विजया दशमी २०७३

0 views
Skip to first unread message

NST Admin

unread,
Oct 3, 2016, 8:21:13 PM10/3/16
to NST GOOGLE GROUP
विजया दशमी २०७३ सालको पावन अवसरमा सम्पूर्ण डालास र वरपर बसोबास गनुॅहुने नेपाली दाजुभाई दिदीबहिनीहरु ,स्वदेश तथा बिदेशमा रहनु भएका नेपाली दाजुभाई दिदीबहिनीहरुमा माता भवानीले औसीको कालो रात पछिको चन्द्रमा नभएर पूर्णिमाको जुन सरी हजुरको भाग्य चम्काइरहुन् । शिशिरमा बगैंचामा फूलहरू फुले सरी हरेक पलहरू खुसी उमङ्ग जीवन अनि जिन्दगी रङ्गी विरङ्गी होस् । आखाँका नानीहरूमा पीडाको आँशु नबगी खुसीको आँसुले भरिभराउ होस् । मनमा सजायँका हरेक आशा अभिलाषाहरू हाँसी खुसी पूरा होस् । हरेक पलमा लागेका शत्रुहरुको नियतमा कालो बादल मडारिरहोस् ।हरेक मित्रतासँग हात मिलोस् । दु:ख सुख बाँड्ने भावना ओइरो लागिरहोस्। जुन वितेका हरेक दु:खका क्षणहरूका दिनहरु बगेका हरेक महिनाहरू गनेका हरेक सालहरूलाई विर्सिएर नयाँ खुसी नयाँ नयाँ भावना उमङ्गको सृष्टि होस् भन्दै नेपाली समाज टेक्सास परिवार र मेरो तफॅबाट हार्दिक मङलमय शुभकामना व्यक्त गर्दछु ।


अध्यक्ष 
कृष्ण लामिछाने

तथा 
नेपाली समाज टेक्सास परिवार
Reply all
Reply to author
Forward
0 new messages