर्थिक क्रांति को पक्षमा भाष्य निर्माण
गर्नुपर्ने हुन्छ। नया नया मीडिया पैदा हुनुपर्यो। सत्ताधारी पार्टीका
सांसद हरु ले सन्देश अनुशासन देखाउन सक्नुपर्छ। हर्के को बन्दर नाच संसद
को उपहास हो। विपक्षी ले आलोचना गर्न नपाउने होइन। तर आलोचना तर्कसंगत
हुनुपर्छ। संसद भनेको एउटा ले बोल्ने अरु सबैले सुन्ने ठाउँ हो। अरुलाई
बोल्न नदिने, अरुले बोलेको नसुन्ने, आफ्नो पालो नआएको बेला उठ्ने,
बोल्ने, त्यो राजनीतिक संस्कारको कमी हो। संसद प्रधान मंत्री होइन
सभामुखले चलाउने हो। संसदमा सभामुख छैन भने समस्या हो। प्रधान मंत्री त
कार्यकारी हो।
तेल अघिको अरब देश, तेल पछिको अरब देश। कम्प्युट अघिको नेपाल, कम्प्युट
पछिको नेपाल।
--
Facebook:
https://www.facebook.com/paramendrabhagat
Instagram:
https://www.instagram.com/paramendra
Blogs, Podcasts And Books:
https://www.paramendra.xyz
Amazon:
https://www.amazon.com/author/paramendra
Twitter:
https://twitter.com/paramendra
Books:
https://www.paramendra.com