न्युयोर्कमा "बुद्ध जयन्ती"मा रक्तदान

0 views
Skip to first unread message

Arjun Prasad Mainali

unread,
May 25, 2013, 9:26:46 PM5/25/13
to

मनाङ्ग समाज युएसएले २५५७ औँ "बुद्ध जयन्ती" मे २५,२०१३मा उडसाइड, न्युयोर्कमा रक्तदान कार्यक्रममा आयोजना गर्यो। ५० जनाले रक्तदान गर्न नाम दर्ता गर्नु भएका मद्धे ३८ जनाले रक्तदान गर्नु भयो। उक्त परिमाणबाट ११४ जना बिरामीहरुलाई बचाउन सहयोग हुन्छ।
 
बुद्ध जयन्ती जस्तो पबित्र दिनको दिन आफ्नो शरीरको अमुल्य रगत दान गरि असाहय बिरामीहरुलाई बचाउन सहयोग गरौ भन्ने भवनका हेतु रक्तदान कार्यक्रम आयोजना गरिएको संस्थाका अध्यक्ष श्री पेमा दोर्जी (कान्छा)ले बताउनु भयो। वहाले यस्तो पुन्य कार्य अब हरेक बर्ष गर्ने जानकारी गराउनु भयो।
 
कार्यक्रममा ब्लड डोनर्स अफ अमेरिकाका अध्यक्ष अर्जुन प्रसाद मैनालीले रक्तदाता र सहभागी सम्पूर्णमा धन्यवाद ब्यक्त गर्दै अर्को रक्तदान कार्यमा जुलाई ६ शनिबार ए एन ए को ३१ औं सम्मेलनका अबसरमा रे ब्रुक न्युयोर्कमा हुन् लागेको जानकारी दिनुभयो।
Reply all
Reply to author
Forward
0 new messages