हार्दिक आमन्त्रण !!!

0 views
Skip to first unread message

Ncsc (नेपाली मन्दिर)

unread,
Apr 13, 2017, 10:55:56 PM4/13/17
to our...@googlegroups.com
आदरणीय दाजुभाई तथा दिदीबहिनीहरु
नमस्कार !!

नयाँ बर्ष-२०७४ सालको सुखद उपलक्षमा यहाँहरुको सुख, शान्ति, सुस्वास्थ एवं सम्वृद्धिको लागि हामी मंगलमय शुभकामना ब्यक्त गर्दछौं |
नयाँ बर्ष एवं चैत्र सक्रान्तिको पावन अवसरमा श्री पशुपतिनाथ एवं बुद्ध मन्दिरमा बैशाख १ गते (अप्रिल १४ तारिख, शुक्रबार) साँझ ५:३० बजे श्री सत्यनारायण को पूजा आयोजना गरिने भएकोले यहाँहरुलाई उपस्थितिका लागि हार्दिक आमन्त्रण गर्दछौं |
 
नयाँ बर्ष -नयाँ सुरुवात :
नयाँ बर्ष २०७४ साल को सुरुवात संगै तपाई हाम्रो जीवनमा नयाँ पन ल्याउने उद्देश्यका साथ अबदेखि प्रत्तेक आइतबार बिहान  NCSC द्वारा नियमित रूपमा योगा शिबिर संचालन गरिने सहर्ष जानकारी गराउन चाहन्छु |
बिगत डेढ दशक देखि योग अध्यापनमा समर्पित योगाचार्य डा. अभयराज उपाध्यायद्वारा  प्रत्तेक आइतबार बिहान १० बजेदेखि ११ बजे सम्म NCSC नियमित रूपमा अध्यात्म योग सिकाउने कार्यक्रम रहेकोले यहाँहरुलाई सहभागिताका लागि हार्दिक आमन्त्रण गर्दछौं  | योगा कार्यक्रम ठिक समयमा सुरु हुने समेत जानकारी गराउन चाहन्छौं |


--
Thank you.

Suresh C Pokhrel

General Secretary
Nepalese Cultural and Spiritual Center (NCSC)
2016 W. Grauwyler Rd, Irving, TX, 75061
Ph: 972-986-7779(NCSC Office) /
817-703-4828 (Cell)
E-Mail: ad...@ourncsc.org
http://ourncsc.org

Reply all
Reply to author
Forward
0 new messages