घटस्थापना भोलि बुधबार !! मन्दिरमा बिशेष कार्यक्रम

2 views
Skip to first unread message

ncsc (नेपाली मन्दिर)

unread,
Sep 19, 2017, 6:37:26 PM9/19/17
to our...@googlegroups.com
आदरणीय दाजुभाई तथा दिदीबहिनीहरु
नमस्कार !
महान चाड विजयादशमी (बडादशैं )-२०७४को शुभ उपलक्ष्यमा यहाँहरुको उत्तरोत्तर प्रगति एवं सुस्वास्थको लागि श्री दुर्गा भवानीसंग हार्दिक प्रार्थना गर्दछौं |
गत बर्षहरु झैं यसपाली पनि बडादशैं २०७४  को शुभ अवसरमा श्री पशुपतिनाथ तथा बुद्ध मन्दिरमा बिशेष कार्यक्रमको आयोजना गरि धुमधामका साथ् श्री दुर्गभावानिको पूजा अर्चना गरिने भएकोले यहाँहरु सबैलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं |
कार्यक्रम :
सेप्टेम्बर २० तारिख , बुधबार   - घटस्थापना, शैल पुत्री पूजा (प्रतिपदा)
नोट: सेप्टेम्बर  २१ ,बिहिबारका दिन बिहान (अमेरिकाको अक्षाम्श र देशान्तर अनुसार ) सूर्योदय हुँदा द्वितीया लागि सक्ने हुनाले २० सेप्टेम्बरमा नै घटस्थापना गर्नु परेको हो !
सेप्टेम्बर २१ तारिख, बिहिबार - ब्रम्हचारिणी पूजा (द्वितीया )
सेप्टेम्बर २२ तारिख, शुक्रबार  - चन्द्रघण्टा पूजा  ( तृतीया)
सेप्टेम्बर २३ तारिख, शनिबार   - कूष्माण्डा पूजा  पूजा (चतुर्थी )
सेप्टेम्बर २४ तारिख, आइतबार -  स्कन्द माता पूजा ( पन्चमी ) 
सेप्टेम्बर २५ तारिख, सोमबार  - कात्यायनी पूजा (षष्ठी )
सेप्टेम्बर २६ तारिख,  मंगलबार  - कालरात्रिपूजा (सप्तमी) -साँझ ५ वजे फूलपाती मन्दिरमा फूलपाती भित्र्याउने
सेप्टेम्बर २७ तारिख,  बुधबार   - कालरात्रिपूजा (सप्तमी) 
सेप्टेम्बर २८ तारिख,  बिहिबार  - महागौरी  पूजा (अष्टमी)
सेप्टेम्बर २९ तारिख,  शुक्रबार -   सिद्धिदात्री पूजा ( नवमी )- साँझ ५.०० वजे, नव कन्या पूजा, चण्डी पाठ को दशाम्श हवन, तर्पण, मार्जन (हवन पश्चात जमरा वितरण)
सेप्टेम्बर ३० तारिख,  शनिबार  - विजयादशमी - अपराजिता पूजा, नव दुर्गा तथा  जमरा विसर्जन पूजा विहान ७ बजे , ८ बजे जमरा वितरण,
बिहान ९:१५ बजे दुर्गा भवानी को टीका प्रसाद ग्रहण, मन्दिर दिन भरी खुला  रहने छ |
प्रत्येक दिन दुर्गा पूजा साँझ ५:३० बजे बाट सुरु हुने जानकारी गराउन चाहन्छौं
  |

बिजया दशमी २०७४ का लागि यदि यहाँहरु घटस्थापनाका दिन पूर्ण धार्मिक बिधि अनुसार मन्दिरमा जमरा राख्न चाहनु हुन्छ भने आज मंगलबार (सेप्टेम्बर १९ तारिख ) साँझ ८ बजे सम्म अनिबार्य शुल्क बुझाउनु हुन मन्दिर ब्यबस्थापन समिति हार्दिक अनुरोध गर्दछ | यहाँहरुले NCSC को Web Site: www.ourncsc.org मा Pay Pal मार्फत पनि शुल्क बुझाउन सक्नु हुने छ | समयमै जानकरी गराउनु भएमा हामीलाई आवश्यक सामग्रीको व्यवस्था गर्न सहज हुने छ | अन्यथा मन्दिर ब्यबस्थापन समिति जमरा उपलब्ध गराउन असमर्थ हुने छ |
शुल्क :
ठुलो ट्रे : २० डलर
सानो ट्रे : १० डलर
भोली बुधवार बिहान ९:१५ बजे देखि घटस्थापनाको बिधि बिधान पूर्बक पूजा अर्चना सहित जमरा राख्ने कार्यक्रम रहेकोले हार्दिक आमन्त्रण गर्दछौं

--
Thank you.

Suresh C Pokhrel

General Secretary
Nepalese Cultural and Spiritual Center (NCSC)
2016 W. Grauwyler Rd, Irving, TX, 75061
Ph: 972-986-7779(NCSC Office) /
817-703-4828 (Cell)
E-Mail: ad...@ourncsc.org
http://ourncsc.org

दसैं.pdf
Reply all
Reply to author
Forward
0 new messages