सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरु,
कनेक्टिकट नेपाली समाजले आफ्नो इतिहासमा दोश्रो निर्वाचन सफलतापूर्वक सम्पन्न गरेको छ | यसलाई मैले कोसे ढुंगाको रूपमा लिएको छु | निर्वाचनमा सभागी भै आफ्नो आमूल्य मतको सदुपयोग गर्ने मत दाता, उम्मेद्वारहरु, स्वयम सेवकहरु, नव निर्वाचित पदाधिकारीहरु,
सल्लाहकार साथीहरु, कार्यकारी साथीहरु, उपसमितिका साथीहरुलाई तपाईंहरुको विवेकपूर्ण सहभागिताको लागि धन्यवाद दिन चाहन्छु |
यस इतिहास निर्माणको महत्वपूर्ण घडीमा निर्वाचन समितिका साथीहरुको लगनशीलता, निपुणता कर्तव्यपारायणतालाई म हृदय देखि नै आभार व्यक्त गर्न चाहन्छु |
मेरो
कार्यकालमा नेकोनका सम्पूर्ण साथीहरुलाई एक सूत्रमा बाँध्न मैले हरसम्भव प्रयास गरेको छु | आगामी दिनहरुमा यस नेकोनरुपी वृक्षलाई मलजल गर्ने अभिभारा तपाईंहरुको जिम्मेवार काँधमा छोड्दैछु | हामी एक भएर हिंडेको खण्डमा यस संस्थालाई गन्तव्यमा पुर्याउन असम्भव नभएको कुरामा म अडिग छु | हामीले यस संस्थालाई भावी पुस्तामा हस्तान्तरण गर्दै जानु पर्ने भएकोले पूर्वजका
हैसियतले आफ्नो दायित्व जिम्मेवारी पूर्वक निर्वाह गर्न सवै साथीहरुमा अपिल गर्दछु |
संस्थालाई पूर्ण प्रजातान्त्रिक र पारदर्शी मार्गमा डोर्याउनु अर्को महत्वपूर्ण कदम हो | आगामी दिनहरुमा आर्थिक गतिविधिहरुलाई अझ पारदर्शी बनाउंदै लैजानुका साथै कार्यसमितिले साधारण सदस्य साथीहरुको आवाजलाई कार्यान्वयनमा ल्याउने कार्यलाई गति दिनुहुने कुरामा म
आशान्वित छु |
अन्तमा, गत चार वर्षको यात्राका सम्पूर्ण सहयात्रीहरुमा कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा नेकोनलाई मन, वचन र कर्मले सहयोग गर्ने प्रतिबद्धता जनाउंदै नव गठित नेकोन टोलीलाई पुनः शुभकामना व्यक्त गर्दछु |
धन्यवाद,
सन्तोष लम्साल
अध्यक्ष
नेकोन