दीपावली २०७४ को शुभ-कामना !

0 views
Skip to first unread message

NST Admin

unread,
Oct 20, 2017, 1:23:07 PM10/20/17
to NST GOOGLE GROUP
दीपावली २०७४ को शुभ-कामना !

सुभ दीपावली २०७४ को यो पावन अवसरमा हामी समस्त टेक्सस वासी नेपाली दाजु भाई तथा दिदी-बहिनी, बुवा मुवा अनि स-साना नानीहरु प्रति पनि हार्दिक मंगलमय सुभकामना व्यक्त गर्न चाहन्छौ । यो हर्ष अनि उल्लाश को घडीमा माता लक्ष्मीले यहाहरुको घर आगनमा बास गरी धन-सम्पति अनि यश-कृतिको पनि आगमन होश भन्दै सुभकामना टकराउन चाहन्छौ ।  

नेपाली भाषा अनि संस्कृतीको जगेर्ना गर्दै नेपाली चाड-पर्ब अनि उत्सब हरुमा हाम्रै मौलिक परम्पराको निरन्तरता पनि नेपाली समाज टेक्ससको उदेश्य मध्येको एक हो । यसै कुरालाई मध्येनजर गर्दै नेपाली समाज टेक्ससको परम्परागत देउसी-भैलो टोली हरेक बर्ष यहारुको घर-दैलोमा आउने गरेको यहाहरुलाई सर्ब-बिधितै छ । एसपाली पनि हामी यहाहरुको घर-दैलो चाहर्दै अनि सुभ-आसिर्बाद फलाक्दै र गाउदै आउने छौ र यहारुकै न्यानो माया बटुल्दै डालस फोर्थ-वोर्थ वासी नेपाली हरुमा सुभकामना बाड्ने छौ । 

नेपाली समाज टेक्ससको संस्कृतिक देउसी भैलो समुहले यहाहरुको मिल्दो समय र स्थानमा देउसी खेल्ने छ । यहाहरु आफ्नो घर -आगन मा पनि आसिर्बादका गीतहरु गुन्जियोश भन्ने चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोश । हामी अक्टोबर १९, २०, २१ (बिहिबार, सुक्रबार र सनिबार ) साँझ ६ बजे देखि १ बजे सम्म खेल्ने छौ । 

नोट : तिहारको को उपलक्ष्य्मा आउदो आइतबार (अक्टोबर २२ ) का दिन नेपाली पाठशाला पनि बिदा रहने जानकारी गराउदछौ ।

सम्पर्कको लागि 
कमल सत्याल (817-300-2169)
सुमन काजी (612-812-8177)
प्रदिप गिरी (972-891-4896
तथा सम्पूर्ण 
नेपाली समाज टेक्सस परिवार 

Reply all
Reply to author
Forward
0 new messages