NCSC का तर्फबाट केहि महत्वपुर्ण जानकारी !!!

已查看 0 次
跳至第一个未读帖子

Ncsc (नेपाली मन्दिर)

未读,
2016年12月27日 22:16:422016/12/27
收件人 our...@googlegroups.com

आदरणीय दाजुभाई तथा दिदीबहिनीहरु

नमस्कार !

१)   २०७३ सालको महाशिबरात्रीको पावन अवसरमा नेपाली सांस्कृतिक तथा अध्यात्मिक केन्द्र (NCSC)को औपचारिक उद्घाटन गर्ने निर्णय भएको व्यहोरा सहर्ष जानकारी गराउन चाहान्छु | फेब्रुअरी २५ तारिख शनिबारका दिन एक बिशेष समारोहको आयोजना गरि NCSC को उद्घाटन गरिने छ | उद्घाटनको अघिल्लो दिन शुक्रबार परेको महाशिवरात्रिका दिन बिहान 9 बजे देखि साँझ 9 बजे सम्म बिशेष पूजा आराधना गर्ने क्रयक्रम रहेको छ | शिवरात्रि र उद्घाटन समारोहको बिस्तृत कार्यक्रम यहाँहरु समक्ष छिटै जानकारी गराईने छ |


२)   NCSC को उद्घाटनका अवसरमा एउटा स्मारिका प्रकाशित गरिने भएकोले इच्छुक महानुभावहरुलाई आफ्नो लेख रचना पठाउन पनि हामी हार्दिक अनुरोध गर्दछौं |

३) यहि December ४ तारिख सम्पन्न NCSCको साधारण सभाद्वारा पारित संसोधित बिधान अनुसार BOT र Founding Member बन्ने इच्छा प्रकट गरि ५ सय डलर वा बढी रकम बुझाई सक्नु भएको र अरु रकम चुक्ता गर्न बाँकी रहेका महानुभाबहरुका लागि बाँकी रकम चुक्ता गर्ने अन्तिम दिन December ३१तारिख को सट्टा आगामी फेब्रुअरी २४ तारिख २०१७,शुक्रबार ५ बजे सम्मको समय बढाउने व्यवस्था गरिएको पुनः जानकारी गराउन चाहान्छु |





--
Thank you.

Suresh C Pokhrel

General Secretary
Nepalese Cultural and Spiritual Center (NCSC)
2016 W. Grauwyler Rd, Irving, TX, 75061
Ph: 972-986-7779(NCSC Office) /
817-703-4828 (Cell)
E-Mail: ad...@ourncsc.org
http://ourncsc.org

回复全部
回复作者
转发
0 个新帖子