नवदुर्गा भरि मन्दिरमा श्री दुर्गभावानिको पूजा अर्चना ! हार्दिक आमन्त्रण !!

0 views
Skip to first unread message

Ncsc (नेपाली मन्दिर)

unread,
Sep 27, 2016, 12:28:57 PM9/27/16
to our...@googlegroups.com
आदरणीय दाजुभाई तथा दिदीबहिनीहरु
नमस्कार !
  महान चाड विजयादशमी  (बडादशैं ) -२०७३ को शुभ उपलक्ष्यमा यहाँहरुको उत्तरोत्तर प्रगति एवं सुस्वास्थको लागि श्री दुर्गा भवानीसंग हार्दिक प्रार्थना गर्दछौं |

गत बर्षहरु झैं यसपाली पनि बडादशैं २०७३ को शुभ अवसरमा श्री पशुपतिनाथ तथा बुद्ध मन्दिरमा बिशेष कार्यक्रमको आयोजना गरि धुमधामका साथ् श्री दुर्गभावानिको पूजा अर्चना गरिने भएकोले यहाँहरु सबैलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं |

कार्यक्रम

अक्टोबर १ तारिख , शनिबार - घटस्थापना, शैल पुत्री पूजा ( प्रतिपदा )-  बिशेष पूजा अर्चना सहित जमरा राख्ने कार्यक्रम रहेकोले मन्दिरमा जमरा राख्न चाहनुहुने महानुभाबहरुले यहि शुक्रबार (सेप्टेम्बर ३० तारिख) सम्ममा जानकारी गराउनु होला |
अक्टोबर २ तारिख, आइतबार - ब्रम्हचारिणी पूजा (द्वितीया )
अक्टोबर ३  तारिख, सोमबार  - ब्रम्ह्चारिणी पूजा ( द्वितीया
अक्टोबर ४  तारिख, मंगलबार  -चन्द्र घण्टा पूजा ( तृतीया )
अक्टोबर ५  तारिख, बुधबार -   कूष्माण्डा पूजा ( चतुर्थी ) 
अक्टोबर ६  तारिख, बिहिबार  - स्कन्द माता पूजा ( पन्चमी )
अक्टोबर ७  तारिख, शुक्रबार  - कात्यायनी पूजा ( षष्ठी )  
अक्टोबर ८  तारिख, शनिबार  - कालरात्रिपूजा (सप्तमी)  साँझ ५  वजे फूलपाती मन्दिरमा फूलपाती भित्र्याउने
अक्टोबर ९  तारिख, आइतबार - महागौरी  पूजा ( अष्टमी )
अक्टोबर १०  तारिख, सोमबार -   सिद्धिदात्री पूजा ( नवमी ),  साँझ ५.०० वजे , नव कन्या पूजा, चण्डी पाठ को दशाम्श हवन, तर्पण, मार्जन (हवन पश्चात जमरा वितरण )
 अक्टोबर ११  तारिख, मंगलबार  ( दशमी )
अपराजिता पूजा, नव दुर्गा तथा  जमरा विसर्जन पूजा विहान ७ बजे , ८ बजे जमरा वितरण, १०.१५ बजे दुर्गा भवानी को टीका प्रसाद ग्रहण, मन्दिर दिन भरी खुला  रहने !
प्रत्येक दिन दुर्गा पूजा साँझ ५:३० बजे बाट सुरु हुने जानकारी गराउन चाहन्छु |

--
Thank you.

Suresh C Pokhrel

General Secretary
Nepalese Cultural and Spiritual Center (NCSC)
2016 W. Grauwyler Rd, Irving, TX, 75061
Ph: 972-986-7779(NCSC Office) /
817-703-4828 (Cell)
E-Mail: ad...@ourncsc.org
http://ourncsc.org

Reply all
Reply to author
Forward
0 new messages