श्री रामनवमीका पावन अवसरमा हार्दिक आमन्त्रण !!!

0 views
Skip to first unread message

Ncsc (नेपाली मन्दिर)

unread,
Mar 28, 2017, 2:44:34 PM3/28/17
to our...@googlegroups.com

आदरणीय दाजुभाई तथा दिदीबहिनीहरु
नमस्कार !
भगवान् श्रीरामको अवतार भएको महान् पर्व चैत्र शुक्ल नवमी श्रीरामनवमीको विशेष अवसरमा परब्रह्म रामचन्द्रजीका
दिव्य चरित्रहरुको सुन्दर वर्णन गरिएको महामुनि तुलसीदासकृत रामायण "श्रीरामचरितमानस" को अखण्ड परायण हुनु महत्तम् कार्य हो ।
आजभन्दा करिब 500 बर्ष पहिले भारतवर्षको प्रयाग राजपुर ग्राममा - जन्मदै गर्दा रुनुको सट्टा "श्रीराम" शब्द उच्चारण गरी ब्राह्मण कुलमा अवतरित हुनु भएका "तुलसीदास" जी महाराजले अबधी एवं व्रज भाषाको प्रयोग गर्दै रामायण रचना गर्नुभयो । 
श्रीरामजीको भक्ति गर्नु नै मानव जीवनको सफलता हो भन्ने कुरालाई सरस एवं मार्मिक ढङ्गले साङ्गितिक लयमा भगवत्प्रेमीजन समक्ष पुर्याउन रामचरितमानस मार्फत तुलसीदासजी सफल हुनुभएको छ । यो पवित्र ग्रन्थको पाठ पारायण तथा श्रवण गर्नाले सबै प्रकारका दु:ख कष्टहरू समाप्ति भएर सुख सम्पत्ति  एवं सर्वत्र  सफलता मिल्दछ भन्ने महिमा रहेको छ ।

यहि अप्रिल ५ तारिख  बुधबार (२०७३ साल चैत्र २३ गते) परेको श्री रामनवमीको पावन उपलक्ष्यमा
यहाँहरु सबैमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौं |

श्री रामनवमीका पावन अवसरमा श्री पशुपतिनाथ तथा बुद्ध मन्दिरमा अप्रिल ५ तारिख बुधबार साँझ ६ बजे श्रीरामचरितामानस पारायण अनुष्ठान सहित पूजा अर्चना  गरिने भएको जानकारी गराउंदै हार्दिक आमन्त्रण गर्दछौं |

साथै, सम्पुर्ण श्रद्धालु भक्तजनहरुको सुविधालाई ध्यानमा राखी आगामी अप्रिल ९ तारिख आइतबारका दिन मन्दिरमा रामनवमी पर्वको आयोजना गरिने भएकोले यहाँहरुलाई हार्दिक आमन्त्रण गर्दछौं |

कार्यक्रम:
मिति : अप्रिल ९ तारिख , आइतबार 
समय :
बिहान ९ देखि ११  बजे सम्म श्री सीता-रामको चरणमा बिशेष  अनुष्ठान / पूजा 
बिहान ११ देखि मध्यान्य १२ बजे सम्म बिशेष भजनकिर्तन सहित झाँकी प्रदर्शन
मध्यान्ह १२ बजे आरति
अपरान्ह १२:१५ बजे महाप्रसाद ग्रहण

--
Thank you.

Suresh C Pokhrel

General Secretary
Nepalese Cultural and Spiritual Center (NCSC)
2016 W. Grauwyler Rd, Irving, TX, 75061
Ph: 972-986-7779(NCSC Office) /
817-703-4828 (Cell)
E-Mail: ad...@ourncsc.org
http://ourncsc.org

Reply all
Reply to author
Forward
0 new messages