आउनुहोस, एकै छिन परोपकरी मनका भावना सुनौ

0 views
Skip to first unread message

ncsc (नेपाली मन्दिर)

unread,
Aug 12, 2017, 12:12:55 PM8/12/17
to our...@googlegroups.com
आउनुहोस, एकै छिन परोपकरी मनका भावना सुनौ
*******************************************************

आदरणीय दाजुभाई तथा दिदि बहिनीहरु
नमस्कार !
नेपालका एकजना परोपकारी व्यक्तित्व , लक्ष्मी प्रतिष्ठानका अध्यक्ष श्री बिष्णु गौतम हामी बिच डालसमा आउंदै हुनुहुन्छ |
बिगत १० बर्षदेखी श्री गौतमले लक्ष्मी प्रतिष्ठान मार्फत नेपालका विभिन्न गाउँका बिपन्न समुदायमा शिक्षा, स्वास्थ्य,
शिप बिकाश एवं सशक्तिकरण तथा सवारी सुरक्षा लगायतका क्षेत्रमा सेवा पुर्याउदै आउनुभएको छ |

चितवनको लोथर गाबिसमा पर्ने कान्दा गाउँका चेपांगहरुको शिक्षा, स्वास्थ्य र बस्ति विकासको परियोजना लक्ष्मी प्रतिष्ठानको पछिल्लो एउटा उदारणीय कार्य हो | २ सय भन्दा बढी चेपाङ्ग बालबालिको पठन पाठन, खाने बस्ने एवं रेखदेखको सम्पूर्ण जिम्मा लक्ष्मी प्रतिष्ठानले लिएको छ |

कुनै बेलाका एक सफल पर्यटन ब्यबसायी रहनु भएका गौतमका दुइजना पढे-बढेका छोराहरु नौ महिनाको अन्तरालमा दुर्घटनामा परि निधन भए पछि सानो र सुखी परिबारमा परेको शोकलाई शक्तिमा बदलेर गौतमले आफ्नो निजि सम्पत्ति र जीवन समाजसेवामा समर्पण गरिरहनु भएको छ | 
अतः आउनुहोस, एकै छिन मनकारी एवं परोपकारी व्यक्तित्व श्री बिष्णु गौतमका केहि अनुभब, अनुभूति र भाबि योजनाका बारेमा सुनौ अनि उहाँले गर्दै आउनुभएका पुण्य कार्यका लागि थप हौसला बढाउँ |
मन, बचन र कर्मका साथ् समाजसेवामा जीवन समर्पण गर्नुभएका श्री गौतमका लागि तपाईंहरुको उपस्थितिले मात्र पनि थप उर्जा प्रदान गर्ने छ |

कार्यक्रम :
मिति : अगस्त  १३ तारिख, आइतबार
समय : अपरान्ह 1 बजे
स्थान : NCSC / NST पार्टी हल
उहाँका बारेमा थप जानकारीका लागि : www.laxmipratisthan.org /





--
Thank you.

Suresh C Pokhrel

General Secretary
Nepalese Cultural and Spiritual Center (NCSC)
2016 W. Grauwyler Rd, Irving, TX, 75061
Ph: 972-986-7779(NCSC Office) /
817-703-4828 (Cell)
E-Mail: ad...@ourncsc.org
http://ourncsc.org

Reply all
Reply to author
Forward
0 new messages