आदरणीय दाजुभाई तथा दिदीबहिनीहरु
नमस्कार !
श्री पशुपतिनाथ तथा बुद्ध मन्दिरमा यो साता आयोजित निम्न बमोजिम कार्यक्रमहरुमा यहाँहरुलाई हार्दिक आमन्त्रण गर्दछौं |
# फेब्रुअरी ८ तारिख, बुधबार
साँझ ५:३० देखि ७.३० बजे सम्म
बोधिसत्त्व स्वामी आनन्द अरुण द्वारा ध्यान र अध्यात्मका बारेमा प्रवचन एवं अन्तरक्रिया
#फेब्रुअरी १० तारिख शुक्रबार
साँझ ६ बजे
श्री परमेश्वरी स्वस्थानीमाताको बिशेष पूजा आराधना सहित सांगे (श्री स्वस्थानी ब्रत समापन )
# फेब्रुअरी १२ तारिख आइतबार
बिहान १० बजे देखि १२ बजे सम्म कुम्भ संक्रान्ति (फाल्गुण १ गते )का पावन अवसरमा श्री सत्यनारायण पूजा
मध्यान्ह आरति एवं महाप्रसाद ग्रहण
--