हरितालिका /तीज पूजा -भोलि -बिहिबार
आदरणीय दाजुभाई तथा दिदीबहिनीहरु
नमस्कार !
हिन्दू नारीहरुको महान चाड हरितालिका (तीज)को उपलक्षमा समस्त आमा दिदी बहिनीहरुमा सुख शान्ती र अटल सौभाग्यको कामना गर्दै हार्दिक मङगलमय् शुभकामना ब्यक्त गर्दछौं |
हरेक बर्ष झैं यस् बर्ष पनि, हरितालिका / तीज का दिन आदरणीय दिदीबहिनीहरुको सुविधालाई ध्यानमा राखी नेपाली साँस्कृतिक तथा आध्यात्मिक केन्द्र (NCSC)द्वारा श्री पशुपतिनाथ तथा बुद्ध मन्दिरमा निम्न समय तालिका अनुसार तीज पूजाको ब्यबस्था मिलाइएको सहर्ष जानकारी गराउदै आफ्नो अनुकुल समय अनुसार पूजामा सहभागी हुन हार्दिक अनुरोध गर्दछौं ।
तीज (हरितालिका) पूजा - अगस्त २४ तारिख बिहिबार
समय तालिका
# बिहान् ८ बजे
# बिहान १० बजे
# अपरान्ह १२ बजे
# दिनको २ बजे
# दिनको ४ बजे
# साँझ ६ बजे
# श्री पशुपतिनाथमा दुध चढाउने कार्य बिहान् ८ बाट साँझ ९ सम्म नियमित हुनेछ ।
पूजा शुल्क: १० डलर
(दान, भेटि, दक्षिणा स्वइच्छा )
पूजाका लागि आवश्यक सामग्री (आफैले लिएर आउनु पर्ने ): अबीर, सिन्दुर, केशरी, जौ ,तिल कुश, फूल, फल, मिठाई, सुपारी, धुप, दीप, कपूर, रातो-सेतो बस्त्र, चामल, पन्चामृत, गंगाजल, पन्चपात्र, शृंगारजोर-१, थाली, कचौरा, सुपारी, धुप बत्ति ,
पूजालाई आवश्यक शिव लिङ्ग र जनै मन्दिरमा निशुल्क उपलब्ध गराईने छ | आफुले जुटाउन नसकेका पूजा सामग्रीको जानकारी गराउनु भएमा हुन सक्नेसम्म मन्दिर व्यवस्थापनले सशुल्क उपलब्ध गराउने छ |
सम्पर्क का लागि फोन नम्बरहरु: