Thank you

0 views
Skip to first unread message

Nepalese Associationct

unread,
Apr 17, 2013, 11:59:21 PM4/17/13
to ct-ne...@googlegroups.com, arjun_...@yahoo.com, Abhije...@gmail.com, Akas...@hotmail.com, aadh...@bfsinvest.com, apma...@hotmail.com, Alisha_s...@yahoo.com, Bina...@yahoo.com, Biren...@yahoo.com, ckkh...@yahoo.com, acaarri...@gmail.com, breme...@gmail.com, Darj...@hotmail.com, bijay...@gmail.com, Bikal...@gmail.com, Dawadi_...@yahoo.com, asok...@hotmail.com, Ad_ad...@hotmail.com, adhikar...@hotmail.com, bhadra_...@yahoo.com, dang...@gmail.com, chuntu...@yahoo.com, cranb...@yahoo.com, Dawa_t...@yahoo.com, adhikar...@gmail.com, anup...@gmail.com, bidyar...@yahoo.com
आदरणीय दाजुभाइ तथा दिदी बहिनीहरु,

    कनेक्टिकट  नेपाली समाज द्वारा अप्रिल १४,  २०१३ मा आयोजित नव वर्षको २०७० को कार्यक्रमलाई उत्साहकासाथ सम्पन्न गर्न योगदान गर्नुहुने सहभागी, सहयोगी तथा उपस्थित सबैमा हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु | विशेष गरी भुटानी समुदायबाट प्राप्त सहयोग तथा सहभागीताको उच्च मूल्यांकन गर्दै आगामी कार्यक्रमहरुमा पनि यस्तै सहयोगको अपेक्षा राख्दछु | 
सांस्कृतिक कार्यक्रममा सहभागी सम्पूर्ण भाइबहिनी, ससाना नानीबाबुहरु तथा साथीहरुमा विशेष धन्यवाद दिन चाहान्छु  |
     कनेक्टिकट चौतारीको प्रकाशनको गहन जिम्मेवारीको लागि प्रमुख सम्पादक    श्री गान्धिराज भट्टराईलाई विशेष धन्यवाद दिन चाहन्छु |  कार्यकारी समितिका पदाधिकारीहरु, स्वयमसेवक  मित्रहरुले  प्रदान गर्नु भएको अमूल्य योगदानको कदर गर्दै हृदयदेखि नै धन्यवाद दिन चाहन्छु |
    यस अवसरमा आजीवन सदस्यता ग्रहण गर्नुहुने सबैमा धन्यवाद दिन चाहान्छु | स्वादिष्ट भोजन प्रदान गर्ने नमस्ते रेस्टुरेन्ट, छायांकन सहयोगी मोक्तान डिजिटल र डिजे साथीहरुमा विशेष धन्यवाद दिन चाहन्छु | कार्यक्रम प्रस्तोताद्वय श्री पंकज पनेरु र विस्मिता घिमिरेलाई विशेष धन्यवाद दिन चाहन्छु | 
    आगामी दिनमा पनि यसै अनुरुप सहभागिता, सहयोग र सल्लाहको अपेक्षा राख्दै यहाँहरुको  नयाँ वर्ष मंगलमय रहोस् भन्ने कामना गर्दछु |
 
 Please visit our website http://www.ctnepali.org/ .
 
सन्तोष लम्साल 
अध्यक्ष, कनेक्टिकट नेपाली समाज 
Reply all
Reply to author
Forward
0 new messages