हार्दिक अपिल एवं हार्दिक आमन्त्रण !!!

0 views
Skip to first unread message

Ncsc (नेपाली मन्दिर)

unread,
Feb 22, 2017, 7:02:51 PM2/22/17
to our...@googlegroups.com
आदरणीय दाजुभाई तथा दिदीबहिनीहरु
नमस्कार !
यहि फेब्रुअरी २५ तारिख शनिबार हुन गैरहेको NCSC को समुद्घाटन समारोहमा यहाँहरु सबैलाई उपस्थित भै शोभा बढाउनु हुन पुन: हार्दिक अनुरोध गर्दछु | उद्घाटन समारोहमा NCSC लाई सहयोग पुर्याउनुहुने सम्पूर्ण दाताहरुलाई ($३६५ वा सो भन्दा माथि ) सम्मान गर्ने कार्यक्रम रहेको पनि यहाँहरु समक्ष पुन: जानकारी गराउन चाहन्छु |
यसै सन्दर्भमा, हालसम्म  Board of Trustees, Founding Member र Benefactor Member गरि १ सय ९४ जना पुगिसक्नु भएको व्यहोरा सहर्ष जानकारी गराउन चाहन्छु |साथै बढ्ने क्रम जारि छ | यदि यहाँहरु पनि Board of Trustees, Founding Member ,Benefactor Memberबन्न चाहानु हुन्छ भने यहाँहरुलाई हामी स्वागत गर्न आतुर छौं |
BOT, Founding Member बन्ने इच्छा प्रकट गरि केहि रकम बुझाई सक्नु भएका तर पुरा बुझाउन बांकी रहेका महानुभावहरुले उद्घाटनको दिन (फेब्रुअरी २५ शनिबार )सम्म सहयोग गर्न सक्नु हुनेछ | NCSC को बिधान अनुसार  Founding Member उद्घाटनको दिन पश्चात बन्द हुने छ भने BOT र  Benefactor Member सधै खुल्ला रहने छ | हाल सम्म NCSC को यात्रामा यहांहरुले पुर्याउनु भएको अतुलनीय योगदानका लागि हार्दिक धन्यबाद ब्यक्त गर्दै आगामी दिनमा पनि यहाँहरुको निरन्तर सहयोगको आपेक्षा गर्दछौं |

Board of Trustees, Founding Member र Benefactor Member को नामावली यसैसंग attach गरेको छु |
कार्यक्रम विवरण :

कार्यक्रम: फेब्रुअरी २५ तारिख शनिबार

 

बिहान ९:३० बजे:- पहिलेको FUN ASIA ( KROGER को पश्चिम, सडक पारीपट्टी) को पार्किंगमा जम्मा हुने | 
बिहान १० बजे:- पन्चे बाजा, धिमे बाजा, अमेरिका र नेपालको झन्डा, पन्चकन्या सहित मन्दिरसम्म पदयात्रा |
बिहान १०:३० बजे:- बिशेष पूजा अर्चना सहित मन्दिरको औपचारिक उद्घाटन
बिहान ११ देखि ११:३० सम्म चिया पान
बिहान  ११:३० देखि १२ बजे: मन्तब्य
अपरान्ह १२ देखि १२:३० बजे: NCSC को यात्राका बारेमा निर्माण गरिएको वृत्त चित्र (Documentary) प्रदर्शन
अपरान्ह १२:३० देखि १:४५ बजे: दाताहरुको सम्मान
दिउसो १:४५ देखि ३:३० बजे: प्रसाद ग्रहण

बिशेष अनुरोध : कार्यक्रममा सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरुले
यथा सम्भव नेपाली पोशाक लगाई नेपालीपन झल्काउने हाम्रो प्रयासलाई सहयोग गर्नुहुन हाम्रो अनुरोध छ |



--
Thank you.

Suresh C Pokhrel

General Secretary
Nepalese Cultural and Spiritual Center (NCSC)
2016 W. Grauwyler Rd, Irving, TX, 75061
Ph: 972-986-7779(NCSC Office) /
817-703-4828 (Cell)
E-Mail: ad...@ourncsc.org
http://ourncsc.org

Member OF NCSC.docx
Reply all
Reply to author
Forward
0 new messages