आदरणीय दाजुभाई तथा दिदीबहिनीहरु
नमस्कार !
अक्टोबर ९ तारिख, आइतबार अष्टमी का दिन NCSC द्वारा बडादशैंको उपलक्ष्यमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रमको आयोजना गरिएको हुँदा
DFW बासि सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरु, सम्पूर्ण संघ संस्थाका साथीहरु, NCSC का BOT तथा EC का पदाधिकारी एवं सदश्य साथीहरुलाई हार्दिक आमन्त्रण गर्दछौं |
शुभकामना कार्यक्रम भन्दा अगाडी बिहान ११ बजे महाष्टमी एवं विश्वकर्माको बिशेष पूजा सहित सामुहिक गाडी पूजा गर्ने कार्यक्रम रहेकोले बिश्वकर्मा पूजाका अवसरमा आफ्नो गाडी पूजा गर्न चाहनुहुने महानुभावहरुलाई हार्दिक आमन्त्रण गर्दछौं |
कार्यक्रम :
बिहान ११ बजे: श्री महागौरी तथा बिश्वकर्माको बिशेष पूजा सहित सामुहिक गाडी पूजा
मध्यान्ह १२ बजे: आरति
अपरान्ह १२:२० बजे: शुभकामना आदान प्रदान तथा चियापान समारोह
--