Fwd: नेपाली समाज टेक्सासका सदस्यहरुलाई सुचित गरिदिने बारे

0 views
Skip to first unread message

NST Admin

unread,
Jun 16, 2017, 11:47:32 AM6/16/17
to NST GOOGLE GROUP, lekhnath gautam


Sent from my iPhone

Begin forwarded message:

From: Lekhnath Gautam <lekhn...@hotmail.com>
Date: June 15, 2017 at 6:04:12 PM CDT
To: "ad...@ournst.org" <ad...@ournst.org>
Subject: नेपाली समाज टेक्सासका सदस्यहरुलाई सुचित गरिदिने बारे

आदरणीय दाजुभाई दिदीबहिनीहरु 
यहि सनिबार अर्थात् जुन १७ तारिक बेलुकी ७ बजे नेपाल अमेरिका पत्रकार संघको आयोजनामा अर्भिंग स्थित रोयल इभेन्ट सेन्टरमा एक बिशेष सांगीतिक कार्यक्रम हुँदैछ । बिभिन्न चर्चित गायक तथा नृत्यका कलाकारहरु आउनुहुने उक्त कार्यक्रम बिरामी, घाइते पत्रकार तथा मृत पत्रकारहरुको परिबारलाई सहयोग गर्न अर्थ संकलन गर्ने उद्देश्यले गरिएको हो । उक्त कार्यक्रममा उपस्थित हुनु भै कलाकारहरुको हौसला बढाईदिनु हुनको साथसाथै आपदविपदमा परेकाहरुको लागि सहयोग गर्ने हाम्रो प्रयासलाई सहयोग गरिदिनु हुन समेत अनुरोध गर्दछौं । 

भोला आचार्य 
अध्यक्ष, नेपाल अमेरिका पत्रकार संघ 
किशन रेग्मी 
क्षत्रिय संयोजक, नेपाल अमेरिका  पत्रकार संघ 

नेजा सांगीतिक साँझ: एक सम्पूर्ण प्रस्तुतिको प्याकेज

-


डालस, जुन २। अमेरिकामा रहेका पत्रकारहरुको साझा संगठन नेजाले यहि जुन १७ गते शनिबार एक भब्य “सांगीतिक साँझ” आयोजना गरेको छ। समय समयमा विभिन्न कारणले घाइते हुने, बिरामी हुने वा मृत्यु समेत हुने पत्रकार र उनीहरुको परिबारलाई सहयोग गर्ने उद्देस्य साथ स्थापित नेजाको आपतकालीन कोषको सहयोगार्थ यो साँझ हुन लागेको आयोजकहरुले बताएका छन्। कार्यक्रम नेजाका क्षेत्रिय संयोजक किशन रेग्मीको संयोजकत्वमा सम्पन्न हुँदैछ। विभिन्न खाले गतिबिधि गर्दै सक्रिय रुपमा अघि बढिरहेको नेजाको टेक्ससमा यो अर्को रचनात्मक कार्यक्रम हो । 


नेजा सांगीतिक साँझका आकर्षण बिमल डाँगी हुन्। लामो समय देखि नेपाली लोक गीतमा चर्चित लोक गायक डाँगी अहिले न्यु योर्कमा बस्छन। “पानसमा बत्ति बालेको” भन्ने उनको गीत कुनै समय सर्बाधिक चर्चाको शिखरमा थियो। हालसालै मात्र उनले परदेशीहरुको मनको बह “भैयो परदेशी” भन्ने गीत मार्फत पोखेका छन्। यी र यस्ता थुप्रै लोक गीत गाएर नेपालीहरुलाई मनोरंजन दिंदै नेपाली लोक गीत क्षेत्रलाइ गुन लगाएका बिमल तपाईंहरुको सांगीतिक तिर्खा मेटाउन डालस आउदैछन। 

त्यस्तै नेपाली आधुनिक पप गीतमा भुल्न नहुने अर्को नाम दिपेश किशोर भट्टराई हो । “मलाई माफ गरिदेउ मेरा लोभी नजर” भन्ने कुनै समय नेपाल हल्लाएको गीत गाएका गाएक दिपेश किशोर भट्टराई नेजाको यो सांगीतिक साँझमा आफ्नो प्रस्तुति दिन डालस आउंदैछन् । उक्त अबसरमा उनले आफ्ना अन्य सुमधुर गीत गाएर मनोरंजन दिनेछन । 

कार्यक्रमका विभिन्न आकर्षणहरु छन्। बिशेष गरी “दुनियाँ बेग्लै छ” भन्ने गीत गाएर सर्बाधिक चर्चा कमाएका समिर आचार्य अस्ट्रेलियाबाट अमेरिका आउंदै छन्। त्यस्तै हालसालै मात्र उनले नक्कली काली भन्ने गीत बजारमा ल्याएका छन्। चट्ट सलाम छ, कुटु कुटु, हैन भन्देउ न माया हैन जस्ता लोक पप गीत समेत समिरले गाइसकेका छन्। त्यस्तै गायिका गीता बुर्लाकोटीले पनि आफ्नो स्वरको जादु उक्त अबसरमा प्रस्तुत गर्नेछिन् । सो अबसरमा हाँस्य कलाकार नारायण त्रिपाठीले पनि तपाईंहरुलाई हँसाउने योजनामा छन्। 

नेजाको यो कल्याणकारी सांगीतिक साँझमा नाच्नेहरुको पनि लामो लाइन छ । दर्पण छायाँ २ कि नायिका सहारा कार्कीको नृत्य प्रस्तुति हुँदैछ। त्यस्तै अदिती हमाल ठकुरीले आफ्नो सुन्दर नृत्य द्वारा दर्शकहरुलाई नचाउने छिन। त्यस्तै अनु खड्काको नृत्य र अन्य स्थानिय कलाकारहरुको नृत्य समेत प्रस्तुत गरिनेछ। गायकहरुको लामो सुची, नृत्यहरुको लामो प्रस्तुतिले नेजा सांगीतिक साँझ भब्य हुने देखिन्छ । यी सम्पूर्ण कलाकारहरुको प्रस्तुति जम्मा $२० मा राति १ बजे सम्म हेर्दै टेम्टेसनको मिठो खाना स्वेच्छाले किनेर खान पाइने मात्र होइन आफुले तिरेको पैसाको केहि भाग कल्याणकारी कोषमा पनि जाने भएकोले यसमा उपस्थित हुँदा भौतिक मात्र होइन आत्मिक आनन्द पनि प्राप्त हुने देखिन्छ। 

Reply all
Reply to author
Forward
0 new messages