Fwd: Please forward this message to all NST members !!

0 views
Skip to first unread message

NST Admin

unread,
May 20, 2017, 3:42:56 PM5/20/17
to NST GOOGLE GROUP


Sent from my iPhone

Begin forwarded message:

From: Lekhnath Gautam <lekhn...@hotmail.com>
Date: May 20, 2017 at 12:51:03 PM CDT
To: "ad...@ournst.org" <ad...@ournst.org>
Subject: Please forward this message to all NST members !!

आदरणीय दाजुभाइ दिदि बहिनीहरु !
युनाइटेड नेपालीज एसोसिएसनको दोश्रो सम्मेलन यो महिनाको अन्तिम सप्ताहन्त अर्थात् मे २६-२८ कोपेल स्थित फोर पोइन्ट्स बाइ शेराटन होटेलमा सम्पन्न हुँदैछ। नेपाली युवाहरुको दक्षता, कौसलता र शिपलाइ अमेरिकी बजारमा सम्मानित स्थापित गर्ने यसको मूल लक्ष हो। नेपाली युबाहरुको इतिहास अमेरिकामा पुरानो नभए पनि उनीहरुमा रहेको अपार सम्भावनालाइ सहयोग गर्दै उनीहरुलाई सफल बनाउन हामीले यो अभियान शुरु गरेका हौँ। युएनए नेपाली युबाहरुको आन्दोलन हो, एउटा संस्था मात्र होइन। २०१६ मा हामीले लस एन्जेलसमा रहेको एफ वान ग्रुप संग मिलेर पहिलो सम्मेलन सम्पन्न गरेका थियौं। यो त्यसैको निरन्तरता हो। यसपटक भने हामी डालसमा रहेका अन्य सामाजिक संस्थाहरुसंग मिलेर यो सम्मेलन सम्पन्न गर्दै छौं। यो डालसबासी नेपाली र नेपाली युबाहरुको लागि खुसीको कुरा हो।

युबाहरुको चाहना र सम्भावना अनुसार हामीले खेलकुदलाई पहिलो प्राथमिकतामा राखेर भलिबल, फुटबल, बास्केटबल, टेबल टेनिस, क्रिकेट जस्ता लोकप्रिय खेलहरु संचालन गर्दै छौं। खेलाडीहरुलाई प्रोत्साहन र समर्थन गर्न नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्का डालस आइपुग्नु भएको छ । खेलकुदका कार्यक्रमहरु कसरी र कहिले संचालन हुँदैछ भन्नेकुरा हाम्रो युएनए कन्भेन्सन डट ओआरजी मा गएर हेर्न सक्नु हुन्छ। त्यस्तै नेपाली समाजको भबिस्य भनेको हाम्रा साना साना नानीबाबुहरुको भबिस्य संग जोडिएको छ । उनीहरुलाई आफ्नो कला र क्षमता प्रस्तुत गर्न ट्यालेन्ट हन्ट संचालन हुँदैछ । मनोरंजन हाम्रो संस्कृतिको महत्वपुर्ण पाटो हो।हाम्रा हरेक चाडबाडहरुमा मनोरन्जनको लागि फरक फरक खाले गीत, नाच र भेषभुषाको प्रयोग गरिएको पाइन्छ। यहि हाम्रो सांस्कृतिक पाटोलाइ मध्यनजर राख्दै हरेक साँझ सांस्कृतिक कार्यक्रम राखिएको छ। मनोरंजनलाइ नयाँ उचाइ दिन डिजे नाइट प्रस्तुत गरिंदैछ।

तपाईंहरुको मनोरन्जनको लागि र आफ्ना सुन्दर प्रस्तुतिहरुको लागि मिस नेपाल २०१४ सोनी राजभण्डारी, मिस नेपाल अर्थ २०१२, नायिका नन्दिता केसी, फेसन डिजाइनर सुबेच्छा भडेल आउंदै हुनुहुन्छ भने कन्सर्टको लागि नेपालका अहिलेका सर्बाधिक चर्चित गीत 'साहिँली" का गायक हेमन्त राना आउंदै हुनुहुन्छ। फेसन डिजाइनर सुबेच्छा भडेलले नेपाली जातजातिका भेषभुषाको डिजाइन गर्नु भएको छ र मोडेलहरुले उहाँद्वारा डिजाइन गरिएका विभिन्न जातजातिका पोशाकहरु स्टेजमा प्रस्तुत गर्नेछन। यी सबै युबाहरु अमेरिकामा रहेका नेपाली युबाहरुको प्रेरणाका श्रोत हुन् । यो अबसरमा तपाईं हामी यसको हिस्सा बन्न पाउनु अहो भाग्य हो ।  

त्यसैले यो मेमोरियल डे विकेन्ड साँच्चिकै स्मरणीय बनाउन हामी अनुरोध गर्दछौं। आउनुहोस हामी आफ्नो व्यस्त जिन्दगीलाई केहि दिन मनोरन्जक बनाउंदै पुनर्ताजगी प्रदान गरौँ। २-३ को शेराटन होटेलको मनोरन्जक, रचनात्मक र अन्तरक्रियात्मक बसाइको प्रबन्ध गरौँ। कोठा र टिकेट निकै राम्रो दरमा उपलब्ध छन्। आबस्यक जानकारीको लागि प्रमुख संयोजक बिएन पन्त, अन्य संयोजकहरु र नेपाली समाज टेक्सास लगायत हाम्रा सक्रिय स्थानीय नेपाली संघ संस्थाहरु संग सम्पर्क गर्न सक्नु हुनेछ ।
धन्यबाद 
अध्यक्ष 
युनाइटेड नेपालीज एसोसिएसन 
 तथा 
बिएन पन्त, संयोजक 
युएनए दोश्रो सम्मेलन आयोजक समिति 


Reply all
Reply to author
Forward
0 new messages