योगा गुरु श्री ललित शंकर योगीको बिदाई कार्यक्रममा आमन्त्रण

2 views
Skip to first unread message

Ncsc (नेपाली मन्दिर)

unread,
Sep 22, 2016, 10:55:39 PM9/22/16
to our...@googlegroups.com
आदरणीय दाजुभाई तथा दिदीबहिनीहरु
नमस्कार !
बिगत ६ हप्तादेखि ख्याती प्राप्त योगा गुरु श्री ललित शंकर योगी डालसमा हुनुहुन्छ | उहाँको उपस्थितिमा हाम्रा बालबालिकाका लागि समर क्याम्पका साथै डालसमा थुप्रै योगा शिबिर सम्पन्न भए,  
जसबाट नेपाली समुदाय निकै लाभान्वित भएको छ | यसका लागि सम्पूर्ण समुदायको तर्फबाट आदरणीय गुरु श्री योगी प्रति आभार एवं धन्यवाद प्रकट गर्न चाहन्छौं |
यति खेर उहाँ यो पटकको भ्रमणको अन्तिममा हुनुहुन्छ | तसर्थ NCSC र NST द्वारा यहि शनिबार दिउसो यो पटकको अन्तिम चरणको योगा शिबिर सहित
उहाँको बिदाई कार्यक्रमको आयोजना गरिएको हुँदा  इच्छुक दाजुभाई तथा दिदीबहिनीहरुलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं |

मिति:  सेप्टेम्बर २४ तारिख, शनिबार
समय: दिउसो २ बजे देखि ४ बजे सम्म 
स्थान : मन्दिर सभा हल


--
Thank you.

Suresh C Pokhrel

General Secretary
Nepalese Cultural and Spiritual Center (NCSC)
2016 W. Grauwyler Rd, Irving, TX, 75061
Ph: 972-986-7779(NCSC Office) /
817-703-4828 (Cell)
E-Mail: ad...@ourncsc.org
http://ourncsc.org

Reply all
Reply to author
Forward
0 new messages