फेब्रुअरी र मार्चमा तल उल्लेखित स्थानहरुमा रक्तदान कार्यक्रम हुँदै छ/ आफुलाई पाएक पर्ने स्थानमा रक्तदान गर्नु हुन् बिनम्र अनुरोध छ/
१) एन आर एन कतार र स्थानीय नेपालि संस्थाहरु मार्च २२,
सम्पर्क बिनोद भट्टराइ yoursb...@hotmail.com
२) नेप्लिज क्यानाड़ीएन एसोसिएसन अफ अटवा, क्यानाडा मार्च १६
सम्पर्क हरि घिमिरे ६१३४००६४९९
३) बर्केली अन्नपूर्ण लायन्स क्लब, क्यालिफोर्निया फेब्रुअरी १६,
सम्पर्क तिलक सुनार फो - ५१०२६०५५०२
४) रिजउद् नेप्लिज सोसाइटी, न्युयोर्क फेब्रुअरी २३
सम्पर्क मिलन शाही टे ६४६९४५९६१०
५) पदम दल स्मृति प्रतिष्ठान, आलाबामा, मार्च २
सम्पर्क लिला कार्की टे ३३४७५०५२२६
६) बि आर टी नेपाल, कोलोराडो मार्च ५
सम्पर्क शैलेश पोखरेल ७२०३१८१५१५
निम्न संस्थाहरुको बार्षिक सम्मेलनका अबसरमा रक्तदान कार्यक्रम राख्न करिब करिब सहमति भै सकेको छ/
१) एन आर एन अमेरिका दोश्रो सम्मेलन मे २५ क्यालिफोर्निया
२) ए एन ए ३१ औं सम्मेलन जुलाई ६ न्युयोर्कउपरोक्त बाहेक अरु ७ वटा राज्यहरुमा रक्तदान कार्यक्रम राख्नको लागि स्थानीय स्तरका नेपालि संस्थाहरु संग सम्पर्क भै रहेको छ/
विश्वमा यस बर्ष करिब ९२ करोड युनिट रगत चाहिने डब्लु एच ओ ले जनाएको छ/ बिगत ७ बर्ष यता अमेरिकामा बिभिन्न नेपालि संघ सस्थाहरुले ८२ वटा रक्तदान कार्यक्रम राखी त्यस बाट करिब ४०५० युनिट रगत संकलन भै सकेको र उक्त परिमाणबाट १२१५० जना बिरामीहरुलाई बचाउन सहयोग हुन्छ/ यस बाहेक नेपालि बसोबास गरि रहेका १२ वटा देशमा १) यु ए इ २) बिल्जियम ३) अष्ट्रलिया ४) ओमान ५) पोर्चुगल ६) दिल्ली, भारत ७) हंगकंग ८) कतार ९) कुवेत १०) साइप्रस ११) क्यानाडा १२) अमेरिका रक्तदान कार्यक्रम भएका छन्/
तपाइँ हामि मिलेर अझ बढी मानबिय जीवन बचाउन धेरै रक्तदान कार्यक्रम राख्नु पर्छ/ थप जानकारीको स्थानीय रक्त संकलन केन्द्र संग सम्पर्क गर्नुहोला/ यदि तपाइलाइ अप्ठ्यारो लाग्दैन भने आफुले गरेको रक्तदान वा थाहा पाउनु भएको रक्तदानका बारेमा आ-आफ्नो नेटवर्क मार्फत आम जनमानसमा प्रचार प्रसार गर्न हुन् बिशेस अनुरोध छ/
रक्तदान कार्यक्रम राख्ने सम्बन्धमा हामीबाट तपाइलाइ कुनै पनि जानकारी वा सहयोग जरुरि छ भने खबर पाउ/ हामि सधै तपाइलाइ सहयोग गर्न तयार छौ/
रक्तदानमा तपाइको मित्र,
अर्जुन प्रसाद मैनाली
अध्यक्ष-ब्लड डोनर्स अफ अमेरिका